STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २५, बुधबार

    एक गाउँ एक प्राविधिकलाई उपकरण

    गण्डकी प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘एक गाउँ एक पशु सेवा प्राविधिक’ लाई सेवा सञ्चालनका लागि उपकरण प्रदान गरेको छ । पशुपालक कृषकको घरदैलोमा पुगेर सेवा दिने उद्देश्यले मन्त्रालयले तनहुँ र नवलपुरका पशु सेवा प्राविधिकलाई विभिन्न उपकरण प्रदान गरेको हो । पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखराले मङ्गलबार दमौलीमा एक कार्यक्रमको आयोजना गरी ३४ पशु सेवा प्राविधिकलाई विभिन्न सात उपकरण...

  • २०७६ बैशाख २५, बुधबार

    आइचरबाट खस्दा एककोे मृत्यु

    सिन्धुपाल्चोकको मेलम्चीबाट नवलपुर जाँदै गरेको आइचर ट्रकबाट खस्दा एकको ज्यान गएको छ । मङ्गबार साँझ मेलम्चीबाट नवलपुर जाने क्रममा बा४ख ७०१८ नंको आइचर ट्रक दुर्घटना हुँदा इन्द्रावती–४ का ६४ वर्षीय शुरबहादुर तामाङको ज्यान गएको हो । आइचरको पछाडि बसेर जन्तीबाट घर फर्कने क्रममा खसेर तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिनुभयो ।...

  • २०७६ बैशाख २५, बुधबार

    विस्थापन हँुदै बाँस निगालाको डोको

    तालावाङ रोल्पाकी ५० वर्षीया लालमती बुढा विगत १० वर्षदेखि सदरमुकाम लिवाङमा ज्यालामजदुरी गर्छिन् । रोजगारीमा भारत गएका श्रीमान्को उतै मृत्यु भएपछि लालमती दुई छोरा एक छोरी लिएर सदरमुकाम लिवाङ आएकी हुन् । लिवाङ आएयता ज्याला मजदुरीबाट जीविका चलाउँदै आएकी छिन् । भैँसीको छालाबाट बनेको डोको बोकेर काम गर्न जान्छिन् र बेलुका त्यही डोको लिएर फर्किन्छन् । बाँस निगालाबाट बनेको डोको पाँच÷छ दिन पनि नटिक्ने...

  • २०७६ बैशाख २५, बुधबार

    अवैध ढुङ्गा उत्खननले चुरे दोहन बढ्यो

    बाँकेको राप्तीसोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुङ्गा उत्खनन भइरहेको छ । मण्डपवा सामुदायिक वनक्षेत्रको चुरे पहाडबाट लामो समयदेखि ढुङ्गा उत्खनन गर्दै राप्ती नदीमा निर्माण भइरहेको तटबन्धका लागि पु¥याउने गरिएको छ । अन्यत्रबाट ल्याउँदा ढुवानी खर्च बढी लाग्ने भएकाले ठेकेदारले वन उपभोक्ता समिति, जनप्रतिनिधि र स्थानीय प्रशासनसँगको मिलेमतोमा अवैध ढुङ्गा प्रयोग गरिरहेको...

  • २०७६ बैशाख २५, बुधबार

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    तौलिहवा मर्यादपुर सडकखण्डको डङ्गरीमा मोटरसाइकल दुर्घटनामा परी गए राती सोही मोटरसाइकलका चालकको मृत्यु भएको छ । लु३प ५००१ नंको मोटरसाइकल रोकिराखेको लु१ख ९५५२ नंको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–१ का २८ वर्षीय विजेन्द्र धोवीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक देवेन्द्र पाण्डेले बताउनुभयो । ट्रकचालक एकबहादुर अधिकारी क्षेत्री र ट्रक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको...

  • २०७६ बैशाख २५, बुधबार

    देवघाटमा १६ कुटीको पुनःनिर्माण

    विनाशकारी भूकम्पले भत्किएका देवघाटका १६ कुटीको पुनःनिर्माण गरिएको छ । ५२ कुटीमध्ये १६ कुटी पुनःनिर्माण गरी हस्तान्तरण गरिएको हो । भवनको मङ्गलबार राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी सदस्य डा चन्द्रबहादुर श्रेष्ठले गलेश्वर आश्रमका पीठाधीश १००८ स्वामी आत्मानन्द गिरीलाई हस्तान्तरण गर्नुभएको छ । निर्धारित समयभन्दा केही दिन अगाडि नै कुटी निर्माण सम्पन्न गरिएको हो । राष्ट्रिय पुनःनिर्माण...

  • २०७६ बैशाख २५, बुधबार

    बालश्रम र विवाह न्यूनीकरण गर्न सचेत बन्दै नागरिक

    बालविवाह न्यूनीकरण तथा बालश्रम अन्त्य गर्न दाङको तुलसीपुर उपमहानगरपालिकाले थालेको अभियान प्रभावकारी बन्दै गएको छ । तुलसीपुर उपमहानगरपालिकालाई बालमैत्री नगर निर्माणका लागि अभियानको थालनीपछि बालविवाह तथा बालश्रममा न्यूनीकरण आएको पाइएको छ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख माया आचार्य, महिला तथा बालबालिका शाखा संयोजक नवराज लामिछाने, महिला शाखा प्रमुख माया श्रेष्ठलगायतको टोलीले अनुगमन गर्दा यस्तो...

  • २०७६ बैशाख २५, बुधबार

    माइक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु

    पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा माइक्रोको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । काठमाडाँैबाट पोखरा जाँदै गरेको बा२ख ५०३९ नंको माइक्रोको ठक्करबाट घाइते भएका बन्दीपुर गाउँपालिका–५ याम्पाका ८२ वर्षीय ठूले थापामगरको उपचारको क्रममा गए राति काठमाडौँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सोमबार बन्दीपुर गाउँपालिका–५ याम्पाफाँटमा माइक्रोको ठक्करबाट सडकछेउ हिँडिरहेका मगर...

  • २०७६ बैशाख २५, बुधबार

    बीसौँ राष्ट्रिय पुरुष खुला कराँते वैशाख २७ देखि

    बीसौँ राष्ट्रिय पुरुष खुला तथा १३ औँ राष्ट्रिय महिला तौल समूह फुलकन्टयाक्ट कराँते प्रतियोगिता यही वैशाख २७ र २८ गते हुने भएको छ । नेपाल क्योकुसिन कराँते डो सङ्घको आयोजनामा हुने दुई दिने प्रतियोगिता त्रिपुरेश्वरस्थित मिनी कभर्ड हलमा सञ्चालन गर्ने प्रतियोगिता आयोजक समितिका संयोजक पुष्प मानन्धरले जानकारी दिनुभयो । प्रतियोगितामा सातवटै प्रदेशबाट गरी पुरुषतर्फ ८५ र महिलातर्फ ३८ खेलाडीले प्रतिस्पर्धा...

  • २०७६ बैशाख २५, बुधबार

    अमेरिकी सैनिकको मृत्यु भएको पेन्टागनको भनाई

    अफगानिस्तानमा तैनाथ मेरिकी सेनाका एक सदस्यको मृत्यु भएको अमेरिकी रक्षा मन्त्रालयले मङ्गलबार पुष्टी गरेको छ । अमेरिकी रक्षा विभागद्वारा जारी विज्ञप्तिमा अफगानिस्तानको नान्गारहार प्रान्तमा सोमबार दुर्घटनामा परेर ती सैनिकको मृत्यु भएको जनाइएको छ । उनी अफगानी सेनाको मद्दतका लागि तैनाथ सैनिक टुकडीमा कार्यरत थिए । पेन्टागनले उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको जनाएको छ । अफगानिस्तानमा संयुक्तराज्य...

  • २०७६ बैशाख २५, बुधबार

    पाकिस्तानमा बम बिस्फोट, चार जनाको मृत्यु

    पाकिस्तानको सबैभन्दा पुरानो तथा सर्वाधिक लोकप्रिय सुफी मस्जिदमा बुधबार भएको शक्तिशाली बिस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै १५ जना घाइते भएका छन् । प्रहरीले बम बिस्फोटको अनुसन्धान शुरु गरिसकेको जनाएको छ । मस्जिदभित्र महिलाहरु प्रवेश गर्ने मूलद्वार नजिकै बिस्फोट भएको छ । यही मस्जिदमा सन् २०१० मा पनि आक्रमण भएको थियो । उक्त आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको थियो । इस्लामिक लडाकूहरुले...

  • २०७६ बैशाख २५, बुधबार

    मेक्सिकोमा जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टी

    मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् । अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताउनुभयो । उहाँले मृत्यु भएका व्यक्तिमध्ये सात जनाकोे...

Pages