-
२०७६ बैशाख २२, आइतबार
पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री
बाबा फाउण्डेशन नेपालले यस वर्ष सामुदायिक विद्यालयका करीब पाँच सय गरीब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । ‘वातावरणमैत्री र बालमैत्रीका लागि बाबा फाउण्डेशनको अभियान’ भन्ने नाराका साथ यस शैक्षिक वर्षको शुरुमा नै गण्डकी प्रदेशअन्तर्गत पोखरा महानगरपालिकासहित कास्की र अन्य जिल्लामा उक्त सहयोग उपलब्ध गराउन लागिएको हो । फाउण्डेशनले पोखरा महानगरपालिकाभित्रका ३३ वटै वडामा...
-
२०७६ बैशाख २२, आइतबार
क्षमता भए पनि बजार नभएको कैदीको गुनासो
जिल्ला कारागार पाँचथरका कैदी सुरेन योङ्या बाँसका आकर्षक सामग्री बनाउनुहुन्छ । उहाँले सजावटका सामग्री बाँसको फुल, चरा, बासको घर, कपडा राख्ने ¥याक, मुडालगायत थुप्रै सामग्री तयार पार्नुहुन्छ । योङ्याले बनाइएका सामग्रीले भने बजार नपाउँदा भने सामग्री बनाउन नै छाड्नुभएको छ । उहाँ भन्नुहुन्छ– “सुरु–सुरुमा धेरै सामग्री बनाइयो बिक्री समेत भएन् । सामग्री बनाएर मात्र के गर्नु बिक्री नै नभएपछि अहिले कसैले...
-
२०७६ बैशाख २२, आइतबार
गैससलाई नियमन गर्छौँ ः मन्त्री बाँस्कोटा
नेपाल सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले नेपालको सार्वभौमिकसत्ता खलबल्याउने गतिविधि हुन थालेकाले गैरसरकारी संस्थालाई नियमन गर्न लागिएको बताउनुभएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री बाँस्कोटाले काभ्रेपलाञ्चोकस्थित गैरसरकारी संस्था महासङ्घ नेपालको १६औँ वार्षिक साधारणसभा तथा ८औँ जिल्ला अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै केही गैससका गतिविधिले नेपालको सार्वभौममाथि खतरा पर्ने देखिएपछि नियमन...
-
२०७६ बैशाख २२, आइतबार
पक्की घर बनाउँदै राउटे
कुनै बेला जङ्गलमा झुपडी बनाएर जीवन निर्वाह गर्दै आएका लोपोन्मुख राउटे समुदायका नागरिक समाजमा घुलमिल भएसँगै सुविधातर्फ पनि ध्यान दिन थालेका छन् । भीमदत्तनगरपालिका–९ मटेनास्थित बैजनाथ सामुदायिक वनको खाली जमीनमा टहरा बनाएर बस्दै आएका फुना राउटेले दुई कोठे पक्की घर बनिरहेको भन्दै खुशी व्यक्त गर्नुभयो । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टको सांसद विकास...
-
२०७६ बैशाख २२, आइतबार
सिकलसेलका तीन बिरामी
पूर्वको नवलपरासीदेखि पश्चिम कैलालीसम्म तराईको थारु समुदायमा मात्रै देखिने सिकलसेल एनिमिया वाणगङ्गा नगरपलिकामा तीनजना बिरामी फेला परेका छन् । कपिलवस्तुको वाणगङ्गा नगरपलिकामा थारु समुदायको जनसङ्ख्या बढी छ । कुल जनसङ्ख्याको करीब ४५ प्रतिशत थारु समुदायको बसोवास रहेको नगरपालिकाको धनकौली, बोर्डगाउँ र चम्कीपुरमा एक÷एकजना गरी तीनजना सिकलसेल एनिमियाबाट मृत्यु भएको नगरपलिकाको स्वास्थ्य शाखा प्रमुख कृष्ण...
-
२०७६ बैशाख २२, आइतबार
धनगढी विमानस्थलमा हवाई सेवा बन्द
सुदूरपश्चिम प्रदेशमा दैनिक काठमाडौँ धनगढीको हवाई सेवाको सुविधा भएको एक मात्र धनगढी विमानस्थलमा आजबाट उडान सेवा बन्द गरिएको छ । विमानस्थलको धावनमार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम गर्नुपर्ने भएकाले आजबाट एक महीनाका लागि बन्द गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बताउनुभयो । एक हजार ८०० मिटर लामो र ३० मिटर चौडा धावनमार्गमध्ये आठ सय मिटर धावनमार्ग पूर्णरुपमा...
-
२०७६ बैशाख २२, आइतबार
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा गम्भीरताका साथ लाग्न निर्देशन
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीरताका साथ आवश्यक तयारी गर्न सम्बन्धित तहमा निर्देशन दिएको छ । प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि केन्द्र, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिएको हो । सोका लागि सबै सुरक्षा निकायलाई तम्तयारी...
-
२०७६ बैशाख २२, आइतबार
शेयर बजार ः दोहोरो अङ्कले घट्यो
पछिल्ला दिनमा शेयर बजार लगातार ओरालो लागेको छ । साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १६।७१ बिन्दुले घटेर एक हजार २७७।६८ बिन्दुमा झरेको छ । ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३।६८ बिन्दुले घटेर २७३।९६ बिन्दुमा ओर्लिएको छ । नेप्से परिसूचक मात्रै होइन, कारोवार रकम समेत घटेको छ । कूल १७५...
-
२०७६ बैशाख २२, आइतबार
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण
नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम वस्तुनिष्ठ भएको तर त्यसको कार्यान्वयन चुनौतीपूर्ण रहेको सांसदहरूले बताएका छन् । प्रतिनिधिसभामा आजदेखि शुरु भएको छलफलमा उनीहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका विकास–निर्माणका आयोजना तथा सरकारका लक्ष्य सराहनीय भए पनि कार्यान्वयनपक्ष चुनौतीपूर्ण हुने बताउनुभयो । सत्तारूढ दलका सांसद अग्निप्रसाद सापकोटाले त्यसको समर्थन गर्दै नेपाली मौलिकता कायम...
-
२०७६ बैशाख २२, आइतबार
काङ्ग्रेसले संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
नेपाली काङ्ग्रेसले प्रतिनिधि र राष्ट्रियसभामा रहेका पार्टीका सांसदका लागि संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आज बसेको बैठकले केन्द्रदेखि प्रदेशसम्मका सांसदलाई संवाद र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । पार्टीका उपसभापति एवं प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बसेको बैठकले वैशाख २५...
-
२०७६ बैशाख २२, आइतबार
थप हवाई आक्रमण गर्न नेतान्याहुको आदेश
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आइतबार गाजा पट्टिका आतङ्ककारीलक्षित थप हवाई आक्रमण गर्न सेनालाई आदेश दिनु भएको छ । गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ । गाजा पट्टिमा रहेका आतङ्ककारी तत्व भीषण रुपमा हवाई आक्रमण गर्नको लागि नेतान्याहुले मन्त्री मण्डलको छलफलको शुरुमा नै बताउनु भएको छ । शनिबारबाट गाजातर्फबाट हमास समूहले ४ सय ५० भन्दा...
-
२०७६ बैशाख २२, आइतबार
प्रहरी मुख्यालयमै तालिबान लडाकूको आक्रमण
हतियारधारी लडाकूहरुले अफगानिस्तानको प्रहरी मुख्यालयमा आक्रमण गरेका छन् । तालिबान लडाकूहरुले अफगानिस्तानको उत्तरी बाघ्लान प्रदेशमा पर्ने पुल ए खुम्री शहरमा रहेको प्रहरी मुख्यालयमा आइतबार आक्रमण गरेका हुन् । प्रहरी अधिकारीहरुले अहिलेसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त नभएको जनाएका टोलो समाचार समितिले उल्लेख गरेको छ । उनीहरुले आक्रमणको भने पुिष्ट गरेका छन् । आक्रमणकारीहरुले प्रहरी मुख्यालयनजिकै...


