-
२०७६ बैशाख २२, आइतबार
महिला वडाध्यक्षहरु सुशासनमा अब्बल
झापाका महिला वडाध्यक्षहरुले सुशासन र विकास निर्माणका प्रशंसनीय कार्य गरेका छन् । कार्यसम्पादनको क्रममा महिला भएकै कारण पुरुषबाट विभेद व्यहोर्नुपरेको उहाँहरुको गुनासो पनि छ । पन्ध्र स्थानीय तह भएको झापामा १३१ वडा एकाइमध्ये वडाध्यक्ष पदमा तीन मात्र महिला छन् । भद्रपुरको वडा नं ३ मा कमला थुलुङ, विर्तामोडको वडा नं ९ मा पवित्रा पाठक र हल्दिबारीको वडा नं ३ मा रोशनी शिवाकोटी वडाध्यक्ष हुनुहुन्छ । “...
-
२०७६ बैशाख २२, आइतबार
जलयात्रा व्यवसाय सङ्कटमा
त्रिशूली नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खननले गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेको छ । नदीभित्रै मेसिन प्रयोग गरेर ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्दा जलयात्रा व्यवसाय सङ्कटमा परेका हुन् । लामो समदेखि जलयात्रा व्यवसाय गर्दै आउनुभएका एडभेन्चर रिभर ट्रेलका कमल ठकुरीले नदीमा जथाभावी नदीजन्य पदार्थ उत्खनन र नदीमा फोहर फ्याँक्ने गरेका कारण जलयात्रा व्यवसाय सङ्कटमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “...
-
२०७६ बैशाख २२, आइतबार
नीति तथा कार्यक्रममा छलफल हुँदै
सङ्घीय संसद्को प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ हुँदैछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले यही वैशाख २० गते शुक्रबार राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लिखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गर्न प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । आजको कार्यसूचीअनुसार...
-
२०७६ बैशाख २२, आइतबार
सफ्टवेयरबाटै स्वास्थ्य सेवा
जिल्लाको बागलुङ नगरपालिका –१४ स्थित नारायणस्थान स्वास्थ्यचौकी व्यवस्थापन समितिले जनताको स्वस्थ्य अवस्था जानकारी लिनका लागि सफ्टवेयर प्रविधि प्रयोगमा ल्याएको छ । सफ्टवेयर प्रविधिले नारायणस्थानका चार हजार ७०० कोे व्यक्तिगत स्वास्थ्य अवस्थाबारे तथ्याङ्क राख्न सहयोग पुगेको नारायणस्थान स्वास्थ्यचौकीले जनाएको छ । रु ८० हजारको लागतमा निर्माण गरिएको सफ्टवेयरका लागि बागलुङ नगरपालिकाले रु ४० हजार र वडा...
-
२०७६ बैशाख २२, आइतबार
सुरक्षा कारबाहीमा ५२ लडाकू मारिए
अफगानिस्तानमा प्रायः अशान्त भई रहने पूर्वी प्रान्त घाज्नी तालिबान लडाकूविरुद्ध सुरक्षा अधिकारीहरुले गरेको कारबाहीको क्रममा कम्तीमा ५२ लडाकू मारिएका छन् । स्थानीय दुई नेतासहित ५२ लडाकू मारिएका रक्षा मन्त्रालयले आइतबार जनाएको छ । “अहिले सम्मको विवरण अनुसार ५२ भन्दा बढी आतङ्कवादीहरु मारिएका छन्, अफगानी सेनाको तीन ओटा टोलीले गरेको पछिल्ला सुरक्षा कारबाहीमा उनीहरु मारिएका हुन्,” मन्त्रालयद्धारा जारी...
-
२०७६ बैशाख २२, आइतबार
मानवअधिकारको अवस्था सोचेजस्तो सुधार भएन
देशमा राजनीतिक र सामाजिक अवस्था फेरिए पनि मानवअधिकारको अवस्थामा भने सोचेजस्तो सुधार हुननसकेकोमा सरोकारवालाले चिन्ता व्यक्त गर्न थालेका छन् । छुवाछुत, विभेद, राजनीति र सामाजिक क्षेत्रमा फेरिएर आइरहेको टिप्पणी मानवअधिकारको क्षेत्रमा काम गर्नेहरुको तहमा शुरु भएको छ । राजनीतिक अधिकारसमेत संविधानले तोकेअनुसार नपाएर महिला, दलित, अपाङ्गता र सीमान्तकृत पीडित भइरहेको अधिकारकर्मीको भनाइ छ । फरक÷फरक दलको...
-
२०७६ बैशाख २२, आइतबार
सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा
गोरखा सिरानचोक गाउँपालिका–७ स्थित आरुबोटेमा क्होला सामुदायिक घरबास ‘होमस्टे’ सञ्चालनमा आएको छ । आरुबोटेमा रहेका ३१ घरपरिवार मिलेर व्यावसायिक रुपमा शनिबारदेखि होमस्टे सञ्चालन शुरु गरिएकोे होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनमाया गुरुङले जानकारी दिनुभयो । स्थानीयस्तरमा उत्पादन हुने खाद्यान्नको प्रवद्र्धन गर्दै त्यहाँका कलासंस्कृति र पहिचानसमेतको प्रचार–प्रसारका लागि होमस्टे सञ्चालनमा ल्याइएको उहाँले...
-
२०७६ बैशाख २२, आइतबार
फानी आँधीबाट बंगलादेशमा १२ जनाको मृत्यु
बङ्गलादेशको तटीय इलाकामा फानी नाम दिइएको आँधीका कारण आइतबारसम्म १२ जनाको मृत्यु भएको छ । यस आँधीको कारण भारतको उडिसामा १२ लाख, बङ्गलादेशमा १६ लाख व्यक्ति शरणार्थी स्थलमा पुगेका छन् । बङ्गलादेशमा कम्तीमा ३६ ओटा गाउँमा बाढी आएको सो बाढीका परी २ हजार भन्दा बढी घरहरु ध्वस्त भएको एएफपी समाचार समिति जानकारी दिएको छ । छ व्यक्तिको रुस र पर्खालहरु ढलेर मृत्यु भएको छ भने, अन्य छ जनाको चट्याङको कारण मृत्यु...
-
२०७६ बैशाख २२, आइतबार
नीति तथा कार्यक्रममाथि संशोधन पेश
प्रतिनिधिसभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र सांसद प्रेम सुवालले संशोधन पेश गर्नुभएको छ । नेपाली काङ्ग्रेसका २३ जना सांसदका तर्फबाट सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारको नीति तथा कार्यक्रममा नेपालको संविधानको भावना विपरीत लेखिएको ‘मेरो सरकार’ लाई ‘नेपाल सरकार’ भनी संशोधन गर्नुपर्ने माग गर्नुभयो । “नेपालको...
-
२०७६ बैशाख २२, आइतबार
लागुऔषध ब्राउनसुगरसहित तीन पक्राउ
बाह्र ग्राम लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मधुवन नगरपालिका–४ का दिनेशकुमार बोहोरा, पुष्कर शाही र सुशील भारती रहेका छन् । तीनै जनालाई इलाका प्रहरी कार्यालय सानोश्रीको टोलीले मधुवन नगरपालिका–५ मा रहेको श्रीकृष्ण सामुदायिक वन नजिकबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक मदनजीत महराले पक्राउ परेकाको साथबाट...
-
२०७६ बैशाख २२, आइतबार
पञ्चैबाजा संरक्षणमा रामपुरका युवा
गाउँघरमा पहिलेदेखि नै चलनचल्तीमा आएका पञ्चैबाजा पछिल्लो समय लोप हुँदै जान थालेपछि रामपुरका युवा संरक्षण अभियानमा जुटेका छन् । रामपुर नगरपालिका– ३ चनौलीस्थित लाङ्घाली सामुदायिक समाज सुधार केन्द्र संस्था गठन गरेर स्थानीय युवा पञ्चैबाजा संरक्षणमा जुटेका हुन् । विसं २०७४ मा प्रतिव्यक्ति रू पाँच सङ्कलन गरेर दश युवाले यो अभियान शुरु गरेका थिए । शुरुमा रू७० हजारको आठ थान बाजा खरीद गरेर गाउँमा पञ्चैबाजा...
-
२०७६ बैशाख २२, आइतबार
मातृभूमि चुलोप्रति बढ्दो आकर्षण
पाल्पाको तिनाउ गाउँपालिकाको पर्यटकीय क्षेत्र सत्यवतीमा मातृभूमि चुलोप्रति आकर्षण बढेको छ । समयको बचत, दाउराको कम प्रयोग, धुवाँ र धुलो कम उत्पादन हुँदा भान्सामा काम गर्ने महिला तथा पुरुषको स्वास्थ्यमा असर नगर्ने भएपछि स्थानीय बासिन्दा मातृभूमि चलोको प्रयोगप्रति आकर्षित बनेका हुन् । स्थानीयवासी दिलमाया थापाले मातृभूमि चुलोको प्रयोग खाना पकाउन सजिलो हुने बताउनुभयो । भान्सामा खाना पकाउन थालेर अन्य...


