STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख २०, शुक्रबार

    अमेरिकामा दुई जनाको हत्या आरोपीलाई मृत्युदण्ड

    दुई जनाको हत्यामा दोषी ठहर भएका एक व्यक्तिलाई संयुक्तराज्य अमेरिकाको जर्जिया राज्यमा बिहीबार मृत्युदण्ड दिइएको छ । जर्जिया जेल अधिकारीहरुका अनुसार बिहीबार स्थानीय समय अनुसार साँझ ९।३८ बजे ५२ वर्षिय स्कटी मोरो नामक व्यक्तिलाई घातक सुई दिएर मृत्युदण्ड दिइएको थियो । सन् १९९४ मा मोरोले पूर्व प्रेमिकाको घरभित्र प्रवेश गरी तीन जना महिलालाई गोली हानेकामा दुई जनाको मृत्यु भएको थियो । पूर्व प्रेमिकाको...

  • २०७६ बैशाख २०, शुक्रबार

    सभामुखद्वारा पूर्वसांसद बुढाको स्वास्थ्य अवस्थाबारे जानकारी

    सभामुख कृष्णबहादुर महराले पूर्वसांसद तथा थबाङका अग्रज कम्युनिष्ट नेता बर्मन बुढालाई भेटी स्वास्थ्य लाभको कामना गर्नुभएको छ । आज बिहान पाटन अस्पताल पुगी सभामुख महराले उहाँलाई सान्त्वना दिनुका साथै स्वास्थ्य लाभको कामना गर्नुभएको हो । पूर्वसांसद बुढालाई पेटमा समस्या देखिएपछि बिहीबार अस्पतालमा भर्ना गरिएको र अहिले प्रारम्भिक उपचार भइरहेको उहाँकी छोरी विजयज्योतिले बताउनुभयो । सो क्रममा सभामुख...

  • २०७६ बैशाख २०, शुक्रबार

    आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने–मन्त्री बाँस्कोटा

    आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने–मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनुभएको छ । १६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेसमाथि अङ्कुश लगाउने...

  • २०७६ बैशाख २०, शुक्रबार

    वर्षाद्को समयका लागि फोहर विसर्जन स्थल तय

    काठमाडौँ महानगरपालिकाले वर्षाद्को समयमा फोहर विसर्जन गर्नका लागि स्थान पहिचान गरेको छ । अहिले फोहर विर्सजन गरिहेको स्थान भरिएको र अन्य समयमा भन्दा वर्षाद्मा फोहर बढी उत्पादन हुने भएकाले अन्य स्थान तय गरिएको कामपाले जनाएको छ । कामपाको वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार अहिले तय गरिएको स्थान ककनी गाउँपालिका–२ मा रहेको भिलेज एक र भिलेज दुईको १५ रोपनी खाली जग्गा तयार गरिएको हो ।   ...

  • २०७६ बैशाख २०, शुक्रबार

    सशस्त्र प्रहरी कार्यालय शिलान्यास

    प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार काकीले सीमा सुरक्षा, राजश्व सङ्कलन र शान्ति सुरक्षामा सशस्त्र प्रहरीले  ठूलो योगदान पु¥याएको बताउनुभएको छ । विराटनगर–१६ दरैयास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बोर्डर आउट पोष्ट को निर्माणाधिन भवन आज यहाँ शिलान्यासका क्रममा उहाँले सो कुरा बताउनुभएको हो ।मन्त्री कार्कीले यस कार्यालयबाट सीमा अतिक्रमण रोक्नाका साथै र जनताको सुरक्षामा...

  • २०७६ बैशाख २०, शुक्रबार

    ठूला सरकारी अस्पतालमा सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध

    सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ ले व्यवस्था गरेअनुसार काठमाडौँका ठूला सरकारी अस्पतालबाट सुर्तीजन्य पदार्थ प्रयोग र बेचबिखन निषेध गर्न लागिएको छ । ऐनले व्यवस्था गरे पनि व्यवहारिकरुपमा लागू हुन नसकेकाले महानगरीय प्रहरी परिसर काठमाडौँको अगुवाइमा पहिलो चरणमा काठमाडौँका ठूला १० अस्पतालमा कार्यान्वयन गर्ने गरी अभियान सञ्चालन गर्न लागिएको हो ।  धूमपान तथा सुर्तीजन्य पदार्थ सेवनले मानव...

  • २०७६ बैशाख २०, शुक्रबार

    सामुद्रिक आँधी पूर्वी भारतमा सक्रिय

    ‘फानी’ नाम दिइएको शक्तिशाली समुद्री आँधी शुक्रबार बिहान भारतको पूर्वी तटवर्ती राज्य उडिसा प्रवेश गरेको छ । बङ्गालको खाडीबाट शुरु भएको समुद्री आँधी झण्डै १८० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको छ । आँधीको प्रभावले त्यहाँ बिहानदेखि नै वर्षा हुन थालेको छ । भारतको मौसम विभागका अनुसार फानी बिहान आठ बजे तटीय इलाकामा आइपुगेको थियो । यो उत्तर दिशातिर अघि बढ्ने र छ घण्टापछि शक्ति केही क्षीण हुँदा...

  • २०७६ बैशाख २०, शुक्रबार

    लिबियामा जारी हिंसामा ३९२ को मृत्यु

    संयुक्त राष्ट्रसंघको समर्थन रहेको लिबिया सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल हफ्तारका विद्रोही सेनाबीच केही समयदेखि जारी भीषण सङ्घर्षका कारण लिबियामा कम्तीमा तीनसय ९२ जनाको मृत्यु भएको छ । साथै एक हजार ९३६ जना घाइते भएको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले बिहीबार जानकारी दिएको छ । डब्लूएचओका अनुसार करिब ५० हजार सर्बसाधारण विस्थापित भएका छन् । लिबियामा सन् २०११ मा मुअम्मर गद्दाफीको शासन पतन...

  • २०७६ बैशाख २०, शुक्रबार

    एचआइभी सङ्क्रमित सिरिन्ज प्रयोग गरेको आरोपमा चिकित्सक पक्राउ

    पाकिस्तानका एक चिकित्सकले एचआइभी सङ्क्रमित सुई प्रयोग गरी ६५ जना बालबालिका समेत कम्तीमा ९० जनामा एचआइभी सारेको आरोपमा पक्राउ गरिएको अधिकारीहरुले जनाएका छन् । स्थानीय प्रहरी अधिकारी कमरान नवाजले स्वास्थ्य निकायहरुबाटै गुनासो आएपछि चिकित्सकलाई गिरफ्तार गरिएको बताउनुभयो । उहाँले ती चिकित्सकलाई समेत एचआइभी सङ्क्रमण रहेको सूचना प्राप्त भएको जानकारी दिनुभयो । कराची बाहिरको लर्काना शहरका १८ जना...

  • २०७६ बैशाख २०, शुक्रबार

    च्याउखेतीबाट रु छ लाख आम्दानी

    बनेपा नगरपालिका–४ उग्रचण्डी नालाका हरिदास श्रेष्ठ पत्रकारितासँगै च्याउखेतीमा व्यस्त रहनुभएको छ । श्रीमान् श्रीमती नै खटेर काम गर्ने गरेको च्याउखेतीबाट वार्षिक रु छ लाख नाफा हुने गरेको बताउँदै उहाँले दिउँसो पत्रकारिता गर्ने र बिहानबेलुका फार्ममा खट्ने गर्छु भन्नुभयो । उहाँले भन्नुभयो, “सबै काम मिलाएर पालैपालो गर्छौँ”, धेरै खट्नु पनि नपर्ने र आम्दानी राम्रो हुने भएकाले च्याउखेती नरन्तर गर्दै आएको...

  • २०७६ बैशाख २०, शुक्रबार

    केरुङ्गा घोल व्यवस्थित गरिँदैं

    भरतपुर महानगरपालिका–११ हुँदै राप्ति नदीसम्म पुगेको केरुङ्गा घोललाई व्यवस्थित गरिने भएको छ । घोलको बीचभाग र दायाँवायाँ अतिक्रमण हुने क्रम बढेकाले घोललाई सिमाङ्कन गरी व्यवस्थित गर्ने प्रक्रिया अघि बढाइएको हो । भरतपुर महानगरपालिका–११ मा नारायणी लिफ्ट सिँचाइबाट शुरु भएको यस घोल वडा नं १२, ९, ८, ५, १२, १३, १४, १६, २२ र २३ हुँदै केरुङ्गा खोला बनेर राप्ति नदीमा मिसिन्छ । भरतपुरको मुख्य क्षेत्रका ढलको...

  • २०७६ बैशाख २०, शुक्रबार

    ‘कर्मचारीको गुनासोलाई यसै महीनामा सम्बोधन गरिने’ लालबाबु पण्डित

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले समायोजन गरिएका कर्मचारीको गुनासोलाई यही महीनाभित्र सम्बोधन गर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालमा यहाँ आज आयोजित साक्षात्कार कार्यक्रममा उहाँले यही महीनाभित्र गुनासो व्यवस्थापन समितिले समायोजन गरिएका कर्मचारीका सबै गुनासो सम्बोधन गर्ने बताउनुभयो ।  समायोजनमा केही समस्या आउँछ भनेर नै गुनासो व्यवस्थापन समिति गठन गरिएको भन्दै उहाँले...

Pages