-
२०७६ बैशाख २२, आइतबार
अनाथ बालबालिकाका सारथी समाजसेवी थापा
असहाय बालबालिकालाई सदरमुकाम चरिकोटका एक व्यवसायीले स्कूल ब्याग सहयोग गरेका छन् । जिल्लाको गौरीशङ्कर बालगृहमा रहेका २९ बालबालिकालाई चरिकोटका व्यवसायी सनत थापाले शनिबार बालगृह पुगेर रु ३२ हजार बराबरको स्कूल ब्याग, मिठाइ र खानेकुरा बाँडेका हुन् । थापाले भीमेश्वर नगरपालिका–५ मा रहेको बालगृहका बालबालिकालाई आफ्नो परिवारका तर्फबाट वर्षेनी सहयोग गर्दै आएको केन्द्र प्रमुख सुरज विष्टले बताउनुभयो ।...
-
२०७६ बैशाख २२, आइतबार
तीनसय बढी महिलाको पाठेघर उपचार
कैलालीको जानकी गाउँपालिकाको गौलौरीमा शनिबार आयोजित निःशुल्क पाठेघर जाँच शिविरमा ३४२ ले सेवा लिएका छन् । सेवा लिएकामध्ये तीनको पाठेघरको शल्यक्रिया गर्नुपर्ने, पाँचको पाठेघरमा रिङ राख्नुपर्ने, पाँचको बाझोपन, २३ अविवाहित महिलामा महीनावारीको गढबढी देखिएकाले थप उपचारका लागि नेपालगञ्ज सिफारिश गरिएको छ । यी महिलाको निःशुल्क उपचारको व्यवस्थासमेत गरिएको मुनुवा स्वास्थ्यचौकीका प्रमुख बिर्ख विष्टले जानकारी...
-
२०७६ बैशाख २२, आइतबार
सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउन २६ बुँदे प्रतिबद्धता
स्याङ्जाको वालिङ नगरपालिकालाई सुशासनसहितको ‘स्मार्ट सिटी’ बनाउनका लागि २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको छ । वालिङ नगर कार्यपालिकाको आयोजनामा स्थानीय सरकार सञ्चालन तथा नेतृत्व विकाससम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रमको समापनसँगै २६ बुँदे प्रतिबद्धता व्यक्त गरिएको हो । सर्वोच्च अदालतका पूर्वरजिष्ट्रार तथा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहालले सहजीकरण गर्नुभएको अभिमुखीकरणमा नगर...
-
२०७६ बैशाख २२, आइतबार
मौसमी रोगका बिरामी बढे
जाडो सकिएसँगै गर्मीयाम लागेपछि जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा विभिन्न मौसमी रोगका बिरामी बढेका छन् । झाडापखाला, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, आउँ र हैजाजस्ता रोग देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी कुलबहादुर रावलले बताउनुभयो । अहिले स्थानीयवासिन्दा दिनहुँजसो ज्वरो आउने, रुघाखोकी लाग्ने, कडा टाउको दुख्नेजस्ता लक्षण लिएर उपचारमा पुग्ने गरेका छन् । एकसातादेखि मौसमी रोगका...
-
२०७६ बैशाख २२, आइतबार
गाउँपालिकाद्वारा खसभाषाको पाठ्यपुस्तक छपाइ शुरु
जुम्लाको तातोपानी गाउँपालिकाले १ देखि ३ कक्षासम्मको पाठ्यपुस्तकको छपाइ कार्य शुरु गरेको छ । स्थानीय खसभाषामा तयार पारेको पाठ्यपुस्तकको छपाई कार्य सुरु गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिनुभयो । छपाइको कार्य शुरु भएकाले जेठ पहिलो हप्ताबाट पढाइ शुरु गर्ने योजना गाउँपालिकाले बनाएको छ । तातोपानी गाउँपालिकामा रहेको ऐतिहासिक, धार्मिक र स्थानीय भाषाशैली समावेश भएको पाठ्यपुस्तक छपाइको...
-
२०७६ बैशाख २२, आइतबार
निर्माणाधीन पोखरीमा डुबेर किशोरको मृत्यु
झापाको मेचीनगर नगरपालिका– ९ मा निर्माणाधीन पोखरीमा डुबेर १५ वर्षीय प्रनिल प्रसार्इंको मृत्यु भएको छ । मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नंं १ ले पर्यटन प्रवद्र्धनका लागि बनाउँदै गरेको पोखरीमा पौडी खेल्ने क्रममा उनको शनिबार दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । छ साथीसँग पौडी खेल्न पोखरीमा पसेका प्रसार्इं बाहिर ननिस्किएपछि साथीहरुले घरमा आएर आफ्ना अभिभावकलाई...
-
२०७६ बैशाख २२, आइतबार
पाँच लाखको लुटपाट
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–१० सारीगाउँमा आज बिहान चोरहरुको एक समूहले एक घरपरिवारका सदस्यलाई नियन्त्रणमा लिएर रु पाँच लाख बढीको लुटपाट गरेको छ । जिल्लाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार आज बिहान करीब साढे १ बजेतिर जलेश्वर नपा–१० सारीगाउँ बस्ने नवीन ठाकुरको घरमा चार÷पाँच जनाको समूहमा आएका चोरले रु पाँच लाख ६९ हजार बराबरको सुनचाँदीका गरगहना र नगद लुटेर लगेका छन् । उहाँका अनुसार मुखमा...
-
२०७६ बैशाख २२, आइतबार
बाख्राको मासु खाँदा एकै गाउँका १५ बिरामी
जिल्लाको आदर्श गाउँपालिका–१ भेलगडाका स्थानीयवासीले बाख्राको मासु खाँदा सो गाउँका १५ बिरामी परेका छन् । सायल गाउँपालिकाका स्थानीय तथा नेकपाका नेता तेजबहादुर डुम्रेलले दिनुभएको जानकारीअनुसार गाउँमा शनिबार स्थानीयवासीले बाख्रा काटेर मासु खाँदा दुई वर्षीया बालक देखि ४० वर्षसम्मका स्थानीयवासी एकाएक बिरामी परेका हुन् । बाख्राको मासु खाएर बिरामी परेकामध्ये १२ लाई दिपायलको पिपल्लास्थित शैलेश्वरी...
-
२०७६ बैशाख २२, आइतबार
काबेली कोरिडोर विद्युत् लाइनको परीक्षण प्रशारण
पूर्वी पहाडमा निर्माणाधीन काबेली कोरिडोर १३२ केभी प्रशारण लाइन आयोजना निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । ९०।०२१ किलोमिटर लामो कोरिडोरको दोस्रो खण्डमा शनिबारबाट परीक्षण प्रशारण शुरु गरिएको छ । मुआब्जा वितरण, रुख कटानीलगायतका समस्याका कारण लामो समय अवरोध भएको कोरिडोरको इलाम–फिदिम खण्ड निर्माण पूरा भई शनिबारबाट परीक्षण प्रसारण शुरु गरिएको हो । ४२।८८ किलोमिटर लामो यस खण्डमा सोमबारबाट लाइन चार्ज...
-
२०७६ बैशाख २२, आइतबार
शिक्षक अभावमा विद्यालय बन्द हुने अवस्थामा
तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित छ सामुदायिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको छ । आँबुखैरेनी गाउँपालिका–२ को इच्छाकामना प्राथमिक विद्यालय, छिम्केश्वरी प्राथमिक विद्यालय, वडा नं ४ को रुद्रदेवी प्राथमिक विद्यालय, इन्द्रादेवी प्राथमिक विद्यालय, वडा नं ६ को मिलन प्राथमिक विद्यालय र कृष्ण प्राथमिक विद्यालय शिक्षक अभावमा बन्द हुने अवस्थामा पुगेको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख...
-
२०७६ बैशाख २२, आइतबार
परम्परागत संस्कृति मासिदै
धार्मिक समारोह तथा उत्सवमा गाइने भजन, विवाहमा दुलही लिन जन्ती गएपछि दुलाहाको घरमा भेला भएर महिलाले गाउने रत्यौलीलगायतका नृत्य म्याग्दीमा हराउँदै जान थालेका छन् । प्राचीनकालदेखि नै निरन्तरता पाइरहेका यस्ता संस्कृतिका ठाउँमा आयातित संस्कृतिको बर्चस्व स्थापित हुँदा मौलिक पहिचान, ठेट नेपाली शब्द र पुख्र्यौली जीवन संस्कृति पनि लोप हुँदै गएकामा स्थानीय सरोकारवाला भने चिन्तित बनेका छन् । बेनी नगरपालिका–...
-
२०७६ बैशाख २२, आइतबार
नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको महत्वपूर्ण भूमिका
कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले नेपाललाई विश्वमा चिनाउन खेल क्षेत्रको ठूलो भूमिका रहेको बताउनुभएको छ । नमूना युवा क्लब भैरवस्थान सुर्खेतद्वारा आज यहाँ आयोजित कर्णाली प्रदेशको सबैभन्दा ठूलो राशिको ब्याडमिन्टन खेल प्रतियोगिताको उद्घाटन गर्दै सामाजिक विकासमन्त्री रावलले खेल क्षेत्रको महत्वपूर्ण योगदानले नेपाल र नेपालीको स्वाभिमान उचालिएको बताउनुभयो । “स्वस्थ नागरिक उत्पादन गर्न...


