-
२०७६ बैशाख २९, आइतबार
सिकलसेलका नौ बिरामी फेला
कपिलवस्तु जिल्लामा चालु आर्थिक वर्षको आजसम्म थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमियाका नौ बिरामी फेला परेका छन् । वाणगङ्गा नगरपालिकामा सात र बुद्धभूमि नगरपालिकामा दुई बिरामी छन् । लुम्बिनी प्रादेशिक अस्तालका सामाजिक सेवा एकाइ प्रमुख दयासागर पन्थीका अनुसार कपिलवस्तु जिल्लाबाट नौ जनाले औषधि सेवन गर्दै आएका छन् । पन्थीले सिकलसेलका बिरामीको अवस्था पहिलेभन्दा अहिले सुधार भएको जानकारी दिनुभयो ।...
-
२०७६ बैशाख २९, आइतबार
पन्ध्र दिनभित्र कुलेखानी तेस्रोको परीक्षण सकिने
निर्माण व्यवसायीको अवरोध र सामान आपूर्तिमा भएको ढिलाइका कारण विगत दश वर्षदेखि निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आगामी १५ दिन भित्र संरचना र उपकरणको परीक्षण सम्पन्न गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले मकवानपुरमा निर्माण गरिरहेको १४ मेगावाट क्षमताको सो आयोजनाको संरचना तथा उपकरण परीक्षण गर्ने समयसीमा तय गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको उपस्थितिमा आयोजना...
-
२०७६ बैशाख २९, आइतबार
दज्र्यानी चिह्न प्रदान
प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा वैशाख १९ गते बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक पोखरेललाई प्रहरी नायब महानिरीक्षक पदमा बढुवाका लागि सिफारिश गरेपछि उहाँलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा उहाँलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दज्र्यानी चिह्न प्रदान...
-
२०७६ बैशाख २९, आइतबार
अनलाइन सेवाले झन सास्ती
कैलालीको टीकापुरस्थित मालपोत कार्यालयमा अनलाइन प्रणालीमार्फत सेवा दिन थालिएपछि सेवाग्राहीलाई सास्ती भएको छ । छिटोछरितो सेवा दिने उद्देश्यले कार्यालयले वैशाख १५ गतेदेखि अनलाइन प्रणालीमार्फत काम थालेको भए पनि अनलाइन सेवाले कर्मचारीलाई समेत हैरानी भएको छ । टाढा÷टाढाबाट आएका सेवाग्राही समयमा काम सम्पन्न नभएपछि निराश हु“दै फर्किनुपरेको छ । जानकी गाउ“पालिका– ९ मूर्तियाका शेरबहादुर विकले जग्गा...
-
२०७६ बैशाख २९, आइतबार
भूकम्पीय जोखिम कायमै रहेको भूगर्भविद्को निचोड
गोरखा भूकम्पपछि जमीनमुनि सञ्चित भएर रहेको पूरै शक्ति स्खलन नभइसकेकाले यही क्षेत्रमा या लामो समयदेखि शक्तिशाली भूकम्प नभोगेको पश्चिम नेपालमा भूकम्प जानसक्ने सम्भावनालाई भूगर्भविद्हरुले औँल्याएका छन् । स्वदेशी र विदेशी विज्ञहरुले यसबारे राष्ट्रिय÷अन्तर्राष्ट्रिय ‘जर्नल’हरुमा आफ्ना अध्ययनको सारका आधारमा लेख प्रकाशन गर्दै नेपालीहरुलाई सचेत भई पूर्व तयारीमा लाग्न सुझाएका छन् । गोरखा भूकम्पपछि नेपालमा...
-
२०७६ बैशाख २९, आइतबार
पारिजात अभिनव पुरस्कार चन्दलाई
अभिनव साहित्य समाजले यस वर्षको पारिजात अभिनव साहित्य तथा समाजसेवा पुरस्कार बैतडीकी बिमला चन्द ‘सानु’लाई प्रदान गरेको छ । समाजको २०७औँ मासिक साहित्यिक शृङ्खला र पारिजात स्मृति दिवस तथा ८३औँ जन्मजयन्तीको अवसरमा सो पुरस्कार दिइएको हो । पुरस्कारको राशि नगद पाँच हजारसहित सम्मानपत्र रहेको छ । साहित्यकार वसन्त रिजाल र समाजको अगुवाइमा केही समयअघि पारिजात अभिनव साहित्य तथा समाज सेवा पुरस्कार नामको कोष...
-
२०७६ बैशाख २९, आइतबार
एशियाको उत्कृष्ट विश्वविद्यालयमा त्रिवि सूचीकृत
बेलायतस्थित ‘द टाइम्स् हाइयर एजुकेशन’ ले सार्वजनिक गरेको एशियाका उत्कृष्ट विश्वविद्यालयको स्तर निर्धारण सूचीमा नेपालको त्रिभुवन विश्वविद्यालय २५१ देखि ३०० औँ स्तरमा सूचीकृत भएको छ । सो संस्थाले विश्वविद्यालयका कूल शिक्षक सङ्ख्या, महिला शिक्षक सङ्ख्या, स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी सङ्ख्या, महिला विद्यार्थीको सङ्ख्या, शिक्षक विद्यार्थी अनुपात, विश्वविद्यालयभित्र भएका अनुसन्धान,...
-
२०७६ बैशाख २९, आइतबार
प्रम ओलीबाट विश्व समुदायलाई लुम्बिनी भ्रमण गर्न आह्वान
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्व समुदायलाई नेपाल भ्रमण गर्न आह्वान गर्नुभएको छ । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको वैशाख दिवसका अवसरमा भियतनाम सरकार तथा राष्ट्रिय भियतनाम बौद्ध सङ्घले हा नाम प्रान्तमा आज आयोजना गरेको कार्यक्रममा गौतम बुद्धको जन्मस्थल नेपाल बौद्धदर्शनको पनि उत्पत्तिस्थल भएकाले सबै बौद्ध धर्मावलम्बीले आफ्नो जीवनमा एक पटक लुम्बिनीको...
-
२०७६ बैशाख २९, आइतबार
सोनिया र प्रियंकाद्वारा दिल्लीमा मतदान
भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गर्नुभएको छ । भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका दिन उहाँहरुले मतदान गर्नुभएको हो । आमा सोनिया र छोरी प्रियंकासँगै प्रियंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गर्नु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । काँग्रेस महासचिव समेत रहनु भएकी प्रियंकाले लोकतन्त्र...
-
२०७६ बैशाख २९, आइतबार
राष्ट्रिय गौरवकै आयोजनाको निर्माणको गति शून्य
राष्ट्रिय सरोकार तथा समन्वय समितिले मुलुकका चार वटा आयोजनाको समग्र वस्तुस्थिति तथा कार्यान्वयनमा देखिएको चुनौतीबारे सम्बन्धित मन्त्रालय र सरोकारवालासँग जानकारी माग गर्ने निर्णय गरेको छ । समितिको आजको बैठकले मेलम्ची खानेपानी आयोजना, बूढीगण्डकी जलविद्युत् परियोजना, काठमाडौँ–तराई–मधेश द्रूतमार्ग र जनता आवास कार्यक्रमका बारेमा सम्बन्धित मन्त्रालय र सरोकारवाला निकायका पदाधिकारीसँग जानकारी लिने निर्णय...
-
२०७६ बैशाख २७, शुक्रबार
सिक्किम, दार्जिलिङमा पर्यटकीय साझेदारीका कुरा
पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवान नेतृत्वको टोलीले सिक्किम, दार्जिलिङका पर्यटन सम्बद्ध निकायका प्रतिनिधिसँग पोखरासँगको पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ भारतको सिक्किम, दार्जिलिङ, ग्यान्तोकमा पुगेको टोलीले आफ्नो छ दिवसीय भ्रमणका क्रममा त्यहाँस्थित पर्यटन सम्बद्ध व्यक्ति तथा संस्थासँग अन्तरक्रिया गर्दै पर्यटकीय साइनो मजबुत...
-
२०७६ बैशाख २७, शुक्रबार
हिरासतभित्र युवक झुण्डिएपछि अवस्था तनावग्रस्त
इलाका प्रहरी कार्यालय रत्ननगरको हिरासतमा रहेका एक युवक गम्भीर घाइते भएपछि स्थिति तनावग्रस्त बनेको छ । कालिका नगरपालिका–१ सूर्यपुरका २४ वर्षीय समिर घिसिङ बिहीबार साँझ हिरासतभित्रको शौचालयमा आफैँले लगाएको सर्ट ९कमिज० मा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनापछि गम्भीर घाइते भएका घिसिङलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको छ । घाइतेको पुरानो मेडिकल कलेजमा भेन्टिलेटरमा उपचार...


