-
२०७६ बैशाख २७, शुक्रबार
काङ्ग्रेसद्वारा दुःख व्यक्त
नेपाली काङ्ग्रेसले पर्वत पार्टीका पूर्व सचिव सोमलाल आचार्यको निधनमा दुःख व्यक्त गरेको छ । पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज एक विज्ञप्ति जारी गरी गत वैशाख २५ गते निधन हुनुभएका आचार्यप्रति दुःख व्यक्त गर्नुभएको हो । आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी हुुनुभएका आचार्य २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा जेल पर्नुभएको थियो । काङ्ग्रेसले नेपालको...
-
२०७६ बैशाख २७, शुक्रबार
बुद्धजयन्ती समारोह समिति गठन
विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रमा २५६३औँ बुद्ध जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ । बौद्धनाथ क्षेत्र विकास समितिको संयोजकत्वमा बौद्ध क्षेत्रका ८० सङ्घ संस्था सदस्य रहेको समिति गठन गरिएको हो । जेठ १ गतेदेखि सप्ताहव्यापी रुपमा बुद्धजयन्ती मनाइने कार्यक्रम तय गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । समितिमा बौद्ध तामाङ कल्याण गुठी, बौद्ध सुखदुःख...
-
२०७६ बैशाख २७, शुक्रबार
वाग्मती तीर्थयात्रा शुरु
कटुवालदहबाट वाग्मती नदीको उद्गमस्थल वाग्द्वारसम्मका १६५ तीर्थमा स्नान तथा पूजा गरी मनाइने वाग्मती तीर्थ यात्रा आज बिहानदेखि शुरु भएको छ । पशुपति मन्दिरमा विशेष पूजासहित परिसरमा कन्याकुमारी पूजा, आगम घरमा हवनसहित विशेष पूजा गरी यात्रा शुरु भएको हो । कोषका सदस्य सचिव डा प्रदीप ढकालले यात्राको पूजा सङ्कल्प गर्नुभएको थियो । नाथका मूल पूजारी रावल गणेश भट्टले विशेष पूजासहितको सङ्कल्प गराउनुभएको थियो...
-
२०७६ बैशाख २७, शुक्रबार
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव प्रस्तुत
राष्ट्रियसभा आजको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा कर प्रस्तावबाहेक छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको छ । प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा खतिवडाले विनियोजन विधेयक २०७६÷७७ का सिद्धान्त र प्राथमिकताको खाकाभित्र रहेर बजेट तर्जुमा हुने भन्दै छलफलमा उठेका कुरा बजेट निर्माण गर्दा मार्गदर्शनका रुपमा...
-
२०७६ बैशाख २७, शुक्रबार
परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो–१
‘धक्का पाउन्या हम, सुख पाउन उन । धक्या नपाउन्या गोली हाल्न आया हुन ।’ मेलौली नगरपालिका–५ का २३ वर्षीया हासा सार्की, २० वर्षीया हरिना सार्की र २२ वर्षीया लक्ष्मी सार्कीले एकै स्वरमा लजाउँदै भन्नुभयो । उहाँहरुले लगाएको कुर्ता पसिनाले निर्थुक्क भिजेको देखिन्थ्यो । “करीब दुई घण्टाको उकालो र एक घण्टाको तरपए–तरपए बाटो हिँडेर महारुद्र स्वास्थ्य चौकी आएका हौँ”, स्वाँस्वाँ गर्दै उहाँहरुले थप्नुभयो । ...
-
२०७६ बैशाख २७, शुक्रबार
परिवार नियोजनप्रति महिलाको आकर्षण बढ्दो–२
के हो भिजिटिङ सर्भिस प्रोभाइडर्स लामो समयसम्म काम गर्ने परिवार नियोजनका साधनमा विशेष गरी दुर्गम क्षेत्रका अति विपन्न समुदायलाई स्वास्थ्य संस्थामार्फत तालीमप्राप्त स्वास्थ्यकर्मीले सहज पहुँच पु¥याउने कार्यक्रमलाई ‘भिजिटिङ सर्भिस प्रोभाइडर्स’ भनिन्छ । बेलायतको अन्तर्राष्ट्रिय सहयोग नियोग डिआइडी को आर्थिक सहयोग र संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष युएनएफपिए को प्राविधक सहयोगमा स्वास्थ्य तथा...
-
२०७६ बैशाख २७, शुक्रबार
गिद्धले बच्चा कम कोरलेपछि अनुसन्धान हुँदै
गिद्धको बच्चा हुर्काउने कार्यमा सफलता मिले पनि अण्डा फूल बाट बच्चा कोरल्ने कार्यमा भने आशातित सफलता मिल्न सकेको छैन । जसका कारण यस विषयमा स्वदेशी र विदेशी विज्ञले अनुसन्धान गरिरहेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा प्रजनन् केन्द्र स्थापना गरी सेतो डङ्गर जातको गिद्धको वंश विस्तार गर्ने काम हुँदै आएको छ । निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल पक्षी संरक्षण सङ्घले सन् २००८ बाट कसरामा...
-
२०७६ बैशाख २७, शुक्रबार
पश्चिम तराईमा ‘लु’, जनजीवन प्रभावित
नेपालको सबैभन्दा धेरै गर्मी हुने स्थान भनेर चिनिने नेपालगञ्जलगायत पश्चिम तराईका विभिन्न स्थानमा चर्को घाम र तातो हावा लु चलेको छ । ‘लु’का कारण यहाँको जनजीवनमा असर परेको छ । मौसम विज्ञान विभागको नेपालगञ्ज शाखा कार्यालयका अनुसार यहाँको अधिकतम तापक्रम बिहीबार ४३ डिग्री सेल्सियस अभिलेख भएको छ । गर्मी याम शुरु भएयता पानी नपरेपछि चर्को घामका साथै ‘लु’ चल्न थालेको हो । उक्त कार्यालयकाअनुसार नेपालगञ्जको...
-
२०७६ बैशाख २७, शुक्रबार
शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग
एघार विद्यार्थी सङ्गठनले निजी शैक्षिक संस्थाले गैरकानूनीरुपमा ४० प्रतिशतसम्म गरेको शुल्कवृद्धि तत्काल फिर्ता गर्न माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्गठनको तर्फबाट नेविसङ्घका पूर्वउपाध्यक्ष ऋषिकेशजङ्ग शाहले शिक्षा र स्वास्थ्यलाई सर्वसुलभ बनाउन अनाधिकृतरुपमा वृद्धि गरिएको शुल्क खारेज गर्न आग्रह गर्नुभयो । उक्त कार्यक्रममा सङ्गठनद्वारा जारी विज्ञप्तिमा सार्वजनिक शिक्षाको गुणस्तर...
-
२०७६ बैशाख २७, शुक्रबार
प्रतिनिधि परिचालन गर्दै काङ्ग्रेस
काङ्ग्रेस कास्कीले पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियान सफल पार्न जिल्लाका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गर्ने भएको छ । जिल्लामा एक महीनासम्म सञ्चालन गर्ने अभियानका सन्दर्भमा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुन जोशीको उपस्थितिमा आज बसेको जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय एवं नगरसमितिका सभापतिको बैठकले एक महीने अभियानलाई प्रभावकारिताका साथ टोल÷टोलमा पु¥याउने निर्णय गरेको हो...
-
२०७६ बैशाख २६, बिहिबार
विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्छ– पूर्वमन्त्री अधिकारी
पूर्वस्वास्थ्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले समयको मागसँगै विज्ञान र प्रविधिसँग जोडिएका विषय पढाइनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका–१३ आर्वास्थित रतनपाण्डे माध्यमिक विद्यालयको ६२औँ वार्षिकोत्सव समारोहमा बुधबार उहाँले नेपाली माटोमै श्रम र सीप खर्चिने किसिमको शिक्षा दिइनुपर्ने बताउनुभयो । उहाँले शिक्षा क्षेत्रलाई राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने उल्लेख गर्दै यो वा...
-
२०७६ बैशाख २६, बिहिबार
अभद्र व्यवहार गर्ने महिला पक्राउ
बराहताल गाउँपालिका–७ सुर्खेत करङ्गेगाउँ निवासी ४६ वर्षीय भवीसरा दङ्गालीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले अभद्र तथा अमानवीय व्यवहार गरेको आरोपमा उनलाई बुधबार पक्राउ गरेको हो । वैशाख २४ गते करङ्गेगाउँकै ६० वर्षीय तेजबहादुर खत्रीलाई टपरीमा लुकाइछिपाइ ल्याएको दिसा मुखमा कोच्याएको सूचना प्रहरीमा प्राप्त भएपछि दङ्गालीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता...


