STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २९, आइतबार

    गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशालामा प्रतियोगिता गर्न सकीने

    रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ ।  धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल ९धुर्मुस०ले आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महीनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने...

  • २०७६ बैशाख २९, आइतबार

    महायज्ञमा एकैदिन तीस लाख बराबरको दान सङ्कलन

    जनमार्ग माध्यमिक विद्यालय पूर्वखोला गाउँपालिका–१ सिलुवा पाल्पामा सञ्चालन भएको श्रीमद्भागवत धनधान्याचल विराट नवाह ज्ञान महायज्ञमा एकैदिन रु तीस लाख बराबरको दान सङ्कलन भएको छ । प्राविधिक शिक्षा तथा विद्यालयको भौतिक पूर्वाधार विकास गर्ने उद्देश्यका साथ आयोजना गरिएको महायज्ञको छैठौँ दिन रु तीस लाख बराबरको दान सङ्कलन भएको हो । प्रदेश नं ५ का प्रदेशसभा सदस्य नारायणप्रसाद आचार्य र युवराज खनालले...

  • २०७६ बैशाख २९, आइतबार

    भारतमा आइतबार छैठौँ चरणको मतदान

    भारतमा भइरहेको तल्लो सदन लोकसभा नर्वाचन अन्तर्गत आइतबार छैठौं चरणको मतदान भइरहेको छ । आइतबार ५९ सिटका लागि भइरहेको निर्वाचनमा ७९७ जना उम्मेदवार रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि सन् २०१४ को लोकसभा निर्वाचनमा यी ५९ सिटमध्ये भारतीय जनता पार्टीले ४४ ठाउँमा जित हासिल गरेको थियो । यस चरणमा उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका...

  • २०७६ बैशाख २९, आइतबार

    प्रकृतिको वरदान ः धुम्बा ताल

    जोमसोम बजारको दक्षिणपूर्वमा एउटा झोलुङ्गे पुल छ । पुलबाट कालीगण्डकी तरेपछि बगरैबगर यात्रा अघि बढ्छ । वरिपरि निर्जन डाँडा र कन्दरा । ढुङ्गा, बालुवाबीच फूलेका भुइँफूल । केही पर भेटिन्छ, ठिनी खोला । फड्के तरेर पारि पुग्दा आइपुग्छ, सम्ले गाउँ छिर्ने प्रवेशद्वार । तलपट्टि सुसाइरहेको नदी, दन्तेलहर झैँ खुलेका हिमाल, गुम्बा, स्याउ बगान र रैथाने जनजीवन आँखामा सजाउँदै पुगिन्छ, सम्ले गाउँको सिरान ।...

  • २०७६ बैशाख २९, आइतबार

    प्रभावकरी बन्दै लघु उद्यम विकास कार्यक्रम

    गरीब, विपन्न र सीमान्तकृत समुदायलाई स्वरोजगार बनाउने उद्देश्यले सरकारले सञ्चालन गरिरहेको गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम९मेडेप० पश्चिम नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । ‘अति गरीब’ जनतालाई उद्यमी तथा स्वरोजगार बनाउँदै जाने उद्देश्यअनुसार यस कार्यक्रममार्फत सञ्चालन गरिएका सीप विकास तालीमबाट ग्रामीण क्षेत्रका गृहिणी महिला लाभान्वित भएका छन् । चुलोचौका र घरमै सीमित हुन पुगेका तराई...

  • २०७६ बैशाख २९, आइतबार

    सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु

    निजी तथा आवासीय विद्यालयहरुले मात्र विगतमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउँदै आइरहेको बेला केही वर्षयता आएर उदयपुर जिल्लामा सरकारी विद्यालयले पनि धमाधम अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने क्रम बढाउँदै लगेका छन् । उदयपुर जिल्लामा सञ्चालन हुँदै आएका ४५६ वटा सरकारी विद्यालयमध्ये अहिले त्रियुगा नगरपालिका, कटारी नगरपालिका, चौदण्डी नगरपालिका र बेलका नगरपालिकाभित्रका सरकारी विद्यालयहरुमध्ये करीब तीन...

  • २०७६ बैशाख २९, आइतबार

    समाजवादलाई आत्मसात् गर्ने खालको बजेट ल्याउन सरकारलाई सुझाव

    पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समाजवादी बाटो अवलम्बन गर्ने संवैधानिक प्रावधानलाई आत्मसात् गर्ने नीतिअनुरुप आर्थिक वर्ष २०७६÷७७ को बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।    प्रतिनिधिसभाको आजको बैठकमा आव २०७६÷७७ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्ताव बाहेक० माथिको छलफलमा भाग लिँदै उहाँले सरकारले प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रमले उदारवादी,...

  • २०७६ बैशाख २९, आइतबार

    इलाम उवासंघमा चिपालू विजयी

    इलाम उद्योग वाणिज्य सङ्घको आठौँ अधिवेशनले ईश्वर चिपालूलाई अध्यक्षमा निर्वाचित गरेको छ ।  उहाँले ६३४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्वन्दी देवेन्द्र शङ्करले ३९३ मत मात्र प्राप्त गर्नुभयो । यसअघि सङ्घको वरिष्ठ उपाध्यक्षमा चिपालू र कोषाध्यक्षमा शङ्कर रहनुभएको थियो ।  यसैगरी सङ्घको वरिष्ठ उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा दीपेश श्रेष्ठ, उद्योग उपाध्यक्षमा दुर्गा...

  • २०७६ बैशाख २९, आइतबार

    मिडिया विधेयक पत्रकारका पक्षमा

    सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले पत्रकारको हकहितकै लागि मिडिया विधेयक ल्याउन लागिएको बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेण्टर नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री बाँस्कोटाले पत्रकारको अधिकारलाई सरकारले सुनिश्चित गर्नकै लागि नयाँ कानून ल्याइने बताउँदै भन्नुभयो, “ मिडिया मालिकलाई मालिक मात्र हुने बानी बसेको छ । कर नतिर्ने, दिनरात खटिने पत्रकारका लागि...

  • २०७६ बैशाख २९, आइतबार

    अफगानिस्तानमा १३ जना लडाकू मारिए

    अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा शनिबार भएको गोली हानाहानमा कम्तीमा १३ जना तालिबान लडाकूको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको विज्ञप्तिमा कान्दाहार प्रान्तको मरुफ जिल्लाको नदिर खान गाउँमा भिडन्त भएको जनाइएको छ । अफगानिस्तान प्रहरीतर्फ भएको क्षतिका बारेमा केही खुलाइएको छैन । तालिबान समूहले भने उक्त घटनाका बारेमा केही बताएका छैनन् । यसैबीच, उत्तरी बाघ्लान प्रान्तमा भएको एक...

  • २०७६ बैशाख २९, आइतबार

    मध्यपुरको मूर्त, अमूर्त सम्पदा संरक्षणका लागि गुरुयोजना निर्माण

    मध्यपुरथिमि नगरपालिकाको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको संरक्षण एवं विकास गर्दै नमूनाको साँस्कृतिक नगरी निर्माण गर्न नगरपालिकाले सांस्कृतिक गुरुयोजना निर्माण शुरु गरेको छ ।   नगरपालिकाले आयोजना गरेको समारोहमा गत चैत ३ गते प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले मध्यपुरथिमिलाई ‘सांस्कृतिक नगरी मध्यपुरथिमि’ घोषणा गरेपछि नगरपालिकाले यसको संरक्षण र विकासका लागि गुरुयोजना निर्माण शुरु गरेको हो । ...

  • २०७६ बैशाख २९, आइतबार

    दुर्घटनामा एकको मृत्यु

    सप्तरीको सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा आज एक जनाको मृत्यु भएको छ ।   कदमहा–गाईघाट सडकखण्डअन्तर्गत सुरुङ्गा नगरपालिका–१ हस्पिटल चोकमा रोकिराखेको स।१त। ५००२ नंको ट्र्याक्टरमा मोटरसाइकल ठोक्ँिकदा उदयपुर त्रियुगा नगरपालिका–३ बस्ने ३२ वर्षीयको प्रवीण चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।   ठक्करबाट गम्भीर घाइते भएका चौधरीलाई उपचारका लागि...

Pages