-
२०७६ बैशाख ११, बुधबार
अवैध भरुवा बन्दुक नियन्त्रणमा
स्याङ्जामा नौ थान अवैध भरुवा बन्दुक प्रहरीले नियन्त्रणमा लिएको छ । गृह मन्त्रालयबाट अवैध हात हतियार बुझाउने ३५ दिने सूचना जारी गरेसँगै जिल्ला प्रहरी कार्यालयले आफू मातहतका प्रहरी एकाइ परिचालन गरी नौ थान अवैध भरुवा बन्दुक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । “गत चैत १ गतेदेखि २०७६ वैशाख ६ गतेसम्म सूचना जारी गरेका थियौँ”, प्रवक्ता भण्डारीले...
-
२०७६ बैशाख ११, बुधबार
वरिष्ठताका आधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने
नयाँ बानेश्वरस्थित रत्न राज्य माध्यमिक विद्यालयमा वरिष्ठताका अधारमा निमित्त प्रधानाध्यापक दिनुपर्ने माग गरिएको छ । सो विद्यालयका शिक्षक र सो क्षेत्रका वुद्धिजीवी तथा अगुवाहरुले आज यहाँ पत्रकार सम्मेलन गरी प्रथम श्रेणीको शिक्षक पदमा रहनुभएका कृपाश्वर खड्कालाई निमित्त प्रधानाध्यापक दिनुपर्नेमा चौँथोँ श्रेणीमा रहनुभएका जीवन प्रकाश रेग्मीलाई दिइएको भन्दै आपत्तिसमेत जनाएका छन् । वर्तमान शिक्षा...
-
२०७६ बैशाख ११, बुधबार
श्रीलङ्का आक्रमणः मृत्यु हुनेको संख्या ३५९ पुगेको प्रहरीको भनाई
श्रीलङ्काको राजधानीकोलम्बोका तीन वटा पाँचतारे होटल र दुई वटा गिर्जाघर चर्च मा गत आइतबार भएका शृङ्खलाबद्ध बम बिस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्यान्हसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानी समेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलङ्काको विदेश मन्त्रालयले जनाएको छ । बिस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही...
-
२०७६ बैशाख ११, बुधबार
हुवावेलाई बेलायत सरकारले दियो ५जीको सीमित सहमति
बेलायती प्रधानमन्त्री थेरेसा मेले चीनको विवादास्पद दूरसञ्चार प्रविधि कम्पनी हुवावेलाई पाँचौं पुस्ताको दूरसञ्चार सेवा निर्माण गर्न अनुमति दिनुभएको छ । बेलायती अखबार डेली टेलिग्राफका अनुसार प्रधानमन्त्री मेले मन्त्रिपरिषदका वरिष्ट सदस्यहरु र अमेरिकाबाट सुरक्षा खतरा देखाइए पनि त्यसलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले हुवावेको सेवा लिन मन्जुरी दिनुभएको हो । प्रधानमन्त्रीको अध्यक्षतामा रहेको राष्ट्रिय...
-
२०७६ बैशाख ११, बुधबार
मुक्त हलिया र मुक्त कमैयालाई पुनःस्थापन गराइने
पश्चिम नेपालका विभिन्न जिल्लामा पुनःस्थापना गराउन बाँकी रहेका मुक्त कमैया र मुक्त हलियालाई सरकारले चालू वर्षभित्रै पुनःस्थापना गरिसक्ने गरी काम अघि बढाएको छ । सङ्घीय सरकारले मुक्त हलिया तथा मुक्त कमैयाको पुनःस्थापना कार्यलाई स्थानीय सरकारमा हस्तान्तरण गरेर आपसी समन्वयमा चालू वर्षमा पूर्णरुपमा पुनःस्थापना गरिसक्ने गरी कार्य अघि बढाएको हो । जग्गाको अभावजस्ता कारणले मुक्त हलिया तथा मुक्त कमैयालाई...
-
२०७६ बैशाख ११, बुधबार
सन्तान टाढिएः चौतारी नै रमाइलो
चौतारी वृद्धवृद्धाको बसिबियाँलो गर्ने ठाउँ बनेको छ । घरका सदस्य व्यस्त हँुदा दिनभरि उनीहरु सडक किनाराका चौतारी र प्रतीक्षालयमा रमाउँछन् । बढ्दो शहरीकरणसँगै चौतारीहरु लोप पनि हुन थालेका छन् । इँटाढुङ्गाले चिनेर बनाइएका अग्लो पेटी र बीचमा वर–पीपलसहितका चौतारी मुश्किलले भेटिन्छन् । बजार क्षेत्रका चोकमा यात्रु सुस्ताउने र सवारी कुरेर बस्न बनाइएका चौतारी कहीँकतै भेटिन्छन् । सडक किनारमा प्रतीक्षालय...
-
२०७६ बैशाख ११, बुधबार
छाप्रो र पालमुनिको स्वास्थ्य सेवा हट्यो
विनाशकारी भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य सस्थाका सेवा अस्थायी भवनबाट सञ्चालन हुन थालेका छन् । भूकम्प गएको चार वर्षपछि बल्ल पाल, टेण्ट र छाप्रोमा स्वास्थ्य सेवा सञ्चालन गर्नुपर्ने बाध्यता हटेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भूकम्पले क्षति पुगेका अधिकांश स्वास्थ्य भवनको अस्थायी पुनःनिर्माण कार्य सम्पन्न भएको जनाएको छ । विसं २०७२ को विनाशकारी भूकम्पले ३१ जिल्लाका करीब एक...
-
२०७६ बैशाख ११, बुधबार
पहिरो रोकथाम गर्न पहल
त्रिवेणी नगरपालिकामा प्राकृतिक प्रकोपले ठूला समस्या निम्त्याएपछि रोकथामका विभिन्न प्रयासहरु थालनी गरिएको छ । पहिरो, बाढी, खडेरी र आगलागीजस्ता प्राकृतिक प्रकोपको समस्या भए पनि यस नगरपालिकामा पहिरोको समस्या बढी देखिएको छ । त्रिवेणीको ८० प्रतिशत बढी भूभाग पहिरोको जोखिममा रहेको भूगर्भविद्को आँकलन रहेको छ । पहाड खसेका, थुम्का बनेका, पहिरोले खसेर पहाड तथा खोल्सा बनेकाजस्ता दर्जनाँै अवशेष नगरभित्र...
-
२०७६ बैशाख ११, बुधबार
पाटनमा रातो मछिन्द्रनाथको रथ बनाउन शुरु
काठमाडौँ उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रहेको रातो मछिन्द्र्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ । सहकालका देवता मछिन्द्रनाथको दशकर्म शुरु भएसँगै रथ बनाउने काम भइरहेको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । उहाँका अनुसार वैशाख कृष्ण प्रतिपदाका दिनमा महास्नान गरेपछि देवताको दशकर्म र रथ निर्माण दुवै सँगसँगै शुरु भएको हो । वैशाख शुक्ल प्रतिपदासम्ममा पुजारीले देवताको दशकर्म सक्ने...
-
२०७६ बैशाख ११, बुधबार
तामाका भाँडाबाटै जीवन निर्वाह
देशमा रोजगारी नपाएर वर्षेनी हजारौँ युवा विदेश गइरहेका छन् तर, केही व्यक्ति भने आफ्नै पौरखमा देशमा कुनै न कुनै पेशा अपनाएर जीवन धानिरहेका छन् । यस्तै एक उदाहरण हो – शिवन ताम्राकार । डडेल्धुराको अमरगढी–६ दुमडाका शिवनले परम्परागत शीपको प्रयोग गरी तामाका भाँडाकुँडा बनाएर पाँच जनाको परिवार धान्दै आएका छन् । विसं २०३२ कात्तिक १५ गते डडेल्धुराको अमरगढी नगरपालिका–६ दुमडामा जन्मेका शिवन जिल्ला सदरमुकाम...
-
२०७६ बैशाख ११, बुधबार
प्रदेश नं ५ एक वर्षमा चार पटक प्रदेशसभा स्थगित
प्रदेश नं ५ को प्रदेशसभामा एक वर्षको अवधिमा चार पटक प्रदेशसभा स्थगन भएको छ । खास गरेर विपक्षी दल नेपाली काङ्ग्रेसको अवरोधका कारण विभिन्न विषयमा प्रदेशसभा स्थगन भएको प्रदेश नं ५ को सचिवालयले जनाएको छ । विसं २०७५ को असार ४, साउन १३, माघ १८ र माघ २२ गते विपक्षी नेपाली काङ्ग्रेसको अवरोधका कारण प्रदेशसभा स्थगन भएको थियो । बजेटका विषयमा मुख्यमन्त्री शङ्कर पोखरेलको धारणा, स्थायी राजधानीका विषयमा...
-
२०७६ बैशाख ११, बुधबार
सुरक्षा निकायतर्फ ३८ प्रतिशत पुनःनिर्माण
मुलुकको अपराध नियन्त्रण गरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी बोकेको सुरक्षा निकायतर्फ भूकम्पबाट क्षति पुगेको आधाभन्दा बढी भवन चार वर्ष पुग्दा पनि पुनःनिर्माण हुन सकेको छैन । भूकम्पले च्यापेको घाउलाई एकातर्फ पन्छाएर अहिले पनि सकस झेल्दै सुरक्षा निकायले उपलब्ध साधन स्रोतलाई प्रयोग गरी अस्थायी आश्रयस्थबाट काम गरिरहेको छ । भौतिक संरचनाको अभावमा कतिपय अनुसन्धान प्रभावित भएको र अभिलेखमा...


