STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ११, बुधबार

    रसुवाः नौ हजार आवास निर्माण

    भूकम्प गएको चार वर्ष बित्दा पनि रसुवा जिल्लाको निजी आवाव निर्माणको कामले अझै पूर्णता पाउन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ रसुवाका अनुसार विसं २०७२ वैशाखको भूकम्पका कारण क्षति भएका कूल १२ हजार ४९२ निजी घरमध्ये हालसम्म तेस्रो किस्तासम्म अनुदान लगी घर निर्माण नौ हजार ६७३ मात्र भएको छ । जिल्लामा बसोबास गर्ने ग्रामीणवासीकोे बसोबास अहिले क्रमशः सहज हँुदै गएको छ ।...

  • २०७६ बैशाख ११, बुधबार

    कृषिमा होमिए विदेशबाट फर्केका युवा

    वैदेशिक रोजगारीका सिलसिलामा १२ वर्ष कतारमा परिश्रम गरेर स्वदेश फर्किनुभएका बाह्रदशी गाउँपालिका–५ का दिनेश थापाले आजकल स्वदेशमै व्यवसाय शुरु गर्नुभएको छ । उहाँ मात्र होइन, झापाका थुप्रै युवा विदेशी भूमिमा रगत पसिना बगाउनुको साटो स्वदेशमै केही गर्न सकिन्छ भन्ने मनसायले कृषि पेशामा संलग्न हुन थालेका हुन् । हुन त केही समय अघिसम्म शिक्षित युवाले कृषि कर्म गर्नुहुन्न भन्ने गलत मानसिकता थियो । विदेशमा...

  • २०७६ बैशाख ११, बुधबार

    इजिप्ट जनमतसङ्ग्रहः राष्ट्रपतिको कार्यकाल बढाउने प्रस्ताव अनुमोदन

    इजिप्टमा सम्पन्न पछिल्लो जनमतसङ्ग्रहले राष्ट्रपति अब्देल फताह अल–सिसीको कार्यकाल बढाउने प्रस्तावलाई प्रचण्ड बहुमतले अनुमोदन गरेको छ । इजिप्टको निर्वाचन आयोगका प्रमुख लाशिन इब्राहिमका अनुसार संशोधन प्रस्तावको पक्षमा ८८।८३ प्रतिशत र विपक्षमा ११।१७ प्रतिशत मत खसेको थियो । इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्ताव सहितको संविधान संशोधन प्रस्तावमाथिको जनमतसङ्ग्रहका लागि शनिबारदेखि तीन दिने...

  • २०७६ बैशाख ११, बुधबार

    दक्षिण अफ्रिकामा ५१ जनाको मृत्यु

    दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा आएको बाढीमा परी कम्तीमा ५१ जनाको मृत्यु भएपछि राष्ट्रपति सिरिल रामाफोसाले स्थलगत अवलोकन गर्नुभएको छ । दक्षिण अफ्रिकामा हालका दिनहरुका भारी वर्षाले सताएको र सोही कारण गत हप्ताबाट दक्षिण र पूर्वी भागहरु प्रभावित भएका छन् । लिबिया र सुडानमा जारी द्वन्द्वको विषयमा इजिप्टमा भएको सम्मेलनबाट फर्किनु भएका रामाफोसाले यस बाढीबाट ज्यान गुमाएका परिवार र समुदायप्रति दुःख...

  • २०७६ बैशाख ११, बुधबार

    सामुदायिक भवन निर्माण

    गोरखाको शहीद लखन गाउँपालिका–७ मा ३ वटा भूकम्प प्रतिरोधी नमूना सामुदायिक भवन निर्माण सम्पन्न भएको छ । गाउँपालिकाको चिलौने चौतारा, लाखेडाँडा र देउरालीमा कूल रु ६४ लाख ६० हजार ४७१ को लागतमा सामुदायिक भवन निर्माण गरिएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिनुभयो । पद्धति विकास सेवा केन्द्रको आर्थिक सहयोगमा निर्माण भएको तीनवटै भवनमा तीनवटार सुविधा सम्पन्न शौचालय निर्माण गरिएको उहाँले बताउनुभयो । ‘वडा...

  • २०७६ बैशाख ११, बुधबार

    नेकपाका केन्द्र र जिल्ला कमिटीको अधिवेशन छिट्टै हुने

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमलदाहाल ‘प्रचण्ड’ ले छिट्टै पार्टीको केन्द्र र जिल्ला कमिटीको अधिवेशन हुने बताउनुभएको छ । महालक्ष्मी नगरपालिका–६ स्थित सिद्धिमङ्गल माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्दै उहाँले नेकपाले हालै जिल्ला अध्यक्ष र सचिवको टुङ्गो लगाएकाले चाँडै कमिटी पूर्ण हुने बताउनुभयो । यस वर्ष पार्टीको सङ्गठन सुदृढीकरण र शुद्धीकरणको हिसाबले महत्वपूर्ण काम हुने...

  • २०७६ बैशाख १०, मंगलबार

    रासस समाचार प्रभाव चिकित्सक आवास निर्माण हुने

    धवलागिरि अञ्चल अस्पतालमा सेवारत चिकित्सकहरु आवास अभावका कारण होटलमा बस्नुपर्ने बाध्यता उल्लेख गर्दै राष्ट्रिय समाचार समितिमा गत चैत ६ गते प्रकाशित ‘होटलमा बस्छन् अस्पतालका डाक्टर’ भन्ने शीर्षकमा समाचार प्रकाशित भएलगत्तै गण्डकी प्रदेश सरकारले चिकित्सक आवास निर्माणमा गरिदिने भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले चिकित्सक होटलमा बसेर सेवा प्रदान गरेको समाचारप्रति गम्भीर...

  • २०७६ बैशाख १०, मंगलबार

    रात्रिबस दुर्घटनामा ६ घाइते

    सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ घाइते भएका छन् । ना५ख ५३३० नंको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने ५४ वर्षीय मुनिराम मोहरिया, निजकी श्रीमती ४८ वर्षीया कञ्चन मोहरिया, म्याग्दी...

  • २०७६ बैशाख १०, मंगलबार

    संसदीय टोलीद्वारा गुठी समस्याको अध्ययन

    गण्डकी प्रदेशको अर्थ विकास समितिको टोलीले म्याग्दीको पिप्ले, भगवती र दोवाको गुठी जग्गाको समस्याको बारेमा स्थलगत अध्ययन गरेको छ । समितिका सभापति दीपक कोइराला नेतृत्वको टोलीले सोमबार गुठीसम्बन्धी समस्या भएको दोवा, भगवती र पिप्लेका बासिन्दा र सरोकारवालासँग भगवतीमा अन्तरक्रिया गरी समस्याको बारेमा जानकारी लिएको हो । विसं १८६३ मा मुक्तिनाथ भ्रमणमा जाने क्रममा तत्कालीन बडामहारानी सुवर्णप्रभादेवी शाहले...

  • २०७६ बैशाख १०, मंगलबार

    प्रमुखको अध्यक्षतामा आगामी एक हप्तामा विपत् व्यवस्थापन समिति

    काठमाडौँ महानगरपालिका कामपा ले जारी गरेको विपत् व्यवस्थापन ऐन कार्यान्वयनका लागि एक हप्ताभित्र कामपाका प्रमुखको अध्यक्षतामा समिति तयार हुने भएको छ । कामपाको गत चैत २४ गते बसेको चौथो नगरसभाले उक्त ऐन पारित गरेको थियो । अबको एक हप्ताभित्र कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा उक्त समिति गठन गरिने प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो । समिति ११ सदस्यीय रहने छ । समितिमा कामपाका उपप्रमुख...

  • २०७६ बैशाख १०, मंगलबार

    पर्वतका आधा दर्जन ठूला योजना लामो समयदेखि अलपत्र

    बजेट अभाव र निर्माणको जिम्मा लिएकाहरुको लापरवाहीका कारण पर्वतका विभिन्न छ ठूला योजना अलपत्र बनेका छन् । कतिपय योजना सम्पन्न भएर पनि अलपत्र परेका छन् भने कतिपय निर्माणाधीन अवस्थामै अलपत्र परेका हुन् ।  निर्माण समयमा प्राविधिक पक्षलाई ध्यान नदिइएका कारण करोडौँ खर्चेर निर्माण सम्पन्न भएका योजना त्यसै छोडिएका छन् । जिल्लामा अलपत्र अवस्थामा रहेका योजनामध्ये साविकको धवलागिरि अञ्चलको एक मात्र महिला...

  • २०७६ बैशाख १०, मंगलबार

    आगलागीबाट इलेक्ट्रोनिक्स पसल ध्वस्त

    नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीटोलस्थित एक इलेक्ट्रोनिक्स पसल गए राति आगलागीबाट ध्वस्त भएको छ । धु्रव दाहालले सञ्चालन गरेको सौगात इलेक्ट्रोनिक्समा आगलागी भएको हो ।  कोही नभएको बेलामा भएको आगलागीबाट पसलमा रहेको एलइडी टिभी, फ्रिजलगायतका सामग्री जलेर ध्वस्त भएको बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो । उहाँले विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने जानकारी दिनुभयो । आगलागीको कारण र क्षतिको...

Pages