-
२०७६ बैशाख २६, बिहिबार
सुत्केरीको सालनाल बिरामीकै झोलामा
प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको लापरवाहीका कारण सेवा लिन आउने बिरामी समस्यामा परेका छन् । स्वास्थ्य केन्द्रमा अव्यवस्थित प्रसूति सेवाकक्ष साथै आवश्यक सामग्रीको अभाव भएकै कारण सुत्केरी अवस्थाका महिला यसको शिकार भएका हुन् । एक महीनामा १० सम्म सुत्केरी गराउँदै आएको यस स्वास्थ्य केन्द्रमा प्लासेन्टा सालनाल को व्यवस्थापन गर्ने कन्टेनर नहुँदा प्लासेन्टा सुत्केरीलाई नै झोलामा हालेर घर पठाउने गरेको...
-
२०७६ बैशाख २६, बिहिबार
कालोपत्र नभएको भन्दै बौद्ध सडक बन्द
लामो समयदेखि निर्माणाधीन चावहिल–साँखु सडकखण्ड कालोपत्र नहुुँदा मारमा परेका बौद्ध व्यापार सङ्घ र स्थानीयवासीले यातायात अवरुद्ध पारेका छन् । पाँच सयको सङ्ख्यामा रहेका स्थानीयवासी तथा व्यापारीले बिहान ८ बजेदेखि गरेका साङ्केतिक विरोध कार्यक्रमका कारण सडक अस्तव्यस्त भएको छ । आन्दोलनमा उत्रिएका स्थानीयवासीको एउटै माग छ चावहिल–साँँखु सडकखण्ड तत्काल कालोपत्र गरी धँुवाधुलोबाट मुक्त हुनुप¥यो । विगत चार...
-
२०७६ बैशाख २६, बिहिबार
सबैले न्यायको अनुभूति गर्न पाउनुपर्छ
सबैले न्यायको अनुभूति गर्ने वातावरण बनाउन जरुरी रहेकोमा जोड दिइएको छ । ६८ औँ कानून दिवसको अवसरमा उच्च अदालत तुलसीपुर बुटवल इजलासले आज बुटवलमा आयोजना गरेको कार्यक्रमका सहभागीले कानूनको अनभिज्ञता क्षम्य नहुने भएकाले बुझ्न र बुझाउन आवश्यक रहेको बताए । कार्यक्रममा उच्च अदालत तुलसीपुर बुटवल इजलासका प्रमुख न्यायाधीश कुमारप्रसाद पोखरेलले मुलुकमा विधिको शासन स्थापनाका लागि न्यायालय स्थापना भएकाले सबैले...
-
२०७६ बैशाख २६, बिहिबार
प्रधानमन्त्री ओली भियतनाम र कम्बोडिया प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री गुएन सुआन फुक र कम्बोडियाका प्रधानमन्त्री सम्देह अक्का मोह सेना पडेइ टेको हुन सेनको निमन्त्रणामा ती देशको भ्रमणका लागि आज प्रस्थान गर्नुभएको छ । क्रमशः यही वैशाख २६–३० र वैशाख ३०–जेठ १ गते हुने सो औपचारिक भ्रमणमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य पनि रहनुभएको छ । प्रधानमन्त्री ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय...
-
२०७६ बैशाख २६, बिहिबार
मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु
रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । आज बिहान खिम्तीबाट मन्थली आउँदै गरेको बा४८प ३०१८ नंको मोटरसाइकलको ठक्करबाट लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङ निवासी ६५ वर्षीया वृद्धा केशरी तामाङको ज्यान गएको हो । घाइते भएकी तामाङको उपचारका क्रममा तामाकोशी सहकारी अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता एवं प्रहरी निरीक्षक शेख अदालतले...
-
२०७६ बैशाख २६, बिहिबार
चौरमा खेलाडी उत्पादन, चौरमै अन्तर्राष्ट्रिय प्रतियोगिता
इलाममा कराँते खेल शुरु भएको ३० वर्षभन्दा बढी भए पनि कर्वड हल नबन्दा खेलाडी र प्रशिक्षकलाई समस्या भएको छ । कर्वड हल अभावमा एक हजार २०० भन्दा बढी कराँते खेलाडीले खुला चौरमा प्रशिक्षण लिनुपरेको छ । पूर्वाधार अभावमा जिल्ला सदरमुकाममा अयोजना हुने अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खुला चौरमा हुँदै आएको छ । सदरमुकाम इलाम बजारको प्रशिक्षण कक्ष सानो छ । एउटै कक्षमा कराँतेसँगै बक्सिङ, उसु, टि टि, जुँडोका...
-
२०७६ बैशाख २६, बिहिबार
भोलि शुक्रबार असनमा किन ?
ऐतिहासिक महत्वको क्षेत्र काठमाडौंको भित्री शहर असन टोलमा भोलिल शुक्रबार दिउँसो ३ बजे विरोधसभाको आयोजना गरिएको छ । असन टोलमा बिभिन्न पार्टीहरुले आफ्नो विचार पोख्नको निमित्त, चुनावमा उठ्नको निमित्त एवं विभिन्न कार्यक्रमको प्रचार गर्नको निमित्त असन टोलको प्रयोग गरिदै आइरहेका छन् । तर भोलि शुक्रबार असन टोल, असन टोल बचाऊ कै निमित्त विरोधसभा हुन गइरहेको छ । उक्त सभा किन गर्न लागेको हो ? र हामी किन...
-
२०७६ बैशाख २६, बिहिबार
बस दुर्घटनामा घाइते भएकाको उपचार खर्च नगरपालिकाले व्यहोर्ने
बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनीबाट तोरीपानीतर्फ जाँदै गरेको ना ५ ख ५७२४ नम्बरको यात्रुवाहक बस दुर्घटनामा घाइते भएकाको उपचारको खर्च बेनी नगरपालिकाले व्यहोर्ने भएको छ । बुधवार साँझ बेनीबाट यात्रु लिएर तोरीपानी जाँदै गरेको बस बेनी नगरपालिका–९ भुर्तेदैलाको जम्रेनीमा दुर्घटना हुँदा १६ घाइते भएका थिए । घाइतेको बेनी अस्पताल र पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको छ । बेनी नगरपालिकाका प्रवक्ता...
-
२०७६ बैशाख २६, बिहिबार
नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाइने
नेपालगञ्जलाई उत्कृष्ट नमूना शहर बनाउने लक्ष्यका साथ नेपालगञ्ज उपमहानगरपालिकाले विकासका महत्वपूर्ण योजनालाई प्राथमिकीकरण गर्दै निर्माण कार्यसमेत अघि बढाएको छ । “हामीले पहिलो चरणमा नगरका अधिकांश भागमा सडक, ढल, नाला, डम्पिङ साइट निर्माणलगायत पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेका छौँ”, नगर प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो । नगरमा थुप्रै विकास निर्माणका काम जारी रहेको जनाउँदै उहाँले विकासमा...
-
२०७६ बैशाख २६, बिहिबार
त्रिपक्षीय सुरक्षा वार्ता शुरु
दक्षिण कोरियाको राजधानी सोलमा सुरक्षाको विषयमा त्रिपक्षीय वार्ता शुरु भएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ । सो त्रिपक्षीय वार्तामा दक्षिण कोरिया, जापान र संयुक्त राज्य अमेरिकाको सहभागिता रहेको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयमा शुरु भएको एघारौं त्रिपक्षीय सुरक्षा वार्तामा कोरियाली प्रायःद्वीपमा निःशस्त्रीकरण, शान्ति, क्षेत्रीय सुरक्षालगायत एकापसको सहयोगका विषयमा वार्ता हुने...
-
२०७६ बैशाख २६, बिहिबार
एडिबीको सहयोगमा सञ्चालित आयोजनाले गति लिँदै
एशियाली विकास बैंक एडिबी को सहुलियत ऋण सहयोगमा सुदूरपश्चिम प्रदेशका तीन नगरपालिका र एक उपमहानगरपालिकामा सञ्चालित रु नौ अर्बको क्षेत्रीय शहरी विकास आयोजना निर्माणले गति लिन थालेको हो । चालू आवमा भीमदत्त नगरपालिकामा रु पाँच करोड, शुक्लाफाँटा नगरपालिकामा रु दुई करोड १३ लाख, गोदावरी नगरपालिकामा रु तीन करोड र धनगढी उपमहानगरपालिकामा रु छ करोडका स–साना योजना अगाडि बढाइएको आयोजना कार्यान्वयन एकाइ धनगढी...
-
२०७६ बैशाख २६, बिहिबार
अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढ्यो
संयुक्तराज्य अमेरिकामा प्रसूतिजन्य मृत्युदर बढेको एक अनुसन्धानले देखाएको छ । यस्तो समस्या खासगरी अमेरिकाका कालाजातिका महिलामा बढी देखिएको छ । अमेरिकी रोग नियन्त्रण केन्द्र सीडीसी का अनुसार सन् २०११ देखि २०१५ को अवधिमा तीन हजार ४०० भन्दा बढी महिलाको मृत्यु भएको थियो । अर्थात् प्रति एक लाख जीवित जन्ममा करिब १७।२ मृत्यु हुने गरेको छ । गोरा जातिका महिलामध्ये प्रति जीवित जन्ममा १३ जनाको मृत्यु हुने...


