STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २७, शुक्रबार

    जुनार कृषकलाई परिचयपत्र

    सिन्धुलीमा व्यावसायिकरूपमा जुनारको खेती गर्ने कृषकलाई परिचयपत्र दिइएको छ । वास्तविक जुनार कृषकको पहिचान गरी जुनारको गुणस्तरीय उत्पादन गर्ने सोचका साथ जुनार कृषक परिचयपत्र दिइएको हो । जिल्लाको कमलामाई नगरपालिका–३ जलकन्या, सुनकोशी गाउँपालिका–७ मझुवा, गोलन्जोर गाउँपालिका–१ डुडभञ्ज्याङ, गोलन्जोर गाउँपालिका–२ बितिजोर, गोलन्जोर गाउँपालिका–३ भुवनेश्वरी, गोलन्जोर गाउँपालिका–४ तीनकन्या, गोलन्जोर...

  • २०७६ बैशाख २७, शुक्रबार

    मगर समूहको भवन निर्माण

    मगर पहिचान झल्किने खालका वस्तुलाई संरक्षण गरेर राख्ने उद्देश्यले पाल्पाको रामपुरमा क्रियाशील मगर उत्थान समूहद्वारा भवन निर्माण गरिएको छ । नवनिर्मित भवनको उद्घाटन समारोहमा प्रदेश नं ५ का प्रदेशसभा सदस्य वीरबहादुर रानाले मगर समुदायको भाषा संस्कृति संरक्षणसँगै समग्र समुदायको उत्थान र विकासका लागि सबै एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले मगर समुदायले राम्रो संस्कार र संस्कृतिलाई अँगाल्दै राज्यका...

  • २०७६ बैशाख २७, शुक्रबार

    जुम्लामा आँखा शिविर

    यही वैशाख २२ गतेदेखि २४ गतेसम्म यहाँ सञ्चालन भएको आँखा शिविरमा ९५१ बिरामीले सेवा लिएका छन् । शिविरमा १८३ को आँखाको साधारण शल्यक्रिया गरिएको र १०४ को मोतियाविन्दुको शल्यक्रिया गरिएको आँखा उपचार केन्द्र जुम्लाका प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभएको छ । शिविरको पहिलो दिन आइतबार ४०० को आँखाको परीक्षण भएकामा ३७ को शल्यक्रिया गरिएको थियो । दोस्रो दिन ३५५ को आँखाको परीक्षण भएकामा ४० को शल्यक्रिया...

  • २०७६ बैशाख २७, शुक्रबार

    साइबर अपराध तालीम

    साइबरका माध्यमबाट हुने गरेका आपराधिक गतिविधिलाई रोकथाम गर्ने विधिबारे जानकारी गराउने उद्देश्यले पोखरामा प्रहरी अधिकृतलाई अनुशिक्षण तालीम प्रदान गरिएको छ । प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो काठमाडौँ र गण्डकी प्रदेश तालीम केन्द्रद्वारा छैटौँ समूहको उक्त तालीममा २९ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । सो तालीम वैशाख १९ गतेदेखि वैशाख २६ गतेसम्म सञ्चालन भएको थियो ।   सो अवसरमा गण्डकी प्रदेशका...

  • २०७६ बैशाख २७, शुक्रबार

    गर्भवतीलाई आयोडिन नुन

    टीकापुर नगरपालिका–६ स्थित नारायणपुर स्वास्थ्यचौकीले गर्भजाँच गर्न आउने महिलालाई आयोडिन नुन वितरण गर्ने गरेको छ । स्वास्थ्यचौकीले नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई सात प्याकेट आयोडिनयुक्त नुन उपलब्ध गराउँदै आएको छ । स्वास्थ्य संस्थामा नियमित गर्भजाँचमा आकर्षित गर्न विगत एक वर्षदेखि गर्भवती महिलालाई यसरी आयोडिनयुक्त नुन वितरण गर्ने योजना बनाएको स्वास्थ्यचौकी प्रमुख हिमाल...

  • २०७६ बैशाख २७, शुक्रबार

    यार्सा सङ्कलन गर्न बझाङवासी लेकतिर

    विगत वर्षजस्तै यस वर्ष पनि यार्सा सङ्कलन गर्न लेकतिर जानेको लर्को लागेको छ । सुर्मा, काँडा, मष्टा, छविस पाथीभेरा गाउँपालिका र बुङ्गल नगरपालिकाका स्थानीयवासी अहिले तीन महिनाका लागि लेकतिर यार्सागुम्बा सङ्कलन गर्न जान थालेका छन् । तीन महीना यार्सा सङ्कलन गरेर झण्डै एक वर्ष खान पुग्ने भएपछि स्थानीयवासी सपरिवारसहित यार्सा सङ्कलन गर्न लेकतिर जाने गरेको स्थानीय उमेश बोहराले बताउनुभयो । यहाँका धेरैजसो...

  • २०७६ बैशाख २७, शुक्रबार

    विपत्लाई अवसरको रुपमा प्रयोग  सिईओ ज्ञवाली

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीले प्राधिकरणले विपत्लाई अवसरको रूपमा प्रयोग गरेको बताउनुभएको छ । उहाँले प्राधिकरणले पुनःनिर्माणको कार्यलाई प्राथमिकतामा राखेर सम्पदा क्षेत्रको पुनःनिर्माणलाई जोड दिएको समेत जानकारी दिनुभयो । विश्व सम्पदा क्षेत्र संरक्षण तथा विकास कार्य र पम्परागत सम्पदा बस्ती पुनःनिर्माण कार्यक्रमसम्बन्धी बिहीबार साँझ भक्तपुर नगरपालिकाका...

  • २०७६ बैशाख २७, शुक्रबार

    स्टिङ अपरेशन’ गर्न दिएको घुस रकम हराएपछि

    अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगञ्जले वैशाख २१ गते साँझ नेपालगञ्ज चारबाहिनीस्थित श्री लयर्स च्याम्बरमा छापा मा¥यो । सो क्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका टाइपिस्ट सुब्बा कृष्णकुमार पाठकलाई पक्राउ ग¥यो । मुद्दामा सहजीकरण गरिदिने भन्दै पाठकले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियारको टोलीले उनलाई समातेको थियो । पाठक पक्राउपछि अख्तियारले एक विज्ञप्ति...

  • २०७६ बैशाख २७, शुक्रबार

    विमानस्थलको ‘डिपिआर’ तयार

    बागलुङको ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको बीचमा पर्ने अर्नाकोटमा विमानस्थल निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको अगुवाइमा ‘डिपिआर’ बनाइएको हो । मध्यपहाडी लोकमार्ग र गोरुसिङ्गे, सालझण्डी ढोरपाटन मार्गको सङ्गम रहेको अर्नाकोटमा ट्वीनअटर विमान आउजाउ गर्नसक्ने विमानस्थल निर्माण गर्न प्राधिकरणले जिम्मा दिएपछि ‘रियल पार्र्ट इञ्जिनीयरिङ...

  • २०७६ बैशाख २७, शुक्रबार

    खानेपानीको महसुल ई–सेवाबाट

    भरतपुर खानेपानी व्यवस्थापन बोर्डले अनलाइनमार्फत पनि महसुल बुझाउन सकिने व्यवस्था गरेको छ । बिहीबार यहाँ पत्रकार सम्मेलन आयोजना गरी खानेपानीको महसुल बुझाउन कार्यालय जानु नपर्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो । खानेपानीको महसुल बुझाउन अब ग्राहकले कार्यालयमा धाइरहनुनपर्ने गरी ई–सेवाको शुरुआत गरिएको हो । वैशाख १५ गतेदेखि परीक्षणको रूपमा शुरु गरिएको ई–सेवालाई बिहीबारबाट औपचारिकरूपमा ल्याइएको...

  • २०७६ बैशाख २७, शुक्रबार

    लगनखेल–सातदोबाटो सडक निर्माण सुस्त

    जिल्लाको सबैभन्दा बढी सवारी चाप रहने लगनखेलदेखि सातदोबाटोसम्मको सडक विस्तारको काम २० प्रतिशत मात्रै सकिएको छ । स्थानीयवासीले घर र जग्गाको मुआब्जा माग गरेपछि सडक निर्माणको काममा प्रगति हुननसकेको हो । सर्वोच्च अदालतले सरकारलाई तत्काल विस्तारको काम रोक्न अन्तरिम आदेश दिएपछि काम अघि बढ्न नसकेको काठमाडौँ चक्रपथ सुधार आयोजनाले जनाएको छ । अदालतको अर्को आदेश नआउँदा काममा प्रगति नहुने आयोजनाका प्रवक्ता...

  • २०७६ बैशाख २७, शुक्रबार

    २७ रोपनी गाँजाखेती नष्ट

    जिल्ला प्रहरी कार्यालय बाजुराले ठूलो परिमाणमा गाँजाखेती नष्ट गरेको छ । प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटको निर्देशनमा वैशाख २० गतेदेखि जिल्लाका विभिन्न स्थानमा लगाइएको २७ रोपनी गाँजाखेती नष्ट गरिएको हो ।   एक हप्ताको अवधिमा जिल्ला प्रहरी कार्यालय मार्तडीबाट खटिएको टोलीले बडीमालिका नगरपालिका–१ पाटामा १४ रोपनी, प्रहरी चौकी डोगडीबाट खटिएको टोलीले खप्तड छेडेदह गाउँपालिका–४ डोगडीमा छ रोपनी, प्रहरी...

Pages