-
२०७६ बैशाख ११, बुधबार
महिला फुटबलमा नेपाल पुलिस तेस्रो
आठौँ राष्ट्रिय खलकूदअन्तर्गत महिला फुटबलमा आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ । दाङको बेलझुण्डी रङ्गशालामा भएको प्रदेश नं ३ सँगको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा ‘सडन डेथ’ बाट पुलिसले जीत हासिल गरेको हो । पहिलो हाफमा कसैले पनि गोल गर्न नसके पनि दोस्रो हाफको २७ औँ मिनेटमा प्रदेश नं ३ का तर्फबाट जर्सी नम्बर ७ की मनिषा थापाले गोलको शुरुआत गर्नुभएको थियो । ३४ औँ...
-
२०७६ बैशाख ११, बुधबार
पत्रकार महतोद्वारा ५१ हजारको छात्रवृत्ति कोष स्थापना
महोत्तरी बर्दिवास घर भएका पत्रकार राजकरण महतोले ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको छ । नारी शिक्षालाई उत्प्रेरित गर्न पत्रकार महतो आफैँले पत्रकारिताबाट कमाएर जोगाएको रु ५१ हजार बराबरको छात्रवृत्ति कोषको स्थापना गर्नुभएको हो । आर्थिक अवस्था कमजोर भएकै कारण आफ्ना दिदिबहिनी स्कुलसम्म पुगेर पनि शिक्षा लिनबाट वञ्चित भएको भन्दै आफूले आफ्ना समुदायका दिदीबहिनीहरु शिक्षा लिनबाट वञ्चित...
-
२०७६ बैशाख ११, बुधबार
प्रदेशसभा बैठक आह्वान
प्रदेश नं ३ प्रमुख अनुराधा कोइरालाले प्रदेशसभाको चौथो अधिवेशन बैठक यही वैशाख ३० गते सोमबार दिनको १ बजे बस्ने गरी आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिमको अधिकार प्रयोग गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले सिफारिस गरी पठाएअनुसार उहाँले सो आह्वान गर्नुभएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेशसभाको तेस्रो बैठक गत १० गते राति १२ बजे अन्त्य गरिएको थियो । ...
-
२०७६ बैशाख ११, बुधबार
खुला दूध बिक्रीमा रोक
मकवानपुर जिल्लामा खुलारुपमा बिक्री हुने अप्रशोधित दुग्ध बिक्री वितरणमा प्रतिबन्ध लगाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले दुग्ध तथा दूधजन्य पदार्थको गुणस्तर निर्देशिका २०७५ लागू गर्नका लागि सो प्रतिबन्ध लगाएको हो । जिल्ला प्रशासन कार्यालयद्वारा दूध वितरण गर्ने सरोकारवालासँग बसेको बैठकले यही शुक्रबार १३ गतेदेखि खुला बिक्री हुने दुग्धमा रोक लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयका...
-
२०७६ बैशाख ११, बुधबार
उपचारमा अन्तिम गन्तव्य भरतपुर आँखा अस्पताल
आँखाको उपचारमा सेवा सुविधा विस्तार हुँदै गएपछि यहाँका लब्धप्रति ष्ठित एवं धनाढ्य पनि उपचारका लागि बाहिर जान छाडेका छन् । नेपाल नेत्रज्योति सङ्घले यहाँ सञ्चालन गरेको भरतपुर आँखा अस्पतालमा आँखाका सबै खालका उपचार हुन थालेपछि बाहिर जानेको सङ्ख्या घट्न थालेको हो । विगतका वर्षमा यहाँका धनाढ्य, व्यावसायिक घरानाका व्यक्तिहरु, पहुँचवाला, उच्च पदमा आसिन व्यक्तिहरु आँखाको उपचारका लागि काठमाडौँ र...
-
२०७६ बैशाख ११, बुधबार
उपराष्ट्रपतिलाई राष्ट्रपतिको कार्यभार
राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्न अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपति नन्दबहादुर पुनबाट सम्पादन गरिने गरी तोक्नुभएको छ । राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा आज राजकीय भ्रमणको सिलसिलामा चीनको सियान हुँदै बेइजिङतर्फ प्रस्थान गर्नुभएको छ । राष्ट्रपतिको अनुपस्थितिमा उहाँबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम...
-
२०७६ बैशाख ११, बुधबार
उत्तर कोरियाली नेता किम जङ–अन रुसको भ्लादिभोस्तकमा
रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको मैत्रीपूर्ण निमन्त्रणमा उत्तर कोरियाली नेता किम जङ–अन बुधबार सीमा क्षेत्र पार गरी भ्लादिभोस्तक पुग्नु भएको छ । राष्ट्रपति पुटिन र नेता किमबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्तकमा भेटवार्ता हुने क्रेमलिनले यसअघि नै घोषणा गरिसकेको छ । यस भेटवार्तामा दुई नेताबीच कोरियाली प्रायःद्वीपमा आणविक निःशस्त्रीकरणका लागि राजनीतिक तथा कुटनीतिक समाधानको पहलका विषयमा छलफल हुने...
-
२०७६ बैशाख ११, बुधबार
तालिबानका जिल्ला प्रमुखसहित १७ जनाको मृत्यु
अफगानिस्तानको उत्तरी प्रान्त ताखरको दासत–ए–काला जिल्लामा सुरक्षा बलले तालिबान लडाकु विरुद्ध गरेको कारबाहीको क्रममा कम्तीमा १७ जना तालिबान लडाकू मारिएका छन् । सो कारबाहीका क्रममा तालिबानका जिल्ला कमाण्डर मवलावी रजाकसहित १७ जनाको मृत्यु हुनुका साथै अन्य १३ जना घाइते भएका सेनाले बुधबार जारी गरेको एक विज्ञप्तिमा जनाइएको छ । सरकारी सुरक्षा अधिकारीहरुले जारी गरिएको विज्ञप्तिमा दासत–ए–काला जिल्लामा...
-
२०७६ बैशाख ११, बुधबार
नेपालद्वारा मलेशिया पराजित
थाइल्याण्डमा जारी एसिसी १६ वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेशियालाई पराजित गरेको छ । थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेशियालाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हासिल गरेको हो । नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा म्यान्मालाई सात विकेटले पराजित गरेको थियो । जितसँगै समूह ए मा रहेको...
-
२०७६ बैशाख ११, बुधबार
आलेख ः बुबालाई पछ्याउँदै आर्चरी खेलाडी अनुष्का
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आर्चरी खेलमा सहभागी अनुष्का शेरचनले सबैको ध्यान आफूतिर खिँचिन् । सानो उमेर, सानो कद र कद बराबर ‘बो’ जब उनले उचालेर आफ्नो लक्ष्यमा निशाना लगाइन्, उपस्थित सबैको ध्यान ऊ प्रति खिँचियोे । पोखरा महानगरपालिका–४ रानीपौवा निवासी अनुष्का भर्खरै कक्षा ७ मा बी प्लस नतीजा ल्याएर उत्तीर्ण भएकी छन् । नोभेल सेकेण्डरी पोखरामा अध्ययनरत अनुष्का कान्छी...
-
२०७६ बैशाख ११, बुधबार
व्यापार वार्ताका लागि अमेरिकी प्रतिनिधि बेइजिङ जाँदै
संयुक्तराज्य अमेरका र चीनबीचको व्यापार तनाबलाई वार्ता र सम्झौताद्वारा सुल्झाउने उद्देश्यले अमेरिकी उच्च अधिकारीहरु अर्को साता बेइजिङ प्रस्थान गर्न लाग्नुभएको ह्वाइट हाउसले जनाएको छ । दुबै मुलुकका उच्च अधिकारीहरु व्यापार विवाद जतिसक्दो चाँडो टुङ्ग्याउन केही महिनादेखि वार्तामा छन् । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन...
-
२०७६ बैशाख ११, बुधबार
आठ करोडको हाराहारीमा पुस्तक बिक्री
जनक शिक्षा सामग्री केन्द्र पोखराले चालू आर्थिक वर्षमा रु आठ करोडको हाराहारीमा पुस्तक बिक्री वितरण गरेको छ । चालू आर्थिक वर्षको नौ महीनामा गण्डकी प्रदेशअन्तर्गतका १० जिल्लाका सरकारी विद्यालयबीच रु सात करोड ७९ लाख ८८ हजार ८५२ मूल्य बराबरको २० लाख ७२ हजार ७५० थान पुस्तक बिक्री गरिएको जनक शिक्षा सामग्री केन्द्र पोखराका लेखापाल शिवविलाश पौडेलले जानकारी गराउनुभयो । मकवानपुर जिल्लामा जनक शिक्षा सामग्री...


