STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २६, बिहिबार

    चोरीको मोटरसाइकलसहित एक पक्राउ

    चोरी भएको बा७८प ४८२० नंको मोटरसाइकलसहित प्रहरीले काठमाडौँबाट एक जनालाई आज बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ बसुन्धारा बस्ने दोलखा देउराली गाउँपालिका–८ का २२ वर्षीय मोहनलाल श्रेष्ठ रहेका छन् । उनलाई गोकर्णेश्वरबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले तीन जना सवार उक्त मोटरसाइकल रोकी चेकजाँच...

  • २०७६ बैशाख २६, बिहिबार

    युवाले शुरु गरे सामूहिक तरकारी खेती

    म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पाँच युवाले सामूहिक तरकारी खेती शुरु गरेका छन् । आठ रोपनी जग्गा भाडामा लिएर चार युवाले व्यावसायिक रुपमा तरकारी खेती शुरु गरेका हुन् । गणेश केसी, जगत बानियाँ, कृष्टि बानियाँ, मनोज कार्कीलगायतका युवाले ‘प्रगति स्वरोजगार कृषि उत्पादन केन्द्र’ स्थापना गरेका छन् । उनीहरूले रु १० लाख लगानी गरी शुरु गरेको कृषि उत्पादन केन्द्रमा अहिले गोलभेँडा, काँक्रो, खुर्सानी,...

  • २०७६ बैशाख २६, बिहिबार

    पूर्वप्रधानन्यायाधीश श्रेष्ठ ‘फेल’

    आफँैले ‘कखरा’ सिकेको विद्यामन्दिर माविमा बुधबार प्रमुख अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो, पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठ ।  यसपालि श्रेष्ठ विद्यालय आउनुको उद्देश्य भिन्न थियो । कमैलाई यस्तो सौभाग्य मिल्छ्, जुन उहाँलाई मिल्यो । भूकम्पपछि पुनःनिर्मित भवनको उद्घाटन श्रेष्ठले गर्नुभयो । उद्घाटनपछि  उहाँले भन्नुभयो, “मैले सोचेको थिइनँ, म यो विद्यालयको पूर्वविद्यार्थी मैले नै यसको नयाँ भवन...

  • २०७६ बैशाख २६, बिहिबार

    चिया खेती गर्दै गाउँपालिका

    जिल्लाको काठेखोला गाउँपालिकाका दुई वडामा यसै वर्ष व्यावसायिक चिया खेती शुरु गरिएको छ । गण्डकी प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत काठेखोला गाउँपालिका–७ रेश र वडा नं ३ धम्जाको माथिल्लो भागमा चिया खेती गर्न थालिएको हो ।त्यहाँकोे खुला जमीन उपयोग गरेर चिया खेती गर्ने गाउँपालिकाको योजनाअनुसार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको प्राविधिक समूहले आवश्यक हावापानी,...

  • २०७६ बैशाख २६, बिहिबार

    प्रधानमन्त्री ओली भियतनाममा

    मित्र राष्ट्र  समाजवादी  गणतन्त्र भियतनामको पाँचदिने औपचारिक भ्रमणको सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओली आज भियतनामको राजधानी हनोइ आइपुग्नु भएको छ । प्रधानमन्त्री ओलीलाई नोइ बाइ अन्तरराष्ट्रिय विमानस्थलमा  भियतनामका उपविदेशमन्त्री न्युन क्युक डङ र थाइल्याण्डका लागि नेपाली राजदूत खगनाथ अधिकारीले स्वागत गर्नुभएको थियो ।  भियतनामका प्रधानमन्त्री न्युग्यन सुआन फुकको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली...

  • २०७६ बैशाख २५, बुधबार

    कुस्तीमा सुदूरपश्चिमको सफलता

    दश वर्षदेखि कञ्चनपुरमा करार जागीरमा रहेर कुस्ती खेल प्रशिक्षक रहनुभएका राजेन्द्र चन्द खेलाडी हुँदा पनि छोटो समयमै दक्षता प्रदर्शनमा सफल कहलिएका थिए । विसं २०५२ देखि फुटबल खेलबाट खेलकूदमा प्रदेश गरेका चन्द सात वर्षपछि कुस्ती खेलमा आबद्ध भए ।    विसं २०५८ मा भएको जुनियर राष्ट्रिय फुटबलसमेत खेलेका चन्दले कुनै घटना विशेषले उहाँलाई कुस्तीतर्फ डो¥यायो । विभिन्न चरण पार गर्दै २०५८ सालमै पहिलोपटक नवौँ...

  • २०७६ बैशाख २५, बुधबार

    सडक मर्मतको काम शुरु

    कोटेश्र–कलङ्की सडकमा बालकुमारी, ग्वार्खो, महालक्ष्मीस्थानलगायतका स्थानमा मर्मतको काम शुरु भएको छ । गत पुसमा चीन सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि यहाँको सडकमा मर्मत शुरु भएको काठमाडौँ चक्रपथ सुधार योजनाले जनाएको छ । मर्मत अवधि एक वर्षको हुने योजनाका सूचना अधिकारी इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताउनुभयो । उहाँका अनुसार यी तीन स्थानमा कालोपत्र पग्लने, उप्कनेलगायतका समस्या देखिएकाले...

  • २०७६ बैशाख २५, बुधबार

    विश्वविद्यालय एक महीनादेखि ठप्प

    कृषि तथा वन विज्ञान विश्वविद्यालयको रामपुरमा एक महीनादेखि पठनपाठन ठप्प भएको छ । गत चैत २१ गते विश्वविद्यालयको कृषि सङ्कायका सहायक डिन विष्णु ओझालाई विद्यार्थीले कालोमोसो दली अभद्र व्यवहार गरेपछि विश्वविद्यालय ठप्प भएको हो । विश्वविद्यालयका रजिष्ट्रार मनराज कोलाक्षपतिका अनुसार ओझालाई कालोमोसो दल्ने विद्यार्थीलाई कडा कारवाहीको माग गर्दै प्रजातन्त्रवादी प्राध्यापक सङ्घले आन्दोलन जारी राखेको छ ।...

  • २०७६ बैशाख २५, बुधबार

    २० किलो चामल प्रभावकारी बन्दै

    साविक कर्णालीलगायतका हिमाली जिल्लामा सरकारले दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल हुम्लामा प्रभावकारी बन्दै गएको छ । गत साउनदेखि वैशाख १५ गतेसम्म जन्ममा २५० लाई २० किलोका दरले ५० क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान शाखा हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिनुभयो । मृत्यु भएका १०३ लाई २० किलोका दरले २० क्विन्टल ६० किलो चामाल वितरण भएको खाद्य संस्थान शाखा...

  • २०७६ बैशाख २५, बुधबार

    जमीनमुनिबाट ग्यास निस्कियो

    माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले बताउनुभयो । जमीनमुनि...

  • २०७६ बैशाख २५, बुधबार

    सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

    पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो । मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट्रकमा...

  • २०७६ बैशाख २५, बुधबार

    महागुरु फाल्गुनन्दको शालिक अनावरण

    झापाको खुदुनाबारीमा राष्ट्रिय विभूति फाल्गुनन्द लिङ्देनको शालिक अनावरण गरिएको छ । अर्जुनधारा नगरपालिका–२ र ३ को सीमामा पर्ने खुदुनाबारी चोकमा रु आठ लाखको लागतमा निर्मित शालिकको अनावरण मङ्गलबार किरात धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्रा हाङमा लिङ्देनले गर्नुभएको हो । साढे सात फिट उचाइ र छ फिट गोलाइ रहेको शालिकको जगदेखिको उचाइ १५ फिट रहेको शालिक निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्र...

Pages