-
२०७६ आषाढ ११, बुधबार
सपुतलाई अपमान गर्नेलाई कारवाहीको माग
गीतको लय जुधेको विषयलाई लिएर गायक प्रकाश सपुतमाथि सामाजिक सञ्जालमा अपमानजनक र तुच्छ अभिव्यक्ति दिनेलाई कारवाहीको माग गरिएको छ । विश्वकर्मा समाज बागलुङले आज प्रेस विज्ञप्ति जारी गर्दै सिङ्गो दलित समुदायप्रति नै आघात पुग्ने गरी टिप्पणी गर्ने सुवास मङ्गोललगायत व्यक्तिलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरेको हो । “नेपालको संविधान २०७२ र जातीय विभेद तथा छुवाछूत कसुर सजाय ऐन, २०६८ अनुसार कारवाही...
-
२०७६ आषाढ ११, बुधबार
सवारी जाँच कार्ययोजना शुभारम्भ
चितवनमा सवारी दुर्घटना न्यूनीकरण तथा आवागमन व्यवस्थापनसम्बन्धी विशेष जाँच कार्ययोजना–२०७६ को आज शुभारम्भ गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा विशेष जाँच कार्ययोजना सञ्चालन गरिएको हो । ‘सुरक्षित यात्रा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको पहिलो दिन आज भरतपुरको चौविसकोठीमा मोटरसाइकल चालकको बिलबुक र लाइसेन्स चेक गरिएको छ ।...
-
२०७६ आषाढ ११, बुधबार
छ बस्ती पहिरो जोखिममा
निरन्तरको वर्षाका कारण पाँचथरको याङवरक गाउँपालिका–२ फलैँचाका छ बस्तीहरु पहिरोको चपेटामा परेका छन् । उच्च पहाडी क्षेत्रमा पर्ने यहाँका सेपी, चिङ्मा, वेतेनी, धिमाले, मुक्लाबु र गङ्गावा बस्तीमा मङ्गलबार रातिदेखि पहिरो जान थालेको गाउँपालिका–२ का अध्यक्ष देउकुमार योङहाङले जानकारी दिनुभयो । पहिरोले मुक्लाबुका पहलमान राईको घर बगाएको छ । यहाँका दर्जनौँ घरमा पहिरोबाट क्षति पुगेको छ । वडाध्यक्ष योङहाङका...
-
२०७६ आषाढ ११, बुधबार
अफगानिस्तानमा दुई अमेरिकी सैनिक मारिए
अफगानिस्तानमा बुधबार नेटोआवद्व दुई अमेरिकी सैनिकको आतङ्ककारी आक्रमणमा मृत्यु भएको छ । अफगानिस्तानमा नेटोआवद्ध अमेरिकी सैनिक यो पछिल्लो हताहत अमेरिका र तालिबान लडाकूबीच नयाँ वार्ता गर्ने तयारी भइरहेको अवस्थामा भएको छ । अफगान सैनिकलाई सहयोगार्थ बसेका ती दुई सैनिक मारिएका विषयमा विस्तृत विवरण भने दिइएको छैन । तर सेप्टेम्बर १ भन्दा आगाडी हुने भनिएको शान्ति वार्ताको विषयमा छलफल गर्न अमेरिकी विदेश...
-
२०७६ आषाढ ११, बुधबार
इराकमा बम आक्रमण पाँच सैनिकको मृत्यु
इराकको उत्तरी राज्य किर्कुकको एक सडककिनारमा राखिएको बम विस्फोटमा परी बुधबार पाँच इराकी सङ्घीय प्रहरीको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी दिएका छन् । प्रान्तीय राजधानी किर्कुकको दक्षिण भागमा पर्ने स्थानमा इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूहले राखेको बम विस्फोटमा परी पाँच जना सङघीय प्रहरीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । आक्रमण भएको यस इलाकालाई प्रहरीले घेरा लगाएको र...
-
२०७६ आषाढ ११, बुधबार
लोक सेवा तयारी कक्षा प्रारम्भ
प्रदेश नं २ सरकारले बेटी पढाऊ, बेटी बचाऊ अभियानअन्तर्गत आजदेखि लोक सेवा तयारी कक्षा प्रारम्भ गरेको छ । सो अभियानअन्तर्गत प्रदेश सरकारले पहिलो चरणमा १०१ जना महिलालाई तयारी कक्षामा समावेश गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामको राजर्षि जनक क्याम्पसमा लोक सेवा तयार कक्षाको शुभारम्भ गर्दै प्रदेश सरकारले सरकारी सेवामा महिलाको पहुँचलाई सुनिश्चित गर्न लोक सेवाको तयारी कक्षा सञ्चालन गरेको...
-
२०७६ आषाढ ११, बुधबार
सबै स्थानीय तहलाई तीन दिनभित्र बजेटको विवरण पठाउन निर्देशन
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई बजेटको विवरण पठाउन निर्देशन दिएको छ । मन्त्रालयका स्थानीय तह समन्वय शाखाका शाखा अधिकृत जनकराज शर्माले सबै स्थानीय तहले गाउँसभा÷नगरसभामा पेश गरेको बजेट तीन दिनभित्र पठाउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँका अनुसार बजेटको आय–व्ययसहितको विवरण मन्त्रालयमा पठाउन निर्देशन दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ उपदफा १...
-
२०७६ आषाढ ११, बुधबार
महानगरद्वारा दूधको अनुदानमा चार गुणा वृद्धि
भरतपुर महानगरपालिकाले दूध उत्पादन गर्ने किसानलाई दिँदै आएको अनुदानमा चार गुणा वृद्धि गरेको छ । महानगरले प्रतिलिटर २५ पैसा अनुदान दिँदै आएकामा आउँदो आर्थिक वर्षबाट प्रतिलिटर रु एक अनुदान दिने भएको छ । महानगर प्रमुख रेणु दाहालले नीति तथा कार्यक्रममा समावेश गरेर दूधको अनुदानमा वृद्धि गरिएको जानकारी दिनुभयो । कृषकलाई दुग्ध उत्पादनतर्फ अभिप्रेरित गर्न सहयोग पु¥याउने उद्देश्यले अनुदान बढाइएको उहाँको...
-
२०७६ आषाढ ११, बुधबार
बालविवाह न्यूनीकरण चुनौती बन्दै
अछाम जिल्लाको रामारोशन गाउँपालिकामा व्याप्त रहेको बालविवाह न्यूनीकरण चुनौतीका रुपमा देखिएको छ । बालविवाह न्यूनीकरणका लागि सरकारी तथा अन्य गैरसरकारी सङ्घसंस्थाहरुले गाउँ र टोल केन्द्रित कार्यक्रमहरु सञ्चालन गरिरहेको भए पनि ती सबै कार्यक्रम बालुवामा पानी हाले जस्तै भइरहेको स्थानीयवासी बताउँछन् । गाउँपालिकाको अन्य वडाभन्दा वडा नं ४ र ५ मा अन्य वडाभन्दा बढी सङ्ख्या बालविवाह हुने गरेको पाइन्छ । वडामा...
-
२०७६ आषाढ ११, बुधबार
दक्षिण कोरियाका राष्ट्रपति र साउदी राजकुमारबीच भेटवार्ता
दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र साउदी अरेबियका राजकुमार मोहमद बिन सलमानबीच सोलस्थित बुधबार भेटवार्ता भएको छ । दक्षिण कोरियाली राष्ट्रपति कार्यालय ब्लु हाउसले उक्त जानकारी दिएको छ । दुई दिने भ्रमणको क्रममा राजकुमार सलमान आज बिहान सबेरै दक्षिण कोरिया आइपुग्नु भएको थियो । सलमानले २१ वर्षपछि दक्षिण कोरियाको यो पहिलो भ्रमण भएको बताइएको छ । यसअघि १९९८ मा उहाँले दक्षिण कोरियाको भ्रमण गर्नु भएको...
-
२०७६ आषाढ ११, बुधबार
शेयर बजार करीब तीन अङ्कले घट्यो
सोमबार र मङ्गलबार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २।७८ अङ्कले घटेर एक हजार २५८।२९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।६३ अङ्कले घटेर २७०।८१ मा पुगेको छ । नेप्से परिसूचक घटे पनि कारोवार रकम भने सोमबार र मङ्गलबारको तुलनामा आज वृद्धि भएको छ । कूल...
-
२०७६ आषाढ ११, बुधबार
भारतबाट तरकारी आउन बन्द भएपछि मूल्य आकासियो
केही दिनयता भारतबाट नेपाल आउने तरकारी व्यापारीले मगाउन छोडेपछि डोटी जिल्लासहित यहाँका अन्य पहाडी जिल्लाहरुमा तरकारीको मूल्य आकासिएको छ । यहाँका पहाडी जिल्लाहरुमा मागअनुसारको तरकारी उत्पादन नहुने तथा भारतबाट आयात गरिने तरकारीमा विषादी देखिन थालेको भन्दै तरकारी आयात बन्द भएसँगै दीपायलमा तरकारीलगायत अन्य फलफूलको मूल्य बढाउनु परेको चन्द तरकारी पसल पिपल्लाका दिनेश चन्दले बताउनुभयो । उहाँल भन्नुभयो, “...


