-
२०७६ बैशाख १५, आइतबार
आफ्नै रकमले विद्यार्थी पढाउँदै प्रशासकीय अधिकृत शर्मा
जिल्लाको केआइसिंह गाउँपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज शर्माले वडा नं १ गणेशकाडास्थित रामेश्वर आधारभूत विद्यालयमा कक्षा ९ मा अध्यनरत भीमबहादुर पुनमगरलाई पढाउने जिम्मा लिनुभएको छ । भीमबहादुरको आर्थिक अवस्था नाजुक भएको जानकारी पाएपछि आफूले अभिभावकत्व पनि ग्रहण गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनुभयो । उहाँले भन्नुभयो, “भीमबहादुर पढाइमा निकै राम्रो र मिहिनेती रहेछन् तर आर्थिक...
-
२०७६ बैशाख १५, आइतबार
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह शुरु
कार्यस्थलमा अपनाउनुपर्ने व्यवसायजन्य सुरक्षा तथा श्रमिकका स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘व्यवसायजन्य सुरक्षा र स्वास्थ्य दिवस’ का अवसरमा आजदेखि ‘१९औँ व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह’ शुरु भएको छ । विभिन्न प्रकृतिका श्रमको सिलसिलामा उत्पन्न हुने खतरा तथा जोखिमबाट श्रमिकको जीवनमा पर्न सक्ने असर न्यूनीकरण गर्ने अभिप्रायले ‘कामको भविष्य र सुरक्षा तथा स्वास्थ्य’ भन्ने...
-
२०७६ बैशाख १५, आइतबार
राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट
राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज चिनियाँ व्यापारिक शेयर बजार चाइना कमरसियल स्टक इन्टरप्राइजेज को संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुख व्यक्तिले भेटवार्ता गर्नुभयो । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल–चीन आर्थिक तथा व्यापार मञ्चको आयोजना गरिएकामा धन्यवाद दिँदै दुई मुलुक असल छिमेकी भएको र नेपालको विकासमा चीनले महत्वपूर्ण योगदान पु¥याएको...
-
२०७६ बैशाख १५, आइतबार
एनआरएको अध्यक्षबाट ओलिभर नर्थको राजीनामा
अवकाशप्राप्त अमेरिकी कर्नेल ओलिभर नर्थले अमेरिकी राष्ट्रिय राइफल एसोसिएसन एनआरए बाट शनिबार राजीनामा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिने यस संस्थाभित्र चरम आर्थिक अनियमितताको आरोप लागेपछि ओलिभरले राजीनामा दिनुभएको हो । एनआरएको इन्डियानापोलिसमा आयोजित वार्षिक बैठकमा ओलिभरले राजीनामा बुझाउनुभएको थियो । उहाँले आफू एनआरएको अध्यक्षमा दोस्रो कार्यकालका लागि उम्मेदवार...
-
२०७६ बैशाख १५, आइतबार
अमेरिकी कारखानामा लगानी बढाउन जापानसँग आग्रह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी कार निर्माता कम्पनीहरुलाई अमेरिकामै बढी कार उत्पादन गराउन प्रधानमन्त्री शिन्जो आबेलाई दबाब दिनुभएको छ । दुबै नेताबीच भएको छलफलसम्बन्धी जापानका लागि अमेरिकी राजदूतको दस्ताबेजमा उक्त कुरा उल्लेख छ । यही छलफलपछि जापानी कार निर्माता टोयोटा मोटर कर्पोरेशन समेतका प्रमुख कार निर्माता कम्पनीहरुले अमेरिकी कार निर्माण प्लान्टमा बढी लगानी गर्ने घोषणा गरेका छन् ।...
-
२०७६ बैशाख १५, आइतबार
अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा नेपालका प्रिन्सलाई रजत
नेपालका युवा खेलाडी प्रिन्स दाहालले अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा रजत पदक जितेका छन् । थाइल्याण्डको राजधानी बैङ्ककमा आज भएको ‘योनेक्स सिङ्गा–रोजा बिटिवाई अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ मा प्रिन्सले ब्वाइज यू–१७ तर्फ रजत जितेका हुन् । फाइनलमा प्रिन्स भारतीय खेलाडी गान्धम प्रनव रावसँग २–० सेटले पराजित भए । उनले पहिलो सेट १५–२१ अङ्कले तथा दोस्रो सेट १३–२१ अङकले गुमाएको...
-
२०७६ बैशाख १५, आइतबार
दुई सडक शिलान्यास
जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दुई सडक स्तरोन्नति गर्नका लागि एकैसाथ शिलान्यास गरिएको छ । दिक्तेल–साप्सुखोला–मात्तिम–मानेभञ्ज्याङ–पानधारे सडक र कात्तिके–सोस्तुम–रतन्छा–बाँझेच्यानडाँडा–चखेवाभञ्ज्याङ सडक स्तरोन्नतिका लागि शिलान्यास गरिएको हो । प्रदेश सरकार पूर्वाधार विकास कार्यालय उदयपुरको अनुदानमा आगामी असार १५ गतेसम्ममा पूरा गर्नेगरी निर्माण कम्पनी काष्ठमण्डप–आजाद जेभीले दुवै सडक स्तरोन्नतिका...
-
२०७६ बैशाख १५, आइतबार
यहूदी प्रार्थनागृहमा गोली चल्यो, एकको मृत्यु तीन घाइते
अमेरिकाको सानडियागोस्थित एउटा यहूदी प्रार्थनागृहभित्र प्रवेश गरेर एक जना १९ वर्षीय बन्दुकधारीले जथाभावी गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार उक्त गोलीकाण्डमा अरु तीन जना घाइते भएका छन् । गोली लागेर एक महिनाको मृत्यु भएको भने एक जना यहूदी धर्मगुरु र दुई जना घाइते भएको प्रहरीले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यहूदी बिरोधी तत्वले गरेको यस आक्रमणप्रति आपत्ति...
-
२०७६ बैशाख १५, आइतबार
भेनेजुएलाली तेलमाथिको अमेरिकी प्रतिबन्ध आइतबारदेखि सक्रिय
भेनेजुएलाको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको खनिज तेलको निर्यातमाथि अमेरिकी प्रतिबन्ध आइतबारदेखि लागू भएको छ । बामपन्थी राष्ट्रपति निकोलास मदुरोको शासन विरुद्ध उभिएको संयुक्तराज्य अमेरिकाले भेनेजुएलामाथि दबाब सिर्जना गर्ने उद्देश्यले तेल आयात रोक्ने यसअघि नै निर्णय गरेको थियो । संयुक्तराज्य अमेरिकाले भेनेजुएलाको राज्य नियन्त्रित पेट्रोलिओस डी भेनेजुएला ९पीडीभीएसए० वा भेनेजुएला सरकारको ५०...
-
२०७६ बैशाख १५, आइतबार
देशभर कक्षा १२ को परीक्षा शुरु, चार लाख २८ हजार परीक्षार्थी सामेल
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट देशभर एकैसाथ शुरु भएको छ । आज बिहान ७ बजेबाट देशभरका एक हजार १०७ परीक्षा केन्द्रहरुमा शान्तिपूर्ण रुपमा परीक्षा शुरु भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । कक्षा १२ को परीक्षामा चार लाख २८ हजार ५२ परीक्षार्थी सहभागी भएको उहाँले जानकारी दिनुभयो । आगामी २६...
-
२०७६ बैशाख १५, आइतबार
आयआर्जन गर्न अपाङ्गतालाई बाख्रा सहयोग
आयआर्जनका निम्ति उपहारस्वरुप बाख्रा पाएपछि अपाङ्गतामा खुशीयाली छाएको छ । रामपुर नगरपालिका–२ को कार्यालयले अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर बाख्रा वितरण गरेपछि उनीहरुमा खुशी र उमङ्ग छाएको हो । अपाङ्गता भएका व्यक्ति भनेपछि घरपरिवार, छरछिमेक, आफन्त, साथीभाइले हेयको दृष्टिकोण राख्ने गर्छन् । आयआर्जन गर्न उनीहरुलाई अन्यत्र जान सहज छैन । गाउँघरमै बसी बाख्रापालन व्यवसाय गरेर आम्दानी गर्न उत्प्रेरित...
-
२०७६ बैशाख १५, आइतबार
निकुञ्जमा जनावर मर्ने क्रम बढ्दो
बाराको पथलैयादेखि अमलेखगञ्ज तथा पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा अत्याधिक गतिमा सवारीसाधन चलाउँदा पर्सा राष्ट्रिय निकुञ्जमा रहेका जनावर सवारीसाधनको ठक्करबाट मर्ने क्रम बढ्दै गएको छ । प्रदेश नं २ को एक मात्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यभाग भएर सडक विस्तार भएपछि त्यस क्षेत्रमा अत्यधिक गतिमा सवारीसाधन चलाउँदा जनावर ओहोरदोहोर गर्ने क्रममा ठक्कर लागेर मर्ने क्रम बढ्दै गएको निकुञ्जका सहायक संरक्षण...


