STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २५, बुधबार

    गाउँ–गाउँमा कषि सडक, खेतीयोग्य जमीन बाँझै

    चितवनको पहाडी ग्रामीण भेगमा कृषि सडक विस्तारको कामले तीव्रता पाएको छ । ग्रामीण भेगमा पातलो बस्तीका कारण बजार आवतजावत गर्ने मानिसको सङ्ख्या भने कमै हुन्छन् । गाउँमा  सडक पुगे पनि स्थानीयको जीवनस्तर उकास्न र सडकमा नियमित सवारी गुड्नलाई कृषिजन्य वस्तु उत्पादन आवश्यक छ तर गाउँमा खेतीयोग्य जमीन भने बाँझै छन् ।   जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिका–३ ले आर्थिक वर्ष २०७५÷७६ को आवधिक...

  • २०७६ बैशाख २५, बुधबार

    सञ्चालनमा आयो काबेली करिडोर प्रसारण लाइन

    पूर्वाञ्चलको रणनीतिक महत्वको काबेली करिडोर प्रसारण लाइन पूर्ण रुपमा सञ्चालनमा आएको छ । गत शनिबारदेखि परीक्षण गरिएको सो प्रसारण लाइन मङ्गलबार साँझदेखि व्यावसायिक रुपमा नै सञ्चालनमा आएको छ । कूल १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन आयोजनाको दोस्रो खण्ड सञ्चालनमा आएपछि सो करिडोरमा निर्माणाधिन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा ल्याउन सहज हुने भएको छ । इलामको गोदकदेखि...

  • २०७६ बैशाख २५, बुधबार

    आलेख ः बगरमै लटरम्म खरबुजा

    कुनै बेला राप्ती नदीको कटानले स्थानीय बासिन्दाको  घरजग्गालाई बगर बनाइदिएको यो ठाउँमा अहिले हरियाली छाएको छ । यहाँका किसानहरुका पौरखका कारण हरियाली मात्र हैन, बगरमै लटरम्म खरबुजा नै फलेका छन् । बगर खेतीबाटै आत्मनिर्भर बन्ने प्रयासमा रहेका उनीहरुमा अहिले ठूलो जोश र जाँगर छ । त्यही खेतीबाट उनीहरु आज लखपति बनेका छन् ।  लमही नगरपालिका वडा नं ४, बलरामपुर भएर बग्ने राप्ती नदीको बगर हो यो । बलरामपुरको...

  • २०७६ बैशाख २५, बुधबार

    ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    पाँचथरको कुम्मायक गाउँपालिका–२, माङजाबुङमा मङ्गलबार राति भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँचथर फालेलुङ–५, प्राङबुङका १८ वर्षीय रोशन थाम्सुहाङ रहेको प्रहरीले जनाएको छ ।  दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई फिदिमस्थित जिल्ला अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा परी ट्र्याक्टरका चालक याङवरक–३, ओयामका २१ वर्षीय सन्तोष मगर र सह–चालक फिदिम–९...

  • २०७६ बैशाख २५, बुधबार

    शिक्षक भर्ती सेवा आयोगबाट मात्रै मन्त्री पोखरेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाको लागि शिक्षक दरबन्दी अपुग भएको स्थितिमा केन्द्र सरकारले आवश्यक निर्णय लिने तयारी गरेको र नयाँ शिक्षक भर्ती केन्द्र...

  • २०७६ बैशाख २५, बुधबार

    कास्कीमा पच्चीस हजार लिटर दूध भित्रिँदै

    कास्कीमा मागअनुरुपको दूध उत्पादन हुन नसक्दा अन्यत्रबाट रु तीस लाख मूल्य बराबरको दैनिक पच्चीस हजार लिटरको हाराहारीमा दूध भित्रिने गरेको छ । यस जिल्लामा वार्षिक ७५ हजार १९८ मेट्रिकटन दूध उत्पादन हुने गरेको छ । उपभोक्ताको मागलाई सो उत्पादनले पूर्ति नभएपछि उक्त परिमाणमा दूध भित्रिने गरेको हो ।   दूधको माग सबैभन्दा बढी पर्यटकीय नगरी पोखरामा छ । गण्डकी प्रदेशको राजधानी पोखराको जनघनत्वमा बृद्धि हुनुका...

  • २०७६ बैशाख २५, बुधबार

    चार गाउँमा पानीको सङ्कट

    गोठभरि गाईभैंसी, करेसामा तरकारी, घरभरि बालबच्चा । गोठका गाईभैंसीलाई कम्तीमा दिनभरिमा दुई पटक पानी खुवाउनु पर्ने । करेसाबारीका तरकारी आकाशे पानीकै भरमा । आकाशबाट पानी नपरे सुख्खा याममा यसै मरेर सकिन्थे । बालबच्चाको नुवाइधुवाइका लागि सधैं पानीको अभाव । खानेपानीसमेत नभएका यहाँका चार गाउँका सर्वसाधारणलाई निकै दुःख थियो । बागलुङ नगरपालिका–६ मा पर्ने भिरलांखुरी, सानोलंगाउँ, सल्ले फुर्का, खाड लगायतका...

  • २०७६ बैशाख २५, बुधबार

    यस कारण उद्धार गर्नुप¥यो बालबालिका

    कर्णाली क्षेत्रका ४७ बालबालिकालाई एक वर्षअघि नै कालीकोटका जयबहादुर विकले निश्चित शुल्कमा जिम्मा लिएर पठनपाठनका लागि भन्दै काठमाडौँको गल्फुटारस्थित न्यू कर्णाली एजुकेशन होस्टलमा राखेका थिए । तीनजना सञ्चालककै आफन्त भए पनि ४४ बालबालिका विभिन्न क्षेत्रका थिए । अभिभावकसँग विवाद भएपछि यसअघि २४ बालबालिकालाई अभिभावकले फिर्ता लगेको बताइए पनि यकिन जानकारी नआएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...

  • २०७६ बैशाख २५, बुधबार

    बसपार्क र सवारी साधन व्यवस्थापनमा चुनौती

    सडक सञ्जालसँग जोडिँदै गएको नेपालगञ्जमा ट्राफिक नियमको पालन र व्यवस्थित बसपार्क नहुँदा यात्रुले सास्ती भोग्नुपरेको छ । नेपालगञ्जदेखि नेपालका अधिकांश प्रमुख शहरमा सवारी साधन छुट्छन् । जिल्लाका सबै ठाउँलाई जोड्ने सडक पनि धमाधम बनिरहेका छन् तर नेपालगञ्जमा निर्माणाधीन ठूलो बसपार्क निर्माणमा भएको ढिलाइ र स–साना बसपार्क पनि भद्रगोलकै अवस्थामा भएकाले यात्रुले हैरानी भोग्नुपरिरहेको हो ।  नेपालगञ्ज बजार...

  • २०७६ बैशाख २५, बुधबार

    पन्ध्र हजार चालकलाई प्रशिक्षण

    ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि १४ हजार ८४३ चालकलार्ई प्रशिक्षण दिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधार तथा प्रदूषण नियन्त्रणका लागि गरेको तीन महीने कार्ययोजनाअन्तर्गत १४ हजार ८४३ मोटरसाइकल तथा स्कुटर चालकलाई प्रशिक्षण दिएको हो । महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जयराज सापकोटाले उपत्यकाको ट्राफिक सुधारका लागि महाशाखाले विभिन्न निकायसँग मिलेर काम...

  • २०७६ बैशाख २५, बुधबार

    आगोले पोलिएका बालकको उपचारमा समस्या

    दुर्गम हिमाली जिल्ला हुम्लामा जटिल बिरामीलाई उपचारमा उपकरण नहुँदा जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको छ । हुम्लाको सर्केगाड गाउँपालिका–८ राहदेव गाउँ निवासी मल्ल रोकायाका पाँच महीनाको नाबालक छोरा आगोमा परी दुबै खुट्टा पोलिएको छ । उपचारको लागि जिल्ला अस्पताल सिमकोटमा ल्याइएपनि जिल्लामा उपचार सम्भव नभएपछि जिल्ला बाहिर पठाइएको जिल्ला अस्पतालका मानबहादुर रोकायाले जानकारी दिनुभयो । आगोमा खसेका...

  • २०७६ बैशाख २५, बुधबार

    अमेरिकी विदेशमन्त्री पोम्पेओ इराक भ्रमणमा

    अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ मङ्गलबार अचानक इराकको राजधानी बग्दाद पुग्नु भएको छ । इराक र सिरियामा रहेका अमेरिकी फौज इरानी सैन्यबलको उच्च जोखिममा रहेको भन्ने समाचार बाहिरिए लगत्तै पोम्पेओ इराक पुग्नु भएको हो । विदेशमन्त्री पोम्पेओले भ्रमणको उद्देश्य इराकी नेतृत्वसँग भेटेर इरानविरुद्ध दबाव दिने रहेको जनाइएको छ । पोम्पेओले छिमेकी मुलुक इरानको प्रभावबाट मुक्त गरी सार्वभौम इराकलाई अमेरिकाको...

Pages