STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २३, सोमबार

    नीति तथा कार्यक्रम छरपष्ट र अमूर्त छ ः प्रतिपक्ष

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का सांसद कृष्णभक्त पोखरेलले ‘सुखी नेपाली, समृद्ध नेपाल ’को संकल्पलाई साकार तुल्याउन वस्तुनिष्ट र ठोस ढङ्गबाट नीति तथा कार्यक्रम आएको बताउनुभयो ।  प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले प्रत्येक कार्यक्रम समयावधि तोकेर सम्पन्न गर्ने योजनासहित आएका छन् भन्नुभयो । प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका...

  • २०७६ बैशाख २३, सोमबार

    बाँदर आतङ्कले गाउँ खाली हुँदै

    बाँदर आतङ्कले यहाँको एक गाउँका बासिन्दा विस्थापित हुँदै गएका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– १० डुबिण्डाँडाका बासिन्दा घर छोडेर अन्यत्रै बसाइँसराइ जाने क्रम बढ्दै गएको हो । बाँदरको आतङ्कका कारण डुबिण्डाँडाजस्तै यो वडाका अन्य गाउँका बासिन्दा पनि घरबार छोडेर बसाइसराइ गर्ने क्रममा छन् भने त्यहीँ बस्दै आएका स्थानीयवासीले पनि खेतबारी बाँझै राख्न थालेका छन् । सरकारले जमीन बाँझो नराख्ने नीति तथा...

  • २०७६ बैशाख २३, सोमबार

    राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य

    स्वतन्त्र पत्रकार सङ्घ नेपाल कास्की शाखाको सातौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको आज यहाँ उद्घाटन कार्यक्रममा आम नागरिक र राष्ट्रका लागि स्वतन्त्र प्रेस अपरिहार्य भएकोमा जोड दिइएको छ । विभिन्न रुपमा स्वतन्त्र प्रेसमाथि आक्रमण भइरहेको बताउँदै कार्यक्रमका वक्ताले पाइला पाइलामा बढ्दै गएको दण्डहिनता एवं सामाजिक विकृति विसङ्गतिको अन्त्यका लागि पत्रकारिता क्षेत्र बलियो बन्नुपर्ने धारणा राखे ।...

  • २०७६ बैशाख २३, सोमबार

    अमेरिकाले मध्यपूर्वमा नौसैनिक पठायो

    संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा एउटा बिमान बाहक जहाज र एउटा बमबर्षक टोली पठाउन लागेको जनाएको छ । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एक विज्ञप्तिमा इरानलाई स्पष्ट सन्देश दिन चाहेको बताउनुभएको छ । बोल्टनले अमेरिकी केन्द्रीय कमान्डलाई मद्दत गर्न युएसएस अब्राहम लिन्कन क्यारिअर स्ट्राइक ग्रुप र एउटा बमबर्षक टास्क फोर्स पठाउन लागिएको जनाउनुभएको छ । उहाँले इरानका कारण अमेरिकी सेना,...

  • २०७६ बैशाख २३, सोमबार

    सामुदायिक विद्यालयमा विद्यार्थीको चाप

    पश्चिम नवलपरासीको ग्रामीण क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा पछिल्लो पटक विद्यार्थीको आकर्षण बढ्दै गएको पाइएको छ । स्थानीय तहले शैक्षिक गुणस्तर सुधारलाई  प्राथमिकतामा राखेर काम अघि बढाएपछि सामुदायिक विद्यालयप्रति विद्यार्थीको मोह एकाएक बढेको हो । जिल्लाको शैक्षिक अवस्था पछि परेको मानिएको सरावल गाउँपालिकाअन्तर्गतका सामुदायिक विद्यालय अहिले त्यस क्षेत्रको विद्यार्थीको रोजाइमा परेको छ ।    ...

  • २०७६ बैशाख २३, सोमबार

    काङ्ग्रेसले सच्यायो परिपत्र, महिलावक्ता अनिवार्य गर्न निर्देशन

    नेपाली काङ्ग्रेसले जागरण अभियान अन्तर्गत आसन र भाषणमा महिलाको सहभागिता प्रायः शून्य रहनेगरी गरेको यसअघिको परिपत्र सच्याएको छ । पार्टी सभापति शेरबहादुर देउवाले जारी गरेको पछिल्लो परिपत्रमा जागरण अभियान अन्तर्गतका हरेक कार्यक्रममा महिलावक्ता अनिवार्य गर्न निर्देशन दिइएको छ । काङ्ग्रेस महासमिति सदस्य निमा गिरी नेतृत्वको महिलाको टोलीले पार्टीका शीर्ष नेता तथा पदाधिकारीलाई ध्यानाकर्षणपत्र बुझाउँदै...

  • २०७६ बैशाख २३, सोमबार

    एक वर्षमा सयको उद्धार

    सडक बालबालिका र महिलाको उद्धारमा सक्रिय मानवकल्याण समाज भक्तपुरले एक वर्षमा एक सय जनाभन्दा बढीको उद्धार गरेको छ । संस्था स्थापनाको प्रथम वार्षिक कार्यक्रम अन्तर्गत समाजले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा समाजका अध्यक्ष सुमित्रा चौलागाईंले भक्तपुरलाई सडक मानवमुक्त बनाउने उद्देश्यले संस्था सञ्चालन गरेको एक वर्षमा एक सय भन्दा बढीको उद्धार गरेको जानकारी दिनुभयो । समाजले अशक्त, अनाथ, मानसिक...

  • २०७६ बैशाख २३, सोमबार

    इजरायली र प्यालेस्टीनीबीच युद्धविराम

    प्यालेस्टाइनी नेताहरु इजरायलसँग युद्धविरामको लागि सोमबार सहमत भएका छन् । दुई दिनसम्म जारी भीषण हिंसापछि युद्धविराम सम्झौताको लागि सहमति भएको जनाइएको छ । सो युद्धविरामको शर्तमा गाजातर्फबाट रकेट आक्रमण र इजरायलतर्फबाट हवाई आक्रमण रोकिनु पर्ने गाजामा रहेका एएफपीमा समाचारदाताले बताएका छन् । इजिप्टको नेतृत्वमा भएको यस युद्धविराम सम्झौता स्थानीय समयअनुसार सोमबार बिहान ४ः३० बजेबाट लागू हुने भनिएको छ ।...

  • २०७६ बैशाख २३, सोमबार

    मार्तडीको फोहर व्यवस्थापन सडक छेउमा

    सदरमुकाम मार्तडीमा रहेको बडिमालिका नगरपालिकाले बजार क्षेत्रको फोहर सहीरुपमा व्यवस्थापन नगर्दा बजारक्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । स्वच्छ र सफा बजार बनाउन यस क्षेत्रमा उठ्ने फोहरको उचित व्यवस्थापन हुनुपर्ने बजारवासीको भनाइ छ ।   बजार क्षेत्र भन्दा करीब पाँच किलोमिटर तल फोहर व्यवस्थापन गर्ने ठाउँ बनाएको भए पनि व्यवस्थित नहँुदा दुर्गन्ध बढ्दै गएको छ । बजार क्षेत्रबाट ल्याइएका विभिन्नखाले फोहर...

  • २०७६ बैशाख २३, सोमबार

    ३९ जातजातिका संस्कृति वृत्तचित्रमा

    तनहुँको व्यास नगरपालिकामा बसोबास गर्ने ३९ जातजातिका संस्कृति समेटेर वृत्तचित्र तयार गरिएको छ । शिक्षा, पर्यटन र संस्कृतिको क्षेत्रमा काम गर्दै आएको साभ नेपाल संस्थाले व्यास नगरपालिकाको सहयोगमा सो वृत्तचित्र तयार गरेको हो ।  नेपाली समाजले मौखिक रुपमा जोगाउँदै आएका लोक परम्परा र लोक व्यवहारको खोजी गर्दै लिपीबद्ध गर्ने उद्देश्यले नगरपालिकाभित्र बसोबास गर्ने जातजातिको संस्कृतिलाई वृत्तचित्रमा...

  • २०७६ बैशाख २३, सोमबार

    गाउँपालिकाका विद्यालय समायोजन

    चितवनको एक मात्र गाउँपालिका इच्छाकामनाका सात विद्यालय समायोजन गरिएको छ । विद्यार्थीको सङ्ख्या नपुगेपछि राष्ट्रिय आधारभूत विद्यालय९१–३० लाई नजिकको अर्को विद्यालयमा समायोजन गरिएको हो ।  गाउँपालिकाका शिक्षा अधिकृत दीपक सिग्देलका अनुसार वडा नं २ स्थित राष्ट्रिय आधारभूत विद्यालय घुर्केशलाई सोही वडामा रहेको राष्ट्रिय आधारभूत विद्यालय मायाटार, वडा  नं ३ मा रहेको पन्थ राष्ट्रिय आधारभूत विद्यालय डुडेलाई...

  • २०७६ बैशाख २३, सोमबार

    आमाको सम्मान गर्ने संस्कारलाई जीवन्त गर्नुपर्ने

    उमेर ढल्किएर गएसँगै परिवार तथा समाजबाट टाढिएर  एक्लोपनमा जीउन बाध्य वृद्धवृद्धालाई  नेपाल गृहस्थ धर्म सेवा सदनले आश्रय दिँदै आएको छ ।  उक्त सदनले विभिन्न विभिन्न चाड पर्वमा भोजन तथा कपडा वितरण गर्दै आएकामा मातातीर्थ औँशीका अवसरमा कार्यविनायक मन्दिरमा सामाखुशी, रानीवारी, नयाँ बसपार्क, टाउनप्लानिङ तथा अन्य क्षेत्रका ५० वृद्ध तथा असहाय आमालाई भोजन तथा प्रसाद वितरण ग¥यो । उक्त सदनका अध्यक्ष आचार्य...

Pages