STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २३, सोमबार

    अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र

    जिल्लाको शिखर नगरपालिकाले आफ्नो नगरपालिकाभित्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आजदेखि परिचयपत्र वितरण गर्न शुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई विभिन्न किसिमका सहुलियत दिने उद्देश्यका साथ नगरपालिकाले आफ्नो नगरमा भएका अपाङ्गता भएका सबै व्यक्तिलाई परिचयपत्र दिन शुरु गरेको नगरप्रमुख सीताराम जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क शिक्षा, स्वास्थ्य, नगर...

  • २०७६ बैशाख २३, सोमबार

    ललितपुरका सडकको पाँच वर्षमा पनि प्रगति न्यून

    चापागाउँका नीरज तामाङ घरबाट सातदोबाटो पुग्दासम्म धुलाम्मे हुनुहुन्छ । सडक विस्तारका लागि सडक खनेपनि थप काम हुन नसक्दा उहाँ धुलाम्मे हुने गर्नुभएको छ । लगनखेलस्थित एउटा सहकारी संस्थामा कार्यरत उहाँ धुलोकै कारण बाहिरबाट थप एक जोर लुगा लगाउने गरेको बताउनुहुन्छ ।  झण्डै चार वर्ष अघि सडक विस्तार शुरु भए पनि सम्पन्न हुन नसक्दा तामाङजस्तै धेरै नगरवासी हैरान छन् । जिल्लाका विभिन्न स्थानका गरेर पाँच सडक...

  • २०७६ बैशाख २३, सोमबार

    गर्मीसँगै आँखा पाक्ने रोग 

    जिल्लामा पछिल्लो समय गर्मी बढैसँगै आँखा पाक्ने रोग फैलिएको छ । शुरु शुरुमा आँखा चिलाउने तथा पछि गएर आँखा रातो हुने र आँखाबाट पानी बग्ने यसको प्रमुख लक्षण भएको शैलेस्वरी अस्पताल जिल्ला अस्पताल डोटीका डा भुषण मिश्रले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीसँगै दूषीत हावापानीका कारण यो रोग सर्छ, दिउँसो घाममा हिड्दा चस्मा प्रयोग गरौँ ।” अस्पतालका अनुसार गर्मीका कारण आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्ने...

  • २०७६ बैशाख २३, सोमबार

    रोगाी बाख्राको मासुले मानिस बिरामी भएको ठहर

    आदर्श गाउँपालिका वडा नं १ मेलगडामा गत शनिबार बाख्राको मासु खाँदा बिरामी पर्नाको कारण रोगी बाख्रा भएको चिकित्सकले जनाएका छन् । शनिबार गाउँमो बाख्रा काटेर मासु खाँदा दुई वर्षीयादेखि ४० वर्षीयसम्मका बिरामी परेका थिए । काटिएको बाख्रामा रोग भएका कारण पूरै गाउँले बिरामी परेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका तथा चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो । “स्थानीयवासीले खाएको बाख्रामा केही...

  • २०७६ बैशाख २३, सोमबार

    अन्त्येष्टि गर्न लाग्दा श्वास फेरेपछि अस्पताल ल्याइयो

    एक शिशुको मृत्यु भएको भनी दाहसंस्कार गर्न देवघाट लगेर पुर्नका लागि खाल्डोमा राख्दा श्वासप्रश्वास गरेको देखेर फर्काई पुनः अस्पताल ल्याइएको छ । चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको चिकित्सकले जनाएकाले परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी एक...

  • २०७६ बैशाख २३, सोमबार

    दाइजो नदिँदा हत्या गरिएको आशङ्का

    गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ ।नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् ।  नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गर्नुभएको हो। भारत नारापारा घर भई...

  • २०७६ बैशाख २३, सोमबार

    ऊर्जा क्षेत्र ः कुराभन्दा काम बढी

    नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ । त्यसले देश बन्दैछ र नयाँ केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ ।  एकाध मान्छेले सकारात्मक सोच मात्रै राख्ने हो भने पनि देशमा केही न केही परिवर्तन हुन्छ भन्ने तथ्य पनि...

  • २०७६ बैशाख २३, सोमबार

    गुणस्तरीय शिक्षामा  राष्ट्रपतिको जोड

    राष्ट्रपति विद्यादेवी भण्डारीले गुणस्तरीय शिक्षा आज आजको आवश्यकता रहेको बताउनुभएको छ ।  बागलुङ नगरपालिका–१२ बलेवा, अमलाचौरस्थित पृथ्वीहिरण्य माध्यमिक विद्यालयको नवनिर्मित सुविधा सपन्न भवनको हस्तान्तरण समारोहमा राष्ट्रपति भण्डारीले राज्यलाई पछि योगदान दिने विद्यार्थीलाई आज गुणस्तरीय शिक्षा प्रदान गर्नु सरकारको दायित्व भएकामा जोड दिनुभयो । राष्ट्रपतिले भन्नुभयो, “अभिभावक र विद्यार्थीबीचको...

  • २०७६ बैशाख २३, सोमबार

    बु्रमर सञ्चालनमा समस्या

    काठमाडौँ महानगरपालिकाको सडकमा विगत एक महिनादेखि बु्रमर सञ्चालन हुँदै आएको छ तर सडकको धुलो नियन्त्रणमा आउन सकेको छैन । काठमाडौँ उपत्यकामा प्रायः सधैं जस्तो पानी परेकाले बु्रमरले नियमित रुपमा सडक सफा गर्न नसक्दा जनअपेक्षा अनुसार धुलो कम हुन नसकेको काठमाडौँ महानगरपालिका वातावरण विभागले जनाएको छ । “एकातिर पानी परिरहेको छ भने अर्कातिर पानीका कारण हुने हिलो माटो यातायातका सधनसँग आउने हुँदा पनि समस्या...

  • २०७६ बैशाख २३, सोमबार

    राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल शुरु

    राष्ट्रियसभामा सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले “राष्ट्रपतिबाट यही वैशाख २० गते सङ्घीय संसद्को दुबै सदनको संयुक्त बैठकमा गरिएको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०७६÷७७ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्” भनी...

  • २०७६ बैशाख २३, सोमबार

    गणतन्त्र दिवस तीन दिन मनाइने

    प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन गरिएको छ । गृह मन्त्रालयमा आज बसेको  बैठकले आगामी जेठ १५ गते गणतन्त्र दिवस मनाउने सिलसिलामा जेठ १४ देखि १६ गतेसम्म  विविध कार्यक्रम गरी देशभित्र र देशबाहिर नेपाली नियोगमा दिवस मनाउने निर्णय गरेको छ ।   प्रधानमन्त्रीको अध्यक्षतामा गठित समितिमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष,...

  • २०७६ बैशाख २३, सोमबार

    राजतन्त्रको माग गर्नु आपराधिक काम हो ः प्रम

    प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस घरघर र  परिवार परिवारमा मनाउनुपर्ने बताउनुभएको छ ।  गृह मन्त्रालयमा आज गणतन्त्र दिवस मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले गणतन्त्र दिवस मनाउने जनताले हेर्ने मात्रै नभई जनताको सहभागितामै  मनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “यो दिन परिवारभित्रै पनि उत्सवका रुपमा मनाउनुपर्छ । केही नभए घरका बच्चालाई यो दिवसको अवसर पारेर...

Pages