STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २२, आइतबार

    ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ ः मन्त्री रावल

    कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले ‘माक्र्सवाद गतिशील समाज विज्ञान’ भएको बताउनुभएको छ । काल माक्र्सको २०१ औँ जन्मदिनको अवसरमा कर्णाली खोज, अनुसन्धान तथा अध्ययन केन्द्रद्वारा आज यहाँ आयोजित विचार गोष्ठीमा उहाँले माक्र्सवादले मानव चिन्तनको उज्ज्वल र प्रगतिशील परम्परालाई आत्मसात् गरेको बताउनुभयो ।  मन्त्री रावलले माक्र्सवादका प्रतिपादक तथा वैज्ञानिक साम्यवादका सिद्धान्तकार कार्ल...

  • २०७६ बैशाख २२, आइतबार

    ख्वपद्वारा छात्रवृत्ति प्रदान

    भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज तथा शारदा क्याम्पसले स्नातक तह पहिलो र दोस्रो वर्ष, बिबिएम पहिलो सेमेष्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेष्टरमा अध्ययनरत गरीब तथा जेहेन्दार ८० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।  आज कलेजमा आयोजना गरेको छात्रवृत्ति वितरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले सो छात्रवृत्ति वितरण गर्नुभएको हो । ...

  • २०७६ बैशाख २२, आइतबार

    ५६ हजारले लिए राष्ट्रिय परिचयपत्र

    पाँचथरबाट शुरु भएको राष्ट्रिय परिचयपत्र वितरणमा हालसम्म ५५ हजार ९१५ पाँचथरवासी नेपाली नागरिक समेटिएका छन् । गत असार ५ गतेबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गर्न थालिएकामा मङ्सिर ३ गतेदेखि सो परिचयपत्र वितरण गर्न थालिएको थियो । हालसम्मम ५५ हजार ९१५ ले उक्त परिचयपत्र लिइसकेका र करीब १९ हजार परिचयपत्र छपाइ भइसकेको जनाइएको छ । एक लाख १० हजार जिल्लावासी नेपाली नागरिकलाई उक्त परिचयपत्र वितरण...

  • २०७६ बैशाख २०, शुक्रबार

    उदयपुरका धेरै होटल, पसल करको दायरामा आएनन्

    गाईघाट, २० वैशाख रासस  उदयपुर जिल्लाको सदरमुकाम गाईघाटलगायत त्रियुगा नगरपालिका क्षेत्र, चौदण्डी नगरपालिकाको बेल्टारबजार तथा कटारी नगरपालिकाको कटारी बजार क्षेत्रमा अझै पनि अधिकांश होटल तथा पसल करको दायरमा आउन नसकी अवैधरूपमा सञ्चालन हुँदै आएका छन् । त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अनुसार गाईघाट तथा त्रियुगा नगरपालिका क्षेत्रमा मात्र अहिले दुई हजार ५०० भन्दा बढी खुद्रा पसल तथा होटल सञ्चालनमा...

  • २०७६ बैशाख २०, शुक्रबार

    मुद्दा मिलाउन उपप्रमुखहरुलाई भ्याइनभ्याई

    झापाका गाउँपालिका र नगरपालिकाका उपप्रमुखको अधिकांश समय न्यायिक समितिमा आउने मुद्दा मिलाउनमै बित्ने गरेको छ । संविधानले नै स्थानीय तहका उपप्रमुखलाई प्रारम्भिक तहका मुद्दा छिनोफानो गर्ने गरी न्यायिक समितिको संयोजकको अधिकार दिएकाले अधिकांश विवाद सिधै समितिमा आउन थालेको छ । समितिले छलफल र मेलमिलापको माध्यमबाट विवाद समाधान गर्दै आएको छ । आदिवासी जनजाति बाहुल्य भएको बाह्रदशी गाउँपालिकाकी उपप्रमुख रत्ना...

  • २०७६ बैशाख २०, शुक्रबार

    कर्णाली पहिलो आधार प्राङ्गारिक कृषि  मन्त्री केसी

    कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले कर्णाली प्रदेशको पहिलो आधार प्राङ्गारिक कृषि भएको बताउनुभएको छ । सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले कृषि बजार व्यवस्थापन समितिको भवनको उद्घाटन कार्य क्रममा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीसमेत रहनुभएका केसीले प्राङ्गारिक कृषिका माध्यमबाट कर्णालीको गरीबी अन्त्य गरिने बताउनुभयो । प्रदेश सरकारले आगामी आवदेखि प्रदेशका गरीब किसानको जीवनस्तर माथि...

  • २०७६ बैशाख २०, शुक्रबार

    प्रदेश नं ५ सरकार बजेट निर्माणमा व्यस्त

    प्रदेश नं ५ सरकार आवधिक योजना निर्माण र बजेट छलफलमा जुटेको छ । प्रदेश योजना आयोगले प्रमुख आयोजना र कार्यक्रमको ढाँचा तयार गरेपछि प्रदेशसभा सदस्य छलफलमा जुटेका हुन् । आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले ल्याउन लागेको बजेटअघि आवधिक योजना, वार्षिक कार्यक्रम र बजेटको छलफलमा सरकार जुटेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा बुटवलमा बिहीबारदेखि शुरु भएको आवधिक योजना, बजेट तथा वार्षिक...

  • २०७६ बैशाख २०, शुक्रबार

    स्याङ्जा र कास्कीका संस्था स्वास्थ्य बीमामा आबद्ध

    स्वास्थ्य बीमा कार्यक्रमसँग कास्की र स्याङ्जा जिल्लाका विभिन्न छ सेवा प्रदायक संस्था आबद्ध भएका छन् । स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक अस्पतालका लागि आयोजित स्वास्थ्य बीमा व्यवस्थापन सूचना प्रणाली विषयक तीनदिने तालीमको समापनका अवसरमा कास्कीको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, नयाँबजारसहितका संस्था सम्झौता गरी स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भएका हुन् । त्यस्तै स्याङ्जा जिल्लाअन्तर्गतका...

  • २०७६ बैशाख २०, शुक्रबार

    सन्दर्भ  विश्व प्रेस स्वतन्त्रता दिवस, साहसिक पत्रकारहरुप्रति सम्मान व्यक्त गर्ने दिन

    सन् १९९३ देखि मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिएको छ । संयुक्त राष्ट्रसङ्घको साधारणसभाले निर्णय गरेर आह्वान गरेअनुसार यो दिवस हरेक सदस्य राष्ट्रमा मनाउने प्रचलन शुरु भएको हो । यो वर्ष राष्ट्रसङ्घकै आयोजनामा इथियोपियाको राजधानी आदिस अबावामा विशेष सम्मेलन भइरहेको छ । यो किन पनि महत्वपूर्ण छ भने सन् १९९१ मा अर्को अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको सम्मेलनले...

  • २०७६ बैशाख २०, शुक्रबार

    निस्दीका कृषकले सामूहिक सूर्यमुखी खेती गर्दै

    रामपुर, २० वैशाख रासस पाल्पाको निस्दी गाउँपालिकामा सामूहिक सूर्यमुखी खेती थालिएको छ । निस्दी गाउँपालिका–४ मित्याल मुढावासका किसानले परम्परागतरूपमा लगाउँदै आएको मकैखेती छाडेर सूर्यमुखी फूलको खेती गर्न थालेका हुन् । निस्दी गाउँपालिका कृषि शाखाको अनुदान र कृषकको मेहनतमा बुढावासका करीब ४५ कृषकले १७२ रोपनी भिरालो जग्गामा सूर्यमुखी लगाएको कृषक हर्षबहादुर सुनारीले बताउनुभयो । जिल्ला कृषि विकास...

  • २०७६ बैशाख २०, शुक्रबार

    राष्ट्रिय वन क्षेत्र प्रयोग गर्ने अनुमति

    पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न पाउने अनुमति प्राप्त भएको छ । मन्त्रिपरिषद्को मङ्गलबार सम्पन्न बैठकले गरेका विभिन्न नौ निर्णयमध्ये दरबाङ–म्याग्दीखोला जलविद्युत् आयोजनालाई आयोजना निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा...

  • २०७६ बैशाख २०, शुक्रबार

    खानेपानीका लागि बस्ती सार्दै स्थानीय

    डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट करीब एक घण्टाको दूरीमा खोप्चेपानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहँुदा उनीहरु बस्ती नै सार्न थालेका हुन् । झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी...

Pages