-
२०७६ बैशाख १०, मंगलबार
ह्विल चियर एशिया कप क्रिकेट वैशाख १८ देखि
ह्विल चियर क्रिकेटको एशिया कप यही वैशाख १८ देखि २१ गतेसम्म नेपालमा आयोजना हुने भएको छ । पहिलो पटक हुन लागेका प्रतियोगिता वैशाख १८ देखि २१ गतेसम्म गर्ने तय भएको ह्विल चियर क्रिकेट सङ्घका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले राससलाई जानकारी दिनुभयो । टि–२० फरम्याटमा हुने प्रतियोगितामा आयोजक नेपालसहित, भारत, बङ्गलादेश र पाकिस्तान सहभागी हुने उहाँले जानकारी दिनुभयो । प्रतियोगिताका सबै खेल...
-
२०७६ बैशाख १०, मंगलबार
भारतमा तेस्रो चरणको चुनाव आज, बिहानैदेखि मतदान शुरु
भारतको तल्लो सदन लोकसभाका लागि तेस्रो चरणको मतदान शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार १४ राज्य र एउटा केन्द्र शासित राज्यमा ११६ स्थानका लागि मङ्गलबार मतदान हुँदैछ । आजको चुनावबाट भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह, भारतीय राष्ट्रिय कङ्ग्रेसका अध्यक्ष राहुल गान्धी, धेरै जना भारतीय केन्द्रीय मन्त्रीहरुका साथै युवानेता हार्दिक पटेलको भाग्यको फैसला हुनेछ । सन् २०१४ को आमनिर्वाचनमा यी...
-
२०७६ बैशाख १०, मंगलबार
नमूना शहर बनाउन डिपिआर शुरु
दाङको गढवा गाउँपालिकालाई नमूना शहरको रूपमा विकास गर्न विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माणको काम शुरु भएको छ । शहरी विकास मन्त्रालयले नेपालका १६ जिल्लामध्ये दाङको गढवा गाउँपालिकालाई नयाँ शहर बनाउन डिपिआर शुरु गरेको छ । अहिले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गुरुयोजना निर्माणको चरणमा रहेको गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाले नमूना बस्ती विकास, हरियाली...
-
२०७६ बैशाख १०, मंगलबार
कर्मचारी अभावले पूर्वाधार कार्यालय रित्तै
कर्णाली सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कर्मचारी अभावकै कारण बजेट खर्च हुन सकेको छैन । सबैभन्दा कम बजेट खर्च गरेर आलोचना खेपिरहेको मन्त्रालयले बजेट खर्च नहुनुमा प्राविधिकस्तरका कर्मचारीको अभावलाई मुख्य कारण देखाएको हो । चालू आवको नौ महीनाको अवधिमा यस मन्त्रालयले ५।३५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेश सरकारले सडक, सिँचाइ, पुल, खानेपानीका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर बजेट...
-
२०७६ बैशाख १०, मंगलबार
आठौँ राष्ट्रिय खेलकूद ः आर्मीको अग्रता कायमै
प्रदेश नंं ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिन एक दिन बाँकी छँदा अङ्क तालिकामा विभागीय टोली त्रिभुवन आर्मी क्लबको अग्रता कायमै रहेको छ । आज १५ औँ दिनको खेल जारी रहँदा प्रतियोगितामा २०७ स्वर्णसहित कुल ७१४ पदकको टुङ्गो लागिसकेको छ । अहिलेसम्म विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एपिएफले आफ्नो वर्चश्व कायम गरेका छन् । पदक तालिकामा विभागीय टोली त्रिभुवन आर्मी...
-
२०७६ बैशाख १०, मंगलबार
समृद्धिका लागि साहस र धैर्यता चाहिन्छः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउन साहस र धैर्यताको खाँचो रहेको बताउनुभएको छ । प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङल्हामु शेर्पाले सगरमाथा आरोहण गरेको २६ औँ वर्षको अवसरमा आयोजित पासाङ प्रतिष्ठा दिवस समारोहलाई सम्बोधन गर्दै उहाँले साहसी आरोही पासाङको प्रेरणा र आत्मविश्वासबाट अघि बढ्नसके देशलाई समुन्नत र प्रतिष्ठित बनाउन सकिने बताउनुभयो । “हामी आज राष्ट्र निर्माणको एउटा...
-
२०७६ बैशाख १०, मंगलबार
माइक्रोको ठक्करले स्कुटर चालकको मृत्यु
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौलीमा आज माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्मा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पोखराबाट काठमाडौतर्फ जाँदै गरेको ग १ य ४८५ नं को माइक्रोले भित्री सडकखण्डबाट राजमार्गतर्फ आउँदै गरेको ग १३ प ९१८१ नं को स्कुटरलाई ब्यास नगरपालिका–४ शहीदगेट नजिक ठक्कर दिएको थियो । ठक्करबाट सख्त...
-
२०७६ बैशाख १०, मंगलबार
फिलिपिन्समा पुनः भूकम्पको धक्का, मृतकको संख्या ११ पुग्यो
मध्य फिलिपिन्सको समार प्रान्तमा मङ्गलबार मध्याह्नपुनः ६।२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ । भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । उक्त भूकम्पबाट भएको...
-
२०७६ बैशाख १०, मंगलबार
सेनाले छोड्यो १८ वर्षपछि कोल्टी
नेपाली सेनाको टोली कोल्टी छोडेर अछाम फिर्ता गएकोे छ । सेनाको ब्यारेक राख्ने उचित स्थान नपाएपछि सेना १८ वर्षपछि कोल्टी छोडेर फर्किएको हो । ब्यारेक राख्ने जमीन उपलब्ध गराउनु सेनाले स्थानीयवासीलाई आग्रह गरे पनि उपयुक्त जमीन नभेटिएपछि अछाम फर्किएको सेनाको भनाइ छ । पुरानो ब्यारेक बसेको स्थान बस्नलायक नभएको र वर्षात्को समयमा असुरक्षित भएकाले अर्को स्थानमा ब्यारेकका लागि जमीन दिन माग गरेको थियो । ...
-
२०७६ बैशाख १०, मंगलबार
कजाखस्तानमा टोकायेभ राष्ट्रपतिका उम्मेदवार
कजाखस्तानको सत्तारुढ दलले कास्सीम–जोमर्ट टोकायेभलाई मङ्गलबार पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवारका लागि मनोनयन गरेको छ । आगामी जुनमा कजाखस्तानमा राष्ट्रपतिको निर्वाचन हुँदैछ । कजाखस्तानका संस्थापक नेता नुरसुल्तान नजरबायेभले टोकायेभलाई राष्ट्रपतिका रुपमा अघि सारेपछि सत्तारुढ दलले पनि उहाँलाई नै राष्ट्रपतिको उम्मेदवार चयन गरेको हो । सत्तारुढ नुर ओटान पार्टीका ६०० भन्दा बढी प्रतिनिधिले टोकायेभको...
-
२०७६ बैशाख १०, मंगलबार
भियतनामका पूर्व राष्ट्रपतिको निधन
भियतनामका पूर्व राष्ट्रपति जनरल ली डक आन्हको ९९ वर्षको उमेरमा सोमबार निधन भएको छ । जनरल लीको नेतृत्वमा कम्बोडियामाथि सन् १९७८ मा भएको आक्रमणकै कारण विवादास्पद खमेर रुजको शासनसत्ता पतन भएको थियो । दक्षिण भियतनाममा अधिकांश समय बिताएका जनरल ली भियतनामलाई उपनिवेश बनाएको फ्रान्स र अमेरिकी सैनिक विरुद्धको भिषण युद्धमा सहभागी हुनुभएको थियो । जनरल ली सन् १९९२–१९९७ सम्म भियतनामको राष्ट्रपति हुनुभएको थियो...
-
२०७६ बैशाख १०, मंगलबार
पम्परागत कर्णालीको हुड्के नाच हराउँदै
जुम्ला जिल्लाको पम्परागत हुड्के नाच हराउँदै गएको छ । जुम्लालगायत अन्य जिल्लामा पनि विवाह, व्रतबन्धलगायत समारोहमा पञ्चैबाजासँगै हुड्के नाच पनि निकै प्रचलनमा थियो । पछिल्लो समय यस्ता कार्यक्रममा पञ्चैबाजासँगै हुड्के नाचको माग हुन छाडेकाले लोप हुने अवस्थामा पुगेको हो । बजारमा सजिलै उपलब्ध हुने आधुनिक गीत सङ्गीत र बाजाको प्रभावसँगै परम्परागत रूपमा बजाइने मौलिक लोकबाजा हराउन थालेका हुन् । केही वर्ष...


