STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ९, सोमबार

    दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

    पश्चिम नवलपरासीको रामग्राम–१० नदवामा गए राति भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ भने अर्को एक जना घाइते भएका छन् । रोकी राखेको यूपी ६५ बि।पी। ३९११ नंको भारतीय ट्रकमा पछाडिबाट लु ७ प १३१२ नंको मोटरसाइकल ठोक्किँदा मोटरसाइल चालक पश्चिम नवलपरासी रामग्राम–१६ हकुई बस्ने २६ वर्षीय रमेश यादवको उपचारको क्रममा मृत्यु भएको हो । यादवको उपचारको क्रममा जिल्ला पृथ्वी चन्द्र अस्पतालमा मृत्यु...

  • २०७६ बैशाख ९, सोमबार

    सभापति देउवाद्वारा दुःख व्यक्त

    नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्काको कोलम्बोमा भएको शृङ्खलाबद्ध बम विष्फोटनमा परी सयांँै मानिसको मृत्यु र घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घटनाको निन्दा र भत्र्सना गर्नुभएको छ ।  उहाँले विज्ञप्तिमार्फत सो घटनाले सम्पूर्ण विश्वलाई नै शोक विह्वल र स्तब्ध बनाएको उल्लेख गर्दै विश्वको जुनसुकै कुनामा हुने मानवताविरुद्धका यस्ता आतङ्ककारी घटनाको काङ्ग्रेस सदैव घोर निन्दा र...

  • २०७६ बैशाख ९, सोमबार

    अञ्चल अस्पतालमा औषधि अभाव

    कञ्चनपुरको महाकाली अञ्चल अस्पतालबाट विपन्न र असहायलाई वितरण गरिने निःशुल्क औषधि अभाव भएको छ ।    औषधि अभाव हुँदा दैनिकजसो बिरामी रित्तोहात फर्किन बाध्य छन् । बजेट अभावका कारण औषधि खरीदमा समस्या भएपछि लक्षित वर्गलाई औषधि वितरण बन्द गरिएको महाकाली अञ्चल अस्पताल प्रशासनले जनाएको छ ।   अञ्चल अस्पतालभित्र रहेको सामाजिक सेवा केन्द्र एकाइमार्फत् गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, महिला...

  • २०७६ बैशाख ९, सोमबार

    स्थानीय उत्पादनको बजारीकरण गर्न कोसेली घर

    स्थानीय लघु तथा घरेलु उद्यमीद्वारा उत्पादित सामग्रीको बजारीकरणका लागि कोसेली घर सञ्चालन गरिएको छ ।      जिल्लाको मोदी गाउँपालिकामा लघु तथा घरेलु उद्यमी तथा कृषकद्वारा उत्पादित उपभोग्य वस्तुको एकीकृतरुपमा बजारीकरण गर्नका लागि कोसेली घरअर्थात् सौगातगृह सञ्चालनमा ल्याइएको हो । मोदी गाउँपालिका–२ पातीचौर बजारमा पसल सञ्चालन गरिएको छ ।  स्थानीय घरेलु तथा साना उद्योगीद्वारा उत्पादित वस्तु अल्लो तथा...

  • २०७६ बैशाख ९, सोमबार

    दुर्घटनामा एकको मृत्यु, दुई घाइते

    गए राति करीब १२ बजेतिर दाङको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।  लमही नगरपालिका–७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गअन्तर्गत पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ९१६७ नंको ट्रकमा सोही दिशाबाट आउँदै गरेको रा ३ प ७९५ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा उक्त घटना घटेको हो ।  दुर्घटनामा परी लमही नगरपालिका–७ उचानिम्बु बस्ने २२ वर्षीय लालु चौधरीको मृत्यु...

  • २०७६ बैशाख ९, सोमबार

    पुण्यका नाममा सुदूरमा बाल विवाह कायमै

    विवाहका लागि कानूनी उमेर १८ वर्ष भएता पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा बाल विवाह गर्ने प्रचलन अझै पनि कायमै रहेको छ ।  महीनावारी हुनुभन्दा अगाडिनै छोरीलाई विवाह गरिदिए पुण्य प्राप्त हुनेअर्थात् धर्म कमाइने भन्ने धार्मिक अन्धविश्वासले बाल विवाहको प्रचलन कायमै रहेको दिपायलका स्थानीय उत्तम द्धारीयाले बताउनुभयो । उहाँले भन्नुभयो, “धर्म कमाउने नाममा बालविवाह हुँदैछ, बाल विवाहको अन्त हुनु जरुरी...

  • २०७६ बैशाख ९, सोमबार

    ‘कलाले सम्बन्ध प्रगाढ गराउँछ’

    चित्रकारहरुले देशको संस्कृति र इतिहासको जीवन्त कथा प्रस्तुत गर्ने भएकाले चित्रकला आफैँमा महत्वपूर्ण विधा भएको बताएका छन् ।  नेपालमा स्थलगत चित्रकलाका लागि आएका चिनियाँ चित्रकारलाई आइतबार स्वागत गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले कलाले देश कै प्रतिनिधित्व गर्ने भएकाले देशको पहिचान दिलाउन कलाको महत्व छुट्टै रहेको बताउनुभयो ।  एक देशका चित्रकार अर्को देशमा गएर...

  • २०७६ बैशाख ९, सोमबार

    ट्रेड युनियन सभापतिमा विक

    नेपाल ट्रेड युनियन काङ्ग्रेस तानसेनको नगर अधिवेशनले सभापतिमा भरत विकलाई चयन गरेको छ । सभापति विकसहित १२ सदस्यीय नगरस्तरीय कार्यसमिति चयन भएको हो ।  खुला उपसभापतिमा माधवप्रसाद भट्टराई, महिला उपसभापति बीना शर्मा, सचिव कमल खत्री, सहसचिवमा मञ्जुकुमारी घिमिरे, कोषाध्यक्षमा जानकी अधिकारी, सदस्यमा गिरिधारीप्रसाद पाण्डे, सुनिलबहादुर थापा, सुमित्रा केसी, राधिका थापा, मञ्जु पोखरेल, कृष्ण चालिसे चयन...

  • २०७६ बैशाख ९, सोमबार

    आठौँ राष्ट्रिय खेलकूद ः तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत

    प्रदेश नंं ५ मा जारी आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत तेक्वान्दो र कराँतेमा विभागीय टोलीले जीत निकालेका छन् । आइतबार साँझसम्म सम्पन्न १२ खेलमध्ये तेक्वान्दो र कराँतेमा विभागीय टोलीकै दबदबा कायम रहेको छ ।   राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत भैरहवामा जारी तेक्वान्दो खेलमा स्पाइरिङ विधामा आठ स्वर्ण पदकको टुङगो लाग्दा सबै आठवटै स्वर्ण पदक विभागीय टोलीले जित्न सफल भएका छन् । नेपाली सेनाले चार, नेपाल...

  • २०७६ बैशाख ९, सोमबार

    नगरप्रमुखद्वारा कुमालको अभिभावकत्व ग्रहण

    तनहुँको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले अभिभावक विहीन एक बालिकालाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गराउनुभएको छ ।  नगरप्रमुख न्यौपानेले व्यास नगरपालिका–७ कलेस्ती निवासी झरना कुमालको अभिभावक बन्दै सोही ठाउँको क्यामिन माध्यमिक विद्यालयमा भर्ना गराउनुभएको हो । कुमाल कक्षा २ बाट उत्तीर्ण भई ३ मा भर्ना भएकी छन् । विद्यालयमा आइतबार उपस्थित भई नगरप्रमुख न्यौपानेले कुमालको अभिभावकत्व...

  • २०७६ बैशाख ९, सोमबार

    श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको संख्या २९० पुग्यो

    श्रीलङ्काको राजधानी कोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर चर्च मा आइतबार भएका शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या सोमबार मध्यान्हसम्म २९० जना पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । प्रहरीले घटनामा संलग्न रहेको आशङ्कामा २४...

  • २०७६ बैशाख ९, सोमबार

    बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    बसको ठक्करबाट आज तनहुँमा एक मोरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा साविक कास्की पुम्दीभुम्दी–१ निवासी ३१ वर्षीय सन्दिप कँुवर रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते कुवँरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । पोखराबाट दमौली आउँदै गरेको प्रदेश ३–०२–००१ प।६०३५ नं को मोटरसाइकललाई विपरीत दिशाबाट...

Pages