STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २०, शुक्रबार

    जापानिज इन्सेफलाइटिसविरुद्ध खोप

    जिल्लामा जापानिज इन्सेफलाइटिस खोप अभियान सञ्चालन हुने भएको छ । मस्तिष्कमा गम्भीर प्रकारको सङ्क्रमण हुने भएकाले यस रोगबाट बच्न जिल्लाका एकदेखि १५ वर्ष उमेरसमूहका बालबालिकालाई जेइ भ्याक्सिन लगाइन लागेको हो । अहिलेसम्म डोटीमा जापानिज इन्सेफलाइटिसका बिरामी नभेटिए पनि यो रोगबाट बच्न यही वैशाख २६ गतेदेखि खोप अभियान सञ्चालन हुन लागेको जिल्ला अस्पताल डोटीले जनाएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं १ मा...

  • २०७६ बैशाख २०, शुक्रबार

    चट्याङ लागेर दुई गाई मरे

    जिल्लाको सायल गाउँपालिका–१ छपालीमा चट्याङ लागेर दुई गाई मरेका छन् । बिहीबार दिउँसो करीब ४।१५ बजेतिर छपालीको बिनेवाडा टोलका किशन नेपालीको गोठमा चट्याङ पर्दा उहाँका दुइ गाई मरेको इलाका प्रहरी कार्यालय मौवा डोटीले जनाएको छ । कमजोर आर्थिक अवस्थाका कृषक नेपालीका ब्याउने तयारीमा रहेका दुई गाई मरेपछि ठूलो क्षति व्यहोर्नुपरेको छ । घटनाबारे स्थानीय प्रहरीलाई खबर गरिसकेको भए पनि भौगोलिक हिसाबले अलि टाढा...

  • २०७६ बैशाख २०, शुक्रबार

    अब्बल सामुदायिक विद्यालय

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य जीवन गौतमले गत वर्ष घोराहीको एक निजी विद्यालयमा कक्षा ४ मा अध्ययरत छोरी अभिरुची गौतमलाई रझेना माध्यमिक विद्यालयमा भर्ना गर्नुभयो । पछिल्लो समय सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाइ शुरु भएपछि र शिक्षण सिकाइमा सुधार आउन थालेपछि संस्थागत विद्यालय छाडेर सामुदायिक विद्यालयमा भर्ना गर्नेको सङ्ख्या बढेको छ । त्यसमध्ये गौतम पनि एक हुनुहुन्छ ।...

  • २०७६ बैशाख २०, शुक्रबार

    ६० किलो गाँजासहित एक भारतीय पक्राउ

    सुनसरीको कोशी गाउँपालिका–१ राजापोखरी नजिकबाट गए राति ६० किलो गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुपौल जिल्ला बनैलीपट्टी–२ घर भएका दसरश मेहता रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिनुभयो । नेपालबाट भारततर्फ तस्करी गरेर गाँजा लगिरहेको भनी गोप्य सूचनाका अधारमा सशस्त्र प्रहरीको टोलीले मेहतालाई ६० किलो गाँजासहित पक्राउ गरेको सुनसरीका प्रहरी...

  • २०७६ बैशाख २०, शुक्रबार

    आफ्नै ओछ्यानमा मृत भेटिइन् मनिषा

    सिरहा नगरपालिका–१४ खिरौनामा आज बिहान एक महिला आफ्नै घरको ओछ्यानमा मृत अवस्थामा भेटिएकी छन् । सिरहा नगरपालिका–१४ खिरौनाकी २१ वर्षीया मनिषाकुमारी मण्डल मृतावस्थामा भेटिएको हो । मृतक मनिषाको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहामा ल्याएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो । मनिषाको हत्या हो वा आत्महत्या त्यस सम्बन्धमा अनुसन्धान भइरहेको...

  • २०७६ बैशाख २०, शुक्रबार

    नेपाल आइस आन फुटसल सोमबारदेखि

    नेपाल विज्ञापन सङ्घ आन को आयोजनामा सोमबारदेखि दोस्रो ‘नेपाल आइस आन फुटसल  टुर्नामेन्ट’ आयोजना हुने भएको छ । प्रतियोगितामा नेपालका व्यावसायिक प्रतिष्ठान, सञ्चार गृह र विज्ञापन एजेन्सीका गरी ३२ टोलीले सहभागिता जनाउँदैछन् ।  सानेपाको फिल्ड फुटसलमा आयोजना हुन लागेको यस प्रतियोगिताको ३२ टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा हिच हाइकर ट्राभल्स, सगरमाथा टिभी, सफ्टनेट र सर्वोत्तम सिमेन्ट रहेका...

  • २०७६ बैशाख २०, शुक्रबार

    नेपालमा चक्रवात ‘फानी’को प्रभाव

    चक्रवात ‘फानी’का कारण  नेपालको मौसम परिवर्तन भइ मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित वर्षा हुने देखिएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त चक्रवात नेपालतर्फ आउने सम्भावना अहिलेसम्म देखिएको छैन । यद्यपि यसको प्रभावबाट नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि हावाहुरीसहित हल्कादेखि भारी वर्षा हुने महाशाखाका मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना...

  • २०७६ बैशाख २०, शुक्रबार

    प्रेसलाई कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव छैन

    प्रेसलाइ कुण्ठित गरेर मुलुकको समृद्धि सम्भव नभएकामा जोड दिइएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले आज बुटवलमा आयोजना गरेको प्रेस स्वतन्त्रता ः लोकतन्त्रको आधार विषयक अन्तरसंवाद कार्यक्रममा सहभागी वक्ताले राजनीतिक र सामाजिक परिवर्तनमा प्रेसको भूमिका महत्वपूर्ण रहेको धारणा राख्नुभयो । प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले प्रेस कमजोर भए लोकतन्त्र र...

  • २०७६ बैशाख २०, शुक्रबार

    कार दुर्घटनामा एकको मृत्यु

    पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिकाको कैला खोला नजिकै आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । दाङबाट कपिलवस्तुको चन्द्रौटा तर्फ जाँदै गरेको बा १४ च ८४४५ नं को कार दुर्घटना हंँदा कारमा सवार रामपुर ६ दाङका ४७ वर्षीय तीर्थ आचार्यको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबुराजा पन्तले बताउनुभयो । यसैगरी कारमा...

  • २०७६ बैशाख २०, शुक्रबार

    मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने

    काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाइने बताउनुभएको छ ।  महानगरीय ट्राफिक प्रहरी प्रभाग कलङ्कीले आज यहाँ आयोजना गरेको ‘कलङ्की क्षेत्रको ट्राफिक व्यवस्थापनका लागि छलफल’मा उहाँले काठमाडौँको ट्राफिक सुधारका लागि सडक वरपर मापदण्डविपरीत सञ्चालित पेट्रोल पम्प हटाउन लागेको बताउनुभएको हो ।  “यातायात क्षेत्रको सुधारका लागि अस्तव्यस्त ढङ्गले सञ्चालन...

  • २०७६ बैशाख २०, शुक्रबार

    हाटबजारका लागि नयाँ भवन निर्माण हँुदै

    गुणस्तरीय र व्यवस्थित हाटबजारका लागि जिल्ला सदरमुकाममा  नयाँ  भवन निर्माण  भइरहेको  छ । करीब रू ३५ करोड, ४५ लाख ३० हजार ६२० को लागतमा निर्माण भइरहेको सो भवनमा ३०० कोठा र टहरा निर्माण गरिने राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताउनुभयो ।  उक्त नगरपालिकामा अवस्थित  हाटबजारलाई व्यवस्थित गर्न  नयाँ भवन निर्माण गरी व्यवस्थित ढङ्गले हाट बजार सञ्चालन गर्ने योजना रहेको उहाँले बताउनुभयो । ...

  • २०७६ बैशाख २०, शुक्रबार

    काइसोङ औद्योगिक क्षेत्र खुला गर्न व्यापारी समुदाय उत्सुक

    दक्षिण कोरियाका एकीकरण मन्त्री किम योन–चुलले उत्तर कोरियाको सीमावर्ती शहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः सञ्चालनमा ल्याउन व्यापारिक समुदायसँग छलफल गर्नुभएको छ । उत्तर कोरियाले आणविक परीक्षण गरेसँगै काइसोङ औद्योगिक क्षेत्र बन्द भएको थियो । यस क्षेत्रमा दक्षिण कोरियालीको लगानीमा केही कारखानाहरु सञ्चालनमा थिए । यो क्षेत्रले उत्तर कोरियाली नागरिकहरुलाई रोजगारीको अवसर सिर्जना गरेको थियो । छलफलका...

Pages