STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २७, शुक्रबार

    विरेठाँटी–हिडनलेक पदमार्ग सञ्चालनमा

    कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाको महत्वपूर्ण पर्यटकीयस्थल विरेठाँटीदेखि हिडनलेकसम्म वैकल्पिक पदमार्ग निर्माण सम्पन्न गरी सञ्चालनमा आएको छ । ग्रामीण क्षेत्रमा विनायोजना खनिएका मोटरबाटोका कारण दिनप्रतिदिन सङ्कटमा पर्दै गएको पदमार्गको इतिहासलाई जीवित राख्ने ध्येयका साथ वैकल्पिक पदयात्रामार्ग निर्माण गरी सञ्चालनमा ल्याइएको हो । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घको...

  • २०७६ बैशाख २७, शुक्रबार

    बौद्ध सडक तत्काल कालोपत्र हुने

    लामो समयदेखि अलपत्र चावहिल–साँखु सडकखण्डअन्तर्गत टुसाल–जोरपाटी सडकखण्ड तत्काल कालोपत्र हुने भएको छ । धुलो र हिलोले आजित बनेका बौद्ध, टुसाल, जोरपाटीका स्थानीय व्यवसायी र सर्वसाधारणले हिजो बिहीबार यातायात नै अवरुद्ध पारी सडक आन्दोलनमार्फत सम्बन्धित निकायलाई ध्यानार्कषण गरेका थिए । सडकमा उत्रिएका आन्दोलनकारी र उक्त सडकखण्ड निर्माण गर्न ठेक्का पाएको युनाइटेड विल्डर्सबीच छ बुँदे सहमति भएपछि आन्दोलन...

  • २०७६ बैशाख २७, शुक्रबार

    मुख्यमन्त्री गद्दीद्वारा वृद्धाश्रम शिलान्यास

    वीरगञ्जको नगवामा निर्माण हुनलागेकोे ज्येष्ठ नागरिक वृद्धाश्रमको आज प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले शिलान्यास गर्नुभएको छ । प्रदेश सरकारको रु ५० लाखको लागतमा दुई हजार ५०० वर्गमिटर क्षेत्रफलमा दुईतले सुविधासम्पन्न वृद्धाश्रम निर्माण हुनेछ । सो अवसरमा मुख्यमन्त्री गद्दीले ज्येष्ठ नागरिकका लागि निर्माण भइरहेको वृद्धाश्रमले समाजलाई सन्तुलित बनाउन मद्दत गर्ने विचार व्यक्त गर्नुभयो ।...

  • २०७६ बैशाख २७, शुक्रबार

    लागुऔषधसहित दुई युवक पक्राउ

    प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरियारपट्टीबाट खटिएको प्रहरी टोलीले जाँचका क्रममा लागुऔषधसहित सिरहाको धनगढीमाई नगरपालिका–११ निवासी १८ वर्षीय राकेश मण्डललाई पक्राउ गरेको हो ।   पक्राउ परेका मण्डलको साथबाट नाइट्रोजेपाम ५३ ट्याब्लेट प्रतिबन्धित लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । यस्तै अस्थायी प्रहरी पोष्ट भगवानपुरबाट खटिएको प्रहरी टोलीले...

  • २०७६ बैशाख २७, शुक्रबार

    रुपन्देहीको ककरहवा नाका बन्द

    भारतको लोकसभाको निर्वाचनलाई लक्षित गरेर आजदेखि तीन दिनसम्म रुपन्देहीको ककरहवा नाका बन्द भएको छ । नाका बन्द भएपछि आवतजावत र ढुवानी पैठारीको काम केही दिनका लागि बन्द हुने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले जानकारी दिनुभयो । उहाँका अनुसार एम्बुलेन्स सेवा र तेलको ढुवानी हुने काम भने रोकिने छैन । “केही दिनको नाका बन्दले नेपाललाई ठूलो समस्या पर्दैन”, प्रमुख जिल्ला अधिकारी रानाले भन्नुभयो ।...

  • २०७६ बैशाख २७, शुक्रबार

     होस्टेलबाट बालबालिकाको उद्धार

    काठमाडौँको गोल्फुटारस्थित न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, नेपाल प्रहरी महाराजगञ्ज र बालबालिका खोजतलास केन्द्रलगायतको संयुक्त पहलमा ती बालबालिकालाई उद्धार गरिएको हो ।   होस्टेल सञ्चालक जय विश्वकर्माले कालिकोट, हुम्ला, डोल्पा र बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकालाई छात्रवृत्तिमा पढाउन तथा पालनपोषण गर्न भनी ल्याएर अलपत्र...

  • २०७६ बैशाख २७, शुक्रबार

     होस्टेलबाट बालबालिकाको उद्धार

    काठमाडौँको गोल्फुटारस्थित न्यू कर्णाली होस्टेलबाट १९ बालबालिकाको उद्धार गरिएको छ । केन्द्रीय बाल कल्याण समिति, नेपाल प्रहरी महाराजगञ्ज र बालबालिका खोजतलास केन्द्रलगायतको संयुक्त पहलमा ती बालबालिकालाई उद्धार गरिएको हो ।   होस्टेल सञ्चालक जय विश्वकर्माले कालिकोट, हुम्ला, डोल्पा र बाँके जिल्लाबाट अभिभावकलाई विभिन्न प्रलोभनमा पारी बालबालिकालाई छात्रवृत्तिमा पढाउन तथा पालनपोषण गर्न भनी ल्याएर अलपत्र...

  • २०७६ बैशाख २७, शुक्रबार

    लिबियामा आतङ्कवादी आक्रमण, दुई जनाको हत्या

    इस्लामिक स्टेट्स आइएस समूहले दक्षिण त्रिपोलीको घाड्वामा गरेको आतङ्ककारी हमलामा परेर कम्तीमा बिहीबार दुई जनाको मृत्यु भएको छ भने अरु धेरै जना घाइते भएका छन् । साभा शहरको प्रहरी स्रोतले घाड्वामा बिहानीपख भएको आक्रमणबाट स्थानीय दुई जनाको मृत्यु भएको र केही युवालाई अपहरण गरिएको बताउनुभयो । प्रहरीले स्थानीयबासीका धेरैवटा निजी घर तथा सरकारी कार्यालयहरुमा आगजनी गरिएको जनाएको छ । आइएस समूहले घाड्वा शहरमा...

  • २०७६ बैशाख २७, शुक्रबार

    अमेरिकी बारमा गोली चल्यो, एक जनाको मृत्यु

    संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राज्यको एक बारमा गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अर्का दुई जना घाइते भएका छन् । स्थानीय प्रहरीका अनुसार बुधबार मध्यरातमा बारमा गोली चलेको थियो । स्थानीय प्रहरी प्रवक्ता केसी लाइनिङले थप क्षति हुन नदिन बारमा रहेका अरु मानिसले बन्दुकधारीलाई नियन्त्रणमा लिएको बताउनुभयो । सन् २०१६ मा पनि ओर्लान्डोको एक बारमा गोली चल्दा कम्तीमा ४९ जनाको ज्यान गएको थियो । अमेरिकी...

  • २०७६ बैशाख २७, शुक्रबार

    उत्तरी अफगानिस्तानमा सात प्रहरीको हत्या

    अफगानिस्तानको उत्तरी प्रान्त जजानमा सुरक्षाफौज र तालिबानबीचको पछिल्लो भिडन्तमा सात सुरक्षाकर्मी र ३१ जना तालिबान लडाकुको ज्यान गएको छ । प्रान्तीय सरकारका प्रवक्ता फ्राइदून अनिखका अनुसार तालिबान समूहले अक्चा जिल्लाको एक सुरक्षापोष्टमा आक्रमण गरेका थिए । तर सुरक्षाफौजको कारबाहीमा २७ जना तालिबान लडाकू मारिएका र अरु २० जना घाइते भएको पनि अनिखले जानकारी दिनुभयो । उहाँले मारिएका तालिबानीमध्ये एक जना...

  • २०७६ बैशाख २७, शुक्रबार

    अमेरिकी अग्रसरतामा सिरियामा कारबाही

    सिरियाको पूर्वी क्षेत्रमा प्रदर्शनकारीमाथि अमेरिकी समर्थनमा सक्रिय सिरियाली डेमोक्रेटिक फोर्सेज एसडीएफ ले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । सिरियाली समाचार संस्था सानाका अनुसार पूर्वी सिरियाको डियर अल–जउर प्रान्तको शाहिल शहरमा सयौं व्यक्तिले एसडीएफका बिरुद्धमा नाराजुलुस गरेका थिए । इस्लामिक स्टेट्स समूहको कब्जाबाट मुक्त भएको अल–जउरमा पछिल्लो समय एसडीएफले नियन्त्रण गरिरहेको छ । सिरियाली...

  • २०७६ बैशाख २७, शुक्रबार

    नाइजेरियामा खुला दिसामुक्त अभियान

    नाइजेरिया रकारले सन् २०२५ सम्ममा सरसफाईमा उत्कृष्ट नतिजा ल्याउने उद्देश्यले खुला दिसामुक्त अभियान सञ्चालन गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ । जलस्रोत मन्त्री सुलेमान अदामुले उक्त अभियान सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको पनि जानकारी दिनुभयो । उहाँले राष्ट्रिय अभियान सफल बनाउन अन्तर्राष्ट्रिय दाताबाट पनि सहयोगका लागि आग्रह गरिएको बताउनुभयो । “स्वच्छ नाइजेरिया, शौचालयको प्रयोग बढाऔं”...

Pages