-
२०७६ जेठ १७, शुक्रबार
मध्यपुरथिमिको ऐतिहासिक पोखरीको गुरुयोजना निर्माण
मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरीको संरक्षण शुरु भएको छ । मध्यपुरथिमि नगरपालिकाले रु ८० लाखको लागतमा पोखरीको संरक्षण एवं पर्खाल लाउने कार्य बिहीबारबाट शुरु गरेको छ । पोखरीको मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास गर्नुभयो । व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसला...
-
२०७६ जेठ १७, शुक्रबार
पर्यटकको रोजाइमा बोराका घुमाउने घर
बोरा, माटोसँगै जाली र सानो फलामे रडबाट गारो र खरको छानोबाट निर्मित आधुनिक घुमाउने घर यतिखेर पर्यटकको रोजाइमा पर्ने गरेका छन् । पोखरा महानगरपालिका–२४ चिप्लेटिस्थित इन्द्रेणी घरबासका घुमाउने गोलाकारका घर आन्तरिक एवं बाह्य पर्यटकमाझ रोजाइमा पर्ने गरेका हुन् । जमीनको सतहमा निर्माण गरिएको सिमेन्टेड पक्की जगमा विराटनगरबाट ल्याइएको भूकम्परहित बोरा अर्थ व्याग मा चिम्ट्याइलो माटो भरेर गारो निर्माण गरी...
-
२०७६ जेठ १७, शुक्रबार
छिन्नलता गीत पुरस्कार तथा सम्मान विभिन्न स्रष्टालाई
छिन्नलता गीत पुरस्कार गुठीद्वारा स्थापित विसं २०७५ को ‘छिन्नलता गीत पुरस्कार तथा सम्मान’ विभिन्न स्रष्टालाई अर्पण गरिने भएको छ । गीत रचनामा बुद्धवीर लामा, सङ्गीतमा बद्री खरेल र दुर्गा खरेल संयुक्त, गायनमा यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुत र शान्ति परियार बोल माया बोल। र छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गर्ने निर्णय गरिएको छ । गीत, सङ्गीत, विशेष सम्मानको नगद...
-
२०७६ जेठ १७, शुक्रबार
धरानमा डेङ्गुको महामारी
धरानस्थित विपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानमा डेङ्गुका बिरामी बढेका छन् । तीन सातायता ५० बिरामीले उपचार गराइरहेको प्रतिष्ठानले जनाएको छ । धरान उपमहानगरपालिकाका अनुसार पछिल्लो समयमा फेला परेका सङ्क्रमित धरान–८ र १५ का छन् । डेङ्गु नियन्त्रणका लागि उपमहानगरको पहलमा ‘¥यापिड रेस्पोन्स टिम’ बनाएको छ । प्रतिष्ठानका स्कूल अफ पब्लिक हेल्थ तथा कम्युनिटी मेडिसिनका एशोसिएट प्रोफेसर डा विजयकुमार...
-
२०७६ जेठ १७, शुक्रबार
आँखा पाक्ने रोगको महामारी
जिल्लामा पछिल्लो समय एकाएक गर्मी बढेसँगै आँखा पाक्ने रोगको महामारी फैलिएको छ । शुरुशुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेश्वरी अस्पताल दिपायल पिपल्लाका डा निशान्त ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी र दूषित हावापानीका कारण यो रोग सर्छ, त्यति आत्तिनु पर्दैन ।” जिल्ला अस्पताल डोटीका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या...
-
२०७६ जेठ १७, शुक्रबार
हात्तीबाट जोगिन गाउँगाउँमा पोस्टर
झापाका अधिकांश स्थानमा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि स्थानीयवासीलाई सावधानी अपनाउनका लागि डिभिजन वन कार्यालय झापाले सचेतनामूलक पोस्टरहरु टाँस्न थालेको छ । कार्यालयले विशेषगरी अर्जुनधारा नगरपालिका, भद्रपुर, मेचीनगर नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका विभिन्न स्कूल तथा सार्वजनिक स्थानमा ‘हात्तीसँग सावधानीपूर्वक सहयात्रा’ भन्ने नारासहितका पोस्टर टाँस्न शुरु गरेको हो । केही दिनयता...
-
२०७६ जेठ १७, शुक्रबार
बाढीपीडितलाई रकम नपाउने डर
कर्णाली प्रदेश सरकारले ५१४ घरधुरीका बाढीपीडितलाई पहिलो किस्तास्वरुप प्रतिघरधुरी रु एक लाख ५० हजारका दरले उपलब्ध गराउन स्थानीय सरकारलाई अख्तियारी दिइसकेको छ । यद्यपि प्रदेश सरकारले प्रदान गरेको रकम स्थानीय सरकारबाट बेलैमा नपाउने हो कि भन्ने डर बाढीपीडितलाई लागिरहेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका लेखा अधिकृत मोहन जैसवालले सुर्खेतका पञ्चपुरी, वीरेन्द्रनगर, भेरीगङ्गा, लेकबेँसी, गुर्भाकोट...
-
२०७६ जेठ १७, शुक्रबार
बाजुराका पर्यटकीय ताल सङ्कटमा
जिल्लाका विभिन्न ठाउँमा अवस्थित धार्मिक र पर्यटकीय महत्वका तालहरु संरक्षणको अभावमा सङ्कटमा परेका छन् । पर्यटकीय ताल छेडेदह र बुढीनन्दासहितका दर्जन बढी तालको अस्तित्व खतरामा परेको छ । पर्यटकलाई मोहनी लगाउने ती तालको संरक्षण र प्रचारमा स्थानीय तहको ध्यान नपुगेपछि जिल्लामा रहेका सुन्दरताको अस्तित्व खतरामा पर्दै गएका छन् । खप्तड छेडेदह गाउँपालिका–७ का स्थानीय गोरख रावतले भन्नुभयो, “तालमा आवश्यक...
-
२०७६ जेठ १७, शुक्रबार
बजेट विश्लेषण स् लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट
अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आव २०७६÷७७ का लागि बुधबार मुलुकको आयव्ययको विवरण अर्थात बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभयो । बजेटको आकार रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको छ । गत वर्ष बजेटको आकार १३ खर्ब १५ अर्ब १६ करोड रहेको थियो । बजेट आएपछि यस बजेटका राम्रा–नराम्रा पक्षबारे विभिन्न चर्चा÷परिचर्चा भइरहेका छन् भने वितरणमुखी भनी परम्परागत धर्म निर्वाह गर्ने खालका...
-
२०७६ जेठ १७, शुक्रबार
बीमा दावी गर्न चोरीको नाटक गर्ने पक्राउ
बैंकको ऋण तिर्ने भाका सार्न र पसलको बीमा दावी गर्ने योजना बनाई सामान लुकाएर पसल चोरी भएको उजुरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौँडा–४ पारिजात पथमा रहेको घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रिोनिक सेन्टरबाट नगद तथा जिन्सी गरी करीब ३३ लाखको चोरी भएको भन्दै प्रहरीमा उजुरी गर्ने उमेश घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो । उनले गत जेठ ८ गते राति पसल चोरी भएको बताएका थिए । हेटौँडाको व्यस्त बजार...
-
२०७६ जेठ १७, शुक्रबार
आफ्नै भवनमा नगरपालिका
हलेसी तुवाचुङ नगरपालिका आफ्नै भवनमा सरेको छ । स्थानीय तह कार्यान्वयनमा आएको करीब दुई वर्षपछि नगरपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह शुरु गरेको हो । वडा नं ५ दुर्छिमको कोटगैरामा निर्माण गरिएको भवनबाट बिहीबारदेखि कामकाज थालिएको नगरप्रमुख इवन राईले जानकारी दिनुभयो । स्थानीयवासीले निःशुल्क दिएको जग्गामा रु ७० लाखभन्दा बढी खर्चमा ‘एल’ आकारको १५ कोठे भवन निर्माण गरिएको हो । नगरपालिकाको कार्यालय भवन...
-
२०७६ जेठ १७, शुक्रबार
प्रहरी उपरीक्षक भट्टलाई नागरिक सम्मान
नेपाल प्रहरीका उपरीक्षक राजेन्द्रप्रसाद भट्टलाई पश्चिम नवलपरासीमा नागरिक सम्मान प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको प्रमुखका रूपमा कार्यरत रहँदा जिल्लामा शान्तिसुरक्षा र अमनचैन राख्न सफल भएको भन्दै आज बिहान एक समारोहमा ागरिक समाजले उहाँलाई सम्मान गरेको हो । प्रहरी उपरीक्षक भट्ट पश्चिम नवलपरासी प्रहरी प्रमुखका रूपमा एक वर्ष एक महीनाको कार्यकालपश्चात् प्रहरी प्रधान कार्यालय...


