-
२०७६ बैशाख २६, बिहिबार
छाला प्रशोधन केन्द्र सञ्चालनमा
सार्की समुदायको पुख्र्यौली पेशालाई जोगाउनका लागि कञ्चनपुर बेदकोट नगरपालिका–४ बैतोडामा छाला प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको छ । विशुद्ध जैविक वस्तुहरुको प्रयोग गरी छाला प्रशोधनको कार्य अगाडि बढाउनका लागि केन्द्र सञ्चालनमा ल्याइएको हो । वन क्षेत्रमा सडेर जाने वनस्पतिका पातपतिङ्गर, चुना र नुनको प्रयोग गरी परम्परागत जैविक विधिबाट छाला प्रशोधनको कार्य भइरहको केन्द्रका सञ्चालक राजुराम भुलले...
-
२०७६ बैशाख २६, बिहिबार
सर्पले डस्दा गाई मरे
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराही गाउँमा चार दिनमा विषालु सर्पले टोक्दा दुई वटा दुधालु गाई मरेकोे छ । आज बिहान करीब १० बजे गाउँकै पूर्वपट्टि रहेको खाली खेतको ठूला फाँटमा घाँस चरिरहेको स्थानीयवासी नरेश साहको गाईलाई विषालु सर्प गोमनले टोक्दा एक छिनमै गाईको ज्यान गएको जनाइएको छ । प्रत्यक्षदर्शी गाई हेरालु र घाँस काट्दै गरेका दर्जनौँ महिला–पुरुषका अनुसार गाई चरिरहेको ठाउँमा अचानक विषालु...
-
२०७६ बैशाख २६, बिहिबार
लुकासको ह्याट्रिक, टोटेनह्याम फाइनलमा प्रवेश
बेलायती फुटबल क्लब टोटेनह्याम हट्सपर युरोपेली फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । इतिहासमा पहिलो पटक फाइनलमा पुगेको टोटेनह्यामलाई फाइनलमा पु¥याउन लुकास मौराले डच टीम आयाक्स विरुद्ध ह्याट्रिक गरेका थिए । सेमिफाइनलको पहिलो लेगमा एक गोलको अग्रता बनाएको आयाक्सले दोस्रो लेगमा पनि शुरुमै दुई गोल गरेर समग्र अग्रता ३–० बनाएको थियो । विजयको नजिक पुगेर फाइनलमा स्थान...
-
२०७६ बैशाख २६, बिहिबार
पाकिस्तानमा बम बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लियो
पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटको जिम्मा हिजबुल अहरर समूहले लिएको छ । उक्त समूह पाकिस्तानी तालिबानबाट फुटेर बनेको हो । सोही समूहले यस विस्फोटको जिम्मा लिएको लाहोरबाट प्राप्त समाचारमा जनाइएको छ । लाहोरको एक मस्जिदमा भएको ऊक्त विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य दुई दर्जनभन्दा बढी व्यक्तिहरू घाइते भएका थिए । यस...
-
२०७६ बैशाख २६, बिहिबार
अफगानिस्तानमा मानवीय सहायताकर्मीमाथि आक्रमण
अफगानिस्तानका सहायताकर्मीमाथि लक्षित गरी आक्रमणहरु हुन थालेपछि मानवीय सहायता समूहहरु चिन्तित भएका छन् । काबुलमा बुधबार तालिबानले नौ जना सहायताकर्मीको हत्या गरेपछि सर्वत्र आलोचना हुन थालेको छ । अफगानिस्तानका अवसरविहीन समुदायका लागि कार्यरत गैरनाफामुलक संस्था काउन्टरपार्ट इन्टरनेसनलको कार्यालय बाहिर बुधबार कारबम बिस्फोट गराइएको थियो । यो संस्था मध्य काबुलका निकै व्यस्त व्यापारिक क्षेत्र नजिकै रहेको...
-
२०७६ बैशाख २६, बिहिबार
भारतको सिक्किम र दार्जिलिङमा पोखराको पर्यटनको चर्चा
दिगो पर्यटनका लागि समान सहभागिता भन्ने उद्देश्यका साथ स्थापित पर्यटन व्यवसायी महिला सङ्घ नेपाल टेवान को टोलीले भारतको सिक्किम, दार्जिलिङलगायत क्षेत्रमा पोखराको पर्यटन प्रवद्र्धनमा साझेदारीका लागि छलफल गरेको छ ।सिक्किम सरकार ग्रामीण व्यवस्थापन र विकास विभागअन्तर्गतको सिक्किम राज्य ग्रामीण विकास संस्थानको आयोजनामा सिक्किममा आयोजित अन्तक्र्रियामा नेपालको भूबनोट, निकटताजस्ता कारण दुवै देशमा...
-
२०७६ बैशाख २६, बिहिबार
रुख कटानीको क्षतिपूर्ति माग
सरकारको एक निकायले अर्को निकायसँग काटिएका रुखको क्षतिपूर्ति माग गरेको छ । डिभिजन वन कार्यालय कैलालीले सडक विभागसँग हालै धनगढी–दिपायल फास्ट ट्रयाक९द्रुत सडक मार्ग० निर्माणका क्रममा काटिएका रुखको नियमानुसार लाग्ने राजश्वबमोजिम क्षतिपूर्ति माग गरेको हो । प्रमुख न्यायधिवक्तासँगको कानूनी परामर्शपछि सडक विभागसँग क्षतिपूर्ति माग गरिएको हालै सरुवा भएर जानुभएका डिभिजन वन कार्यालयका प्रमुख अमर बुलनले...
-
२०७६ बैशाख २६, बिहिबार
अन्यायमा परेकालाई न्याय दिनुपर्छ ः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले न्यायमूर्तिहरुले निष्पक्ष रुपमा अन्यायमा परेकालाई न्याय दिनुपर्ने बताउनुभएको छ । प्रदेश ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा कानून दिवस २०७५ का अवसरमा आज बिहान हेटौँडामा गरिएको कार्यक्रमको उद्घाटन गर्दै उहाँले न्यायाधीश कुनै बेलामा निर्मम बनेर भए पनि न्याय दिनुपर्र्ने बताउनुभयो । अन्यायमा परेकालाई न्याय दिनका लागि कुनै कसर बाँकी राख्न नहुने...
-
२०७६ बैशाख २६, बिहिबार
आलु भण्डारण गृह बन्दै
काठेखोला गाउँपालिका–३ स्थित धम्जा, असौजेमा ‘आलु भण्डारण गृह’ निर्माण गर्न थालिएको छ । यसका लागि गाउँपालिकाले चालू आवमा रु आठ लाख बजेट छुट्टाएको थियो । उक्त बजेटबाट जगमा पर्खाल उठाउने काम भइरहेको निर्माण समितिका अध्यक्ष भविलाल विकले बताउनुभयो । थप बजेट उपलब्ध भए यही वर्ष निर्माण सक्ने लक्ष्य समितिको छ । “अहिलेको बजेटले जग र भुइँतलासम्म ढलान हुन्छ”, अध्यक्ष विकले भन्नुभयो, “गाउँपालिका पनि स्रोत...
-
२०७६ बैशाख २६, बिहिबार
‘अपराधसम्बन्धी समाचारमा मिडिया संवेदनशील बन्नुपर्ने’
महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले मिडिया जघन्य अपराधसम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशील बन्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाले आज यहाँ आयोजना गरेको ‘पत्रकार आचारसंहिता तथा भाषा प्रशिक्षण कार्यक्रम’ को उद्घाटन गर्दै उहाँले अनुसन्धानलाई असर पुग्ने गरेर मिडियाले समाचार सम्प्रेषण गर्न नहुने बताउनुभयो । सरकारी वकिल, नेपाल प्रहरी र पत्रकारबीचमा सुमधुर सम्बन्ध आवश्यक...
-
२०७६ बैशाख २६, बिहिबार
खत्रीको ‘बिचल्ली’
“सुन्नुहोला दिदीबहिनी सुन्नु दाजुभाइ समाजमा भएको घटना भन्छु सबैलाई, मुनाजस्ता बालबच्चा बिचल्लीमा पारी स्वर्ग जस्तो घर भत्काउँदै हिँड्छन् कुनै नारी, मरी मरी दुःख गर्छ परदेशमा पोइले घरमा स्वास्नी बिग्रँदानि भन्दिदैनन् कैले” लोग्ने हिँड्ने कमाउँला भनेर स्वास्नी हिँड्नी रमाउँला भनेर चर्चित लोकगायक विष्णु खत्रीको ‘बिचल्ली’ एल्वमको यो गीत अहिले निकै चर्चामा छ । समाजको यथार्थ चित्रण बोकेको गीतले...
-
२०७६ बैशाख २६, बिहिबार
समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन
प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिले राष्ट्रिय समावेशी आयोगलाई समावेशी आरक्षणको परिणामबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । सिंहदरवारस्थित समितिको कार्यकक्षमा आज बसेको बैठकले समावेशी आरक्षणले लक्ष्यअनुरुपको परिणाम हासिल गरेको छ वा छैन त्यसबारे विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले विभिन्न जातजाति पिछडा वर्ग, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक,...


