-
२०७६ बैशाख १०, मंगलबार
प्रधानमन्त्री मोदीद्वारा गुजरातमा मतदान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँकी ९० वर्षीया आमा हीराबेन मोदीले गुजरातको अहमदाबादमा मतदान गर्नुभएको छ । प्रधानमन्त्री मोदीले अहमदाबादको रनिप क्षेत्रको निशान उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान गर्नुभएको थियो । गुजरातमा बिहान ७ बजे नै मतदान केन्द्रहरु खुलेका थिए । मतदानको कार्य साँझ ६ बजेसम्म चल्नेछ । भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह पनि प्रधानमन्त्री मोदीसँगै मतदान स्थल...
-
२०७६ बैशाख १०, मंगलबार
शिविर पुगेपछि स्थानीयवासीमा खुशी
गुल्मीको सत्यवती गाउँपालिका–४ अन्तर्गत लिम्घामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । लिम्घा स्वास्थ्यचौकीको आयोजना, लिम्घेली युवा क्लबको सह–आयोजना र सत्यवती गाउँपालिका तथा युवा समाजसेवी हुमबहादुर पल्लीको सहयोगमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो । शिविरमा ५८ जना पुरुष र १८६ जना महिला गरी २४४ जनाले सेवा लिएका छन् । शिविरमा भिडियो एक्सरे ५९ जनाले, इसिजी २० जनाले र ल्याब सेवा ३३ जनाले लिएको...
-
२०७६ बैशाख १०, मंगलबार
छाडा चौपायाले किसानलाई सास्ती
जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका स्थानीयवासी छाडा चौपायाका कारण सास्ती भोग्दै आएका छन् । पाकेर काट्नै लागेको गहुँ बाली तथा तरकारी खेती गाई, गोरुले खाएर बाँझो खेतजस्तै बनाइदिने गरेका कारण उनीहरु सास्ती भोग्दै आएका हुन् । “अब त छाडा चौपायाले धेरै दुःख दिन थाले, यिनलाई दिपायलबाट अर्कै ठाउँमा धपाउनु प¥यो”, स्थानीयवासी भन्छन् । पछिल्लो समय छाडा चौपायाका कारण सार्वजनिक यातायात सञ्चालनमा...
-
२०७६ बैशाख १०, मंगलबार
‘परिवर्तनको शुरुवात आफैँबाट गर्नुपर्ने’
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पोखरेलले परिवर्तनको शुरुआत आफैँबाट गर्नुपर्ने बताउनुभएको छ । प्रदेश नं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले आज खुमलटारस्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा आयोजना गरेको ‘राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन–२०७६’ को उद्घाटन गर्दै उहाँले विज्ञान र प्रविधिको विकासका लागि परम्परागत सोच तोडेर...
-
२०७६ बैशाख १०, मंगलबार
जलबीरे झरनामा पर्यटक बढे
चितवनको इच्छाकामना गाउँपालिका – ६ स्थित जलबीरेको लामो झरना हर्न पर्यटकको वृद्धि भएको छ । गर्मी याम शुरु भएसँगै झरनामा पर्यटकको आवागमन बढेकोे हो । झरनामा दैनिक १०० जनाको हाराहारीमा पर्यटक आउने गरेको जलबीरे लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङले जानकारी दिनुभयो । शनिबार र अन्य बिदाका समयमा पर्यटकको अत्याधिक चाप हुने उहाँको भनाइ थियो । नयाँ वर्षका दिन वैशाख १ गते मात्र ५४३ पर्यटक...
-
२०७६ बैशाख १०, मंगलबार
त्रिभुवन आर्मी फाइनलमा
आठाँैं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबलको फाइनलमा त्रिभुवन आर्मी क्लब प्रवेश गरेको छ । आज बिहान बेलझुण्डी रङ्गशालामा भएको खेलमा प्रदेश ३ लाई शून्यका विरुद्ध ६ गोलले पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । खेलमा आर्मीका शर्मिला थापा र कृष्णा खत्रीले २ र २ गोल गरेका थिए । जर्सी नम्बर ९ की थापाले पहिलो हाफको ३७ र ४० आँैं मिनेटमा लगातार गोल गरेकी थिइन् । जर्सी नम्बर १० की...
-
२०७६ बैशाख १०, मंगलबार
नेपालीस्याट–१ ः डेढ महिनापछि पृथ्वीको परिक्रमा गर्ने
नेपालले पहिलो पटक प्रक्षेपण गरेको नेपालीस्याट–१ भूउपग्रहले अब डेढ महीनापछि स्वतन्त्र रुपले अन्तरिक्षमा रही पृथ्वीको परिक्रमा गर्ने भएको छ । यही वैशाख ४ गते प्रक्षेपित उक्त भूउपग्रह वैशाख ६ गते अपराह्न ३ः३० बजे ९प्रक्षेपण भएको ३६ घण्टा चालीस मिनेटपछि पृथ्वीलाई परिक्रमा गर्ने तल्लो कक्षस्थित अन्तरराष्ट्रिय केन्द्र सिग्नसमा पुगी पृथ्वीको परिक्रमा गर्न तत्पर रहेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
-
२०७६ बैशाख १०, मंगलबार
अझै सुध्रेन सीमान्तकृत चिडिमारको अवस्था
मुलुकमा अनेक राजनीतिक प्रणाली फेरिए पनि नेपालगञ्जमा बसोवास गर्दै आएका सीमान्तकृत चिडिमार चरा मार्ने समुदायको जीवनमा खासै सुधार आउन सकेको छैन । नेपालगञ्ज उपमहानगरपालिका–१२ मा वसोवास गर्ने यस समुदाय अहिले पनि परम्परागत ढङ्गबाटै जीवनयापन गर्दछन् । चरा मार्ने जाति भनेर चिनिने यो जाति सीमान्तकृत समुदायमा पर्छ । नेपालगञ्जको वडा नं १२ चिडिमार समुदायको पुरानो थातथलो हो । करीब १५ सयको सङ्ख्यामा यो समुदाय...
-
२०७६ बैशाख १०, मंगलबार
जीपको ठक्करबाट बृद्धाको मृत्यु
रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा जीपले ठक्कर दिदा एक वृद्धाको मृत्यु भएको छ । आज बिहान ग २ च ३०९४ नं को बोलेरो जीपले ठक्कर दिँदा इस्लामपुर बस्ने ७५ वर्षीया सकिना मियाँको मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जानकारी दिएको छ । मियाँको उपचारको क्रममा रामपुर अस्पतालमा मृत्यु भएको हो । ठक्कर दिने चालक र गाडी प्रहरी नियन्त्रणमा छ । इस्लामपुरको मुख्य सडकबाट भित्री सडकमा जाने क्रममा मियाँलाई...
-
२०७६ बैशाख १०, मंगलबार
चीनले बिआरआईमार्फत गरीबी निवारणका अनुभव साझेदारी गर्ने
चीनले ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ एक क्षेत्र एक मार्ग मार्फत गरीबी निवारणको आफ्नो अनुभवलाई विश्वसामु साझेदारी गर्दै उपयोग गर्न चाहेको छ । यसै साता बेइजिङमा आयोजना हुने ‘अन्तरराष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च कार्यक्रम’मा यसको प्रत्यक्ष अनुभव हुने अपेक्षा विशेषज्ञले गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी उक्त मञ्चका साथै तीन प्रमुख कार्यक्रममा भाग लिन चीनको राजकीय भ्रमणका...
-
२०७६ बैशाख १०, मंगलबार
पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी...
-
२०७६ बैशाख १०, मंगलबार
पथरी शनिश्चरेमा तनाब, दुई राउण्ड अश्रुग्यास प्रहार
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ मा २९ वर्षीया रीना बस्नेतको रहस्यमय अवस्थामा शव फेला परेपछि अपराधी पत्ता लगाउन माग गर्दै आएका आन्दोलित स्थानीयवासी र प्रहरीबीच आज दिउँसो झडप भएको छ । आन्दोलित पक्षले पथरी शनिश्चरेस्थित इलाका प्रहरी कार्यालयमा ढुङ्गा प्रहार गरेर प्रवेशद्वार तोडफोड गर्न खोजेपछि भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी...


