-
२०७६ बैशाख १०, मंगलबार
एउटै सडकमा तीन सरकारको लगानी
एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् । दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक÷एक करोड बजेट विनियोजन गरेका छन् । तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन...
-
२०७६ बैशाख १०, मंगलबार
घरजग्गा व्यवसाय गणना हुँदै
केन्द्रीय तथ्याङ्क विभागले मुलुकमा पहिलोपटक ‘घरजग्गा खरीद बिक्री व्यवसाय गणना’ गर्ने भएको छ । यसबाट राष्ट्रिय अर्थतन्त्रमा पारेको प्रभावको विश्लेषण गर्न मुलुकभर सर्भेक्षण तथा गणनाको तयारी भइरहेको विभागले जनाएको छ । प्रचलित कानूनअनुसार घरजग्गा खरीद बिक्री व्यवसायमा संलग्न कम्पनीलाई गणनामा समावेश गरिने छ । यस व्यवसायले सिर्जना गरेको रोजगारी, कूल गार्हस्थ्य उत्पादनमा पु¥याएको योगदानले राष्ट्रिय...
-
२०७६ बैशाख १०, मंगलबार
आलेख ः अपहेलित छ लमजुङ दरबार
सोह्रौं शताब्दीमा निर्माण भएको भनेर दाबी गरिँदै आइएको लमजुङ दरबार नेपालकै पुरानो दरबार हो । बाइसे चौबीसे राज्य अस्तित्वमा रहेका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार जस्तै यो दरबार बनेको थियो । शासक र राज्य व्यवस्था फेरिएसँगै पुराना दरबारहरुको महत्व घट्दै गयो । मुलुककै पुरानो मानिएको बेंसीशहर नगरपालिका–३ गाउँशहरमा रहेको लमजुङ दरबार पनि उपेक्षित रह्यो र अहिले यो जीर्ण...
-
२०७६ बैशाख १०, मंगलबार
असहाय वृद्ध दम्पतीलाई घर उपहार
दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा बस्दै आएका असहाय वृद्ध दम्पतीका लागि घर निर्माण गरिदिइएकोे छ । सन्तान र आफन्त कोही नभएका असहाय वृद्ध दम्पतीलाई विभिन्न व्यक्तिको सहयोगमा घर निर्माण गरिइएको हो । घोराही बजारदेखि करीब १५ किलोमिटर उत्तर पश्चिममा पर्ने विकट क्षेत्र सिस्नेरीस्थित जीर्ण घरमा वस्दै आएका ६० वर्षीय तीर्थराम महरा र ५८ वर्षीया रमा महराको सुरक्षित आवास निर्माणका लागि ए–वान...
-
२०७६ बैशाख १०, मंगलबार
एक वर्षदेखि ट्रमा सेन्टर अलपत्र
एक वर्षअघि निर्माण भएको ट्रमा सेन्टर आवश्यक उपकरण र बजेटको अभावमा अझै सञ्चालनमा आउन सकेको छैन । अमेरीकी राजदूतावासले सशस्त्र प्रहरी बलको विपत् व्यवस्थापन तालीम शिक्षालय कुरिनटारमा उक्त ट्रमा सेन्टर निर्माण गरी हस्तान्तरण गरेको थियो । पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई लक्ष गरी निर्माण गरिएको उक्त सेन्टर २५ श्ययाको छ । शिक्षालयका समादेशक सशस्त्र प्रहरीका वरिष्ठ...
-
२०७६ बैशाख १०, मंगलबार
चौध थान हतियार बुझाइए
कास्की जिल्ला प्रहरी कार्यालयमा १४ थान हतियार बुझाइएको छ । गृहमन्त्रालयबाट इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका त्यस्ता हतियार बुझाउन जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेपछि सम्बन्धित व्यक्तिले सो सङ्ख्याका हतियार बुझाएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्रमान गुरुङले बताउनुभयो । हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेका छन् । तीमध्ये चारवटा इजाजत नभएका र...
-
२०७६ बैशाख १०, मंगलबार
वन विज्ञान पढ्न २२ जिल्लाबाट विद्यार्थी
तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारमा गत मङ्सिर २ गतेदेखि सञ्चालनमा आएको कालीगण्डकी प्राविधिक शिक्षालयमा वन विज्ञान पढ्न विभिन्न २२ जिल्लाबाट विद्यार्थी आएका छन् । शिक्षालयका प्रमुख गोविन्द पौडेलका अनुसार तनहुँ, लमजुङ, स्याङ्जा, कालीकोट, बझाङ, अछाम, कैलाली, दैलेख, जुम्ला, रुकुम, दार्चुला, बाजुरा, महोत्तरी, जाजरकोट, सल्यान, हुम्ला लगायतका जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका छन् । चालीस जनाको...
-
२०७६ बैशाख १०, मंगलबार
“छोरी र बुहारीलाई छाउ गोठको पीडा भोग्न दिन्न”
छाउपडी प्रथा अन्त्यका लागि हुने विभिन्न गोष्ठी, छलफल र अन्तक्र्रियामा यसको मुख्य कारक वृद्धवृद्धा र धामीझाँक्रीलाई मान्ने गरिन्छ । परम्परागत सोच, धामीझाँक्री र देवता रिसाउने भन्ने मान्यताकै कारण छाउप्रथाले समाजमा विकराल रुप लिएको हो । यसरी समाजमा देखिएको छाउप्रथा अन्त्यका लागि साँफेबगर नगरपालिका–६ भागेश्वरका एक महिलाले यस विरुद्ध अभियान सञ्चालन गरेको छ । छाउप्रथा विरुद्धको अभियानमा...
-
२०७६ बैशाख १०, मंगलबार
राष्ट्रपतिबाट जङ्गी अड्डा भवनको उद्घाटन
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनिर्मित जङ्गी अड्डा भवनको आज उद्घाटन गर्नुभएको छ । सैनिक मुख्यालयमा जङ्गी अड्डामा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले अत्याधुनिक प्रविधियुक्त उक्त नयाँ भवनको उद्घाटन गर्नुभएको हो । उहाँ नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । गोरखा भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट स्वीकृत भएकामध्ये छोटो अवधिमा गुणस्तरयुक्त ढङ्गबाट निर्माण सम्पन्न भएको यो नै...
-
२०७६ बैशाख १०, मंगलबार
साकेला गाउँपालिका–३का वडाध्यक्षको मृत्यु
निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी हुनुभएका ३९ वर्षीय वडाध्यक्ष उहाँको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । शुरुमा रुघाखोकीले थलिनुभएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन् । गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल...
-
२०७६ बैशाख १०, मंगलबार
राजपामा रडाको
फुट र जुटको राजनीतिबाट अघि बढेका मधेश केन्द्रित विभिन्न छ राजनीतिक शक्ति मिलेर बनेको राष्ट्रिय जनता पार्टी राजपा यतिखेर पार्टी सङ्गठन सुदृढीकरणको अभियानमा लागेको छ । दुई वर्ष अघि विसं २०७४ वैशाख ८ गते पार्टी एकता घोषणा सभामा नेताको गर्जन र पार्टी कार्यकर्ताको जति उत्साह थियो, अहिले निरासातर्फ उन्मुख हुँदैछ । पार्टीभित्रको असन्तुष्टिलाई चिर्दै परिपक्क नेतृत्व प्रदान गर्न नसक्दा राजपाभित्र अहिले...
-
२०७६ बैशाख १०, मंगलबार
म्यान्मारमा पत्रकारको अपिल खारेज
म्यान्मारको सर्वोच्च अदालतले दुई जना पुलित्जर पुरस्कार बिजेता रोयटर्स समाचार संस्थामा आबद्ध पत्रकारको पछिल्लो अपिल पनि खारेज गरेको छ । रोहिङ्ग्या सङ्कटको रिपोर्टिङका बारेमा गोप्य सूचना सङ्कलन गरेको भन्दै म्यान्मार सरकारले उनीहरुलाई सात वर्षको जेल सजाय दिएको छ । सरकारी गोपनीयता कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका पत्रकारहरु ३३ वर्षीय वा लोन र क्या सो ऊ अद्यापी जेलमै छन्...


