-
२०७६ बैशाख २३, सोमबार
भारतमा सोमबार पाँचौं चरणको चुनाव
भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान हुने कार्यक्रम छ । यस चरणमा उत्तर प्रदेशबाट...
-
२०७६ बैशाख २३, सोमबार
आज साँझबाट सीमा नाका सञ्चालन हुने
भारतको उत्तर प्रदेशमा हुने निर्वाचनका कारण तीन दिनअघि बन्द गरिएको बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको जमुनहा नाका आज साँझ ६ बजेदेखि खुल्ने भएको छ । तीन दिनअघि वैशाख २१ गते साँझ ६ बजेदेखि नाका बन्द हुँदा नेपालगञ्जको जमुनाहबाट रुपैडिहा हुँदै भारततर्फ जाने सर्वसाधारण, मालबाहक सवारीका साधन अहिले सीमा क्षेत्रमै थन्किएका छन् । भारतबाट औषधि उपचारका लागि गएका र रोजगारीबाट फर्किएका नेपालीलाई पैदल...
-
२०७६ बैशाख २३, सोमबार
प्रअमाथि कुटपिटमा संलग्न दुई जना पक्राउ
म्याग्दीको धौलागिरि गाउँपालिका–५ मल्कवाङको भेडिखाल्टामा जातीय विभेदका आधारमा प्रधानाध्यापकमाथि कुटपिट गर्ने दुई जना पक्राउ परेका छन् । जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रघुगङ्गा गाउँपालिका–८ का ४२ वर्षीय रेशबहादुर विश्वकर्मालाई जातीय विभेद गर्दै कुटपिट गर्ने स्थानीय बलबहादुर रोका र जीतेन्द्र जुग्जालीलाई प्रहरीले पक्राउ गरेको हो । आइतबार पक्राउ परेका रोका र जुग्जालीलाई जिल्ला अदालतबाट...
-
२०७६ बैशाख २३, सोमबार
अज्ञात रोगले गाउँले धमाधम बिरामी
जुम्लामा अज्ञात रोगका कारण तातोपानी गाउँपालिका–७ सर्मीका स्थानीय धमाधम बिरामी पर्न थालेका छन् । पहिचान नभएको रोगबाट सिङ्गो गाउँनै प्रभावित भएको जनता सेवक आधारभूत विद्यालय काटिया सर्मीका शिक्षक हेमराज कुँवरले बताउनुभयो । प्रत्येक घरमा बिरामी खाली नभएको उहाँले बताउनुभयो । रोग पहिचान नभए पनि प्रत्येक बिरामीलाई शुरुमा ज्वरो आउने, रिङ्गटा लाग्ने, वाकवाकी लाग्ने, खाना नरुच्नेजस्ता लक्षण देखिएको...
-
२०७६ बैशाख २३, सोमबार
कालीगण्डकी करिडोर स्तरोन्नति तीव्र गतिमा
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर, बागलुङ खण्डको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । दश मिटर चौडासहित सडक स्तरोन्नतिको काम गत माघमा शुरु भएको थियो । पहिलो चरणमा मालढुङ्गादेखि बलेवा विमानस्थलसम्मको दश किमि सडक चौडा पार्न लागिएको हो । आउँदो असारभित्र स्तरोन्नतिको काम सकिने नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलले जनाएको छ । “युद्धस्तरमा काम भइरहेको छ” कार्यदलका...
-
२०७६ बैशाख २३, सोमबार
व्यावसायिक ज्ञान आर्जन गर्दै सामुदायिक विद्यालय
विद्यार्थीलाई बाहिर निस्कन नदिई एउटा हातमा पुस्तक अनि अर्को हातमा लौरो बोकेर कक्षा प्रवेश गरी सुगालाई रटाएझैँ गरी पुस्तकका पानापाना विद्यार्थीलाई कण्ठ पार्न लगाएर शिक्षण गर्ने पद्धति पुरानो भइसकेको छ । अहिले शिक्षणमा नयाँनयाँ विधि र प्रविधिहरु भित्रिइसकेका छन् र तिनै विधि प्रविधिलाई आत्मसात् गर्दै गैँडाकोटमा रहेको एकमात्र सहकारी विद्यालय विजय सामुदायिक शिक्षा सदन अगाडि बढिरहेको छ । ...
-
२०७६ बैशाख २३, सोमबार
सडक सुरक्षा सप्ताह शुरु
सडक दुर्घटना न्यूनीकरणका लागि चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले आजदेखि सडक सुरक्षा सप्ताह २०७६ शुरु गरेको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उक्त सप्ताह शुभारम्भ गर्दै यसबाट सडक दुर्घटना न्यूनीकरण र सडक व्यवस्थापनमा टेवा पुग्ने बताउनुभयोे । जिल्लामा सवारी साधनको बढ्दो चापसँगै दुर्घटना पनि बढेको हो भन्दै उहाँले चापलाई व्यवस्थापन गर्न सक्नु पनि महत्वपूर्ण हुने उल्लेख गर्नुभयो ।...
-
२०७६ बैशाख २३, सोमबार
चितवन मेडिकल कलेजले मृगौला प्रत्यारोपण गर्ने
चितवन मेडिकल कलेजमा मिर्गौला प्रत्यारोपण हुने भएको छ । अङ्ग प्रत्यारोपण समन्वय समितिको बैठकले कलेजलाई प्रत्यारोपणको अनुमति दिएको हो । मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपानेले आउँदो एक महीना भित्रमा प्रत्यारोपण थालिने बताउनुभयो । सो अस्पतालमा हाल एकसय बिरामीले मिर्गौलाको डायलासिस गराउँदै आएका छन् । उहाँका अनुसार प्रत्यारोपणका लागि विज्ञ चिकित्सक समूह तयार छ भने...
-
२०७६ बैशाख २३, सोमबार
करबृद्धि गर्ने ट्रम्पको चेतावनीपछि एसियाली शेयर बजार खस्कियो
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को सातादेखि लागू हुनेगरी २०० अर्ब अमेरिकी डलर बराबरका चिनियाँ सामानमा करबृद्धि गर्ने चेतावनी दिएसँगै सोमबार एसियाली शेयर बजारमा ठूलो गिरावट आएको छ । विश्व अर्थतन्त्रका पहिलो र दोस्रो स्थानमा रहेका संयुक्तराज्य अमेरिका र चीनबीच जारी व्यापारिक तनाबलाई मत्थर बनाउन र नयाँ व्यापार सम्झौता गर्न केही महिनादेखि जारी वार्ता दुबै पक्षबाट “सकारात्मक” रहेको बताइए पनि...
-
२०७६ बैशाख २३, सोमबार
उत्तरी फिलिपिन्समा ५।८ म्याग्नीच्युडको भूकम्प
फिलिपिन्सको उत्तरी प्रान्त इलाकोस नोर्टेमा सोमबार ५।८ म्याग्नीच्युडको भूकम्प गएको ज्वालामुखी तथा भूगर्भ विज्ञान विभागले जनाएको छ । स्थानीय समयानुसार सोमबार बिहान १०ः४८ मा आएको यस भूकम्पको केन्द्रबिन्दु इलाकोस् नोर्टे प्रान्तको पगुदपुद शहरबाट करिब ११ किलोमिटर उत्तरपश्चिममा ८ किलोमिटर गहिराईमा रहेको छ । यस भूकम्पको कम्पन वरपरको कैयांै शहरहरुमा महसुस गरिएको छ । यस भूकम्पका कारण जनधनको क्षतिको कुनै...
-
२०७६ बैशाख २३, सोमबार
रमजान पर्व मङ्गलबारदेखि
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान मङ्गलबारदेखि शुरु हुने भएको छ । एक महीनासम्म चल्ने यो पर्वमा मुुसलमान दिनमा निराहार बस्छन् । रोजा बस्न मुसलमानले बिहान ३।४३ बजेबाट बेलुका ६।३६ बजेसम्म निराहार बस्नुलाई रोजा भनिन्छ । रमजान उर्दू क्यालेण्डरअनुसार हिजरी संवत् १४४० हो भने रमजान महीना नवौँ महीना हो । रमजान महीनामा मुसलमानको सबै भन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महीनामा अल्लाहको...
-
२०७६ बैशाख २३, सोमबार
पनामाको राष्ट्रपतिमा कोर्टिजो निर्वाचित
मध्य अमेरिकी राष्ट्र पनामाका पूर्वमन्त्री लरेन्टिनो कोर्टिजो राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पनामाको निर्वाचन ट्रिब्यूनलले राष्ट्रपति पदका दुई उम्मेदवारबीच झिनो मतान्तर रहेकाले अन्तिम चुनावी परिणाम घोषणा गर्न बाँकी रहेको जनाएको छ । सोसल डेमोक्राट पार्टीका कोर्टिजोले संवाददाताहरुसँग कुरा गर्दै चुनावी परिणामबाट आफू निकै खुशी रहेको बताउनुभयो । उहाँले मुलुकको विकासका लागि सबै पक्षको सकारात्मक...


