STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ९, सोमबार

    तालिबानी लडाकूको मृत्यु

    घाज्नी प्रान्तको काराबाग जिल्लामा सोमबार बिहान अफगान सुरक्षाफौजले गरेको कारबाहीमा नौ जना तालिबानी लडाकूको मृत्यु भएको छ । प्रान्तीय सरकारका प्रवक्ता आरफ नुरीले सेनाले तालिबानी समूहको कब्जामा रहेका अरु १० जनालाई पनि मुक्त गराएको जानकारी दिनुभयो । नुरीका अनुसार सेनाले पाँच जना तालिबानी लडाकूलाई पक्राउ गरेको छ । घाज्नी प्रान्तको केही भूभाग कब्जा गरेका तालिबानी समूहले भने यस सैनिक कारबाहीका बारेमा...

  • २०७६ बैशाख ९, सोमबार

    सर्वोत्तम सिमेन्ट उद्योगद्वारा वन अतिक्रमण

    पश्चिम नवलपरासीको सुनवल–११ जोडेनीस्थित सर्वोत्तम सिमेन्ट उद्योग प्रालिले वन क्षेत्र अतिक्रमण गरेको पाइएको छ । स्थानीयवासीको गुनासोपछि राष्ट्रियसभाका सांसद रामलखन हरिजन र जिल्ला समन्वय समिति जिसस का प्रमुख शिवशङ्कर रायसहितको टोलीले स्थलगत अनुगमन गर्दा उद्योगले वन क्षेत्र अतिक्रमण गर्नाका साथै नेपाल सरकारसँग गरेको सम्झौतासमेत उल्लङ्घन गरेको पाइएको हो ।  उद्योगले अतिक्रमण गरेको वनक्षेत्र भगवती...

  • २०७६ बैशाख ९, सोमबार

    प्रदेश सरकार र रासस सँगसँगै ः मुख्यमन्त्री राई

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रममा राष्ट्रिय समाचार समिति रासस सँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले परम्परागत ढङ्गले राससलाई हेर्न हुन्न भन्नेबारे आफू स्पष्ट रहेको जनाउँदै प्रादेशिक तहमा यसका सेवा र संरचना व्यवस्थित हुन सक्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा राष्ट्रिय समाचार समिति ९रासस०...

  • २०७६ बैशाख ९, सोमबार

    आपतकालीन व्यवस्थापन तालीम प्रभावकारी

    आपत्कालीन अवस्थामा अस्पताल व्यवस्थापन तथा स्वास्थ्यकर्मीलाई परिचालन गर्न आपत्कालीन व्यवस्थापन तालीम प्रभावकारी देखिएको छ । विशेषगरी कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आपतकालीन अवस्थामा कसरी उद्धार तथा उपचार सेवा पु¥याउने भन्ने ध्येयले विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र  कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संयुक्तरूपमा सञ्चालित...

  • २०७६ बैशाख ९, सोमबार

    युक्रेनको राष्ट्रपतिमा हास्य कलाकार जेलेन्स्की विजयी

    किभ,  बैशाख रासस(एएफपी युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्य कलाकार भोलोडिमर जेलेन्स्की विजयी हुनुभएको छ । उहाँले वर्तमान राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई ठूलो मतान्तरले पराजित गर्नुभएको हो । राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय हास्य कलाकार जेलेन्स्कीले ७३।२ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । निर्वाचन आयोगका अनुसार पोरोशेन्कोले २४।४ प्रतिशत मात्र मत प्राप्त गर्नुभएको छ । यद्यपी...

  • २०७६ बैशाख ९, सोमबार

    असहाय देवीलाई नयाँ घर

    छोरी जन्माएको पाँच दिनमा पतिको मृत्यु भएर असहाय बनेकी मेचीनगर नगरपालिका–१० की देवीमाया मेचेलाई स्थानीयवासीले सहयोग जुटाएर पक्की घर बनाइदिएका छन् ।मेचीनगर–९ मा रु छ लाख २० हजारको लागतमा निर्मित चार कोठे घर उहाँलाई आज आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो । विद्यालय जाने उमेरकी ठूली छोरी र काखमा हुर्किदै गरेकी सानी छोरीलाई लिएर आफ्ना लागि बनाइएको नयाँ घरमा प्रवेश गर्न पाउँदा देवीमायाले खुशीका...

  • २०७६ बैशाख ९, सोमबार

    नयाँ प्रविधिमा आधारित सिँचाई आयोजना जोखिममा

    पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ दुम्कीबासमा निर्माणाधीन नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना जोखिम अवस्थामा पुगेको छ । तत्कालीन डिभिजन सिँचाइ कार्यालय सेमरी नवलपरासीको कार्यान्वयनमा एक वर्षअघि शुरु भएको उक्त ठूलोटाँडी लिफ्ट नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजना निर्माणाधीन अवस्थामै जोखिममा पर्ने अवस्था देखिएको हो । आयोजनाअन्तर्गत निमार्ण गरिएको इनार नजिकैबाट नदी जन्य पदार्थ निकालिएपछि...

  • २०७६ बैशाख ९, सोमबार

     उपत्यकामा ‘नो हर्न’ कार्यान्वयन फितलो

    काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण बढेको भन्दै सवारी साधनलाई हर्न बजाउन निषेध गरेपनि त्यसको कार्यन्वयन फितलो देखिएको छ ।  काठमाडौँ महानगरपालिकाले २०७४ वैशाख १ गतेबाट काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रणको अभ्यास शुरु गरेको हो । दुई वर्ष बितिसक्दासम्म सडकको मुख्य स्थानमा प्रशस्तै मात्रामा सवारी साधनहरुले ध्वनि प्रदूषण गरिरहेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको अग्रसरतामा कामपा र यातायात...

  • २०७६ बैशाख ९, सोमबार

    तरकारी बेचेरै पढाइ खर्च

    जुम्ला चन्दननाथ नगरपालिका–४ का १३ वर्षीय बालिका नवीना योगी तरकारी बेचेरै पढाइ खर्च जुटाउनुहुन्छ ।  चन्ददनाथ नमूना मावि खलङ्गामा कक्षा ९ मा अध्ययनरत् योगी विद्यालय छुट्टीपछिको समयमा तरकारी बेच्ने काम गर्दे आइरहनुभएको छ । घरको आर्थिक अवस्था नाजूक भएकाले पढाइ खर्च जुटाउन योगीले यस्तो गरेको बताउनुभएको हो । “विद्यालय छुट्टी भएपछि तरकारी बेच्न हिड्छु, राम्रै आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।...

  • २०७६ बैशाख ९, सोमबार

    बालुवा र गिट्टी छान्दै ज्येष्ठ नागरिक

    साठी वर्षीया हेमादेवी केसी प्रचण्ड गर्मीलाई समेत बेवास्ता गर्दै शनिबार महाकाली नदीको किनारमा बालुवा÷गिट्टी छानिरहेको अवस्थामा भेटिनुभयो । परिवारको आश्रयमा रमाउँदै विश्राम लिनुपर्ने बेलामा नदीको तातो बालुवासित सङ्घर्ष गर्नु उहाँकोे बाध्यता हो ।   कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ ऐरीस्थित महाकाली किनारमा झुपडी बस्दै आउनुभएका हेमादेवीले बालुवा र गिट्टी सङ्कलन गरेर बिक्री  गर्दै आएको नौ  वर्ष भयो ।...

  • २०७६ बैशाख ९, सोमबार

    कैदीबन्दीको समयलाई सदुपयोग गर्नुपर्ने

    कारागार शाखा कास्की, पोखरामा कारखानाको अभावमा कैदीबन्दीको रुपमा रहेका युवाको जनशक्ति खेर हुँदै गइरहेको देखिएको छ । सो कारागारमा मुढा निर्माण र महिला झोला बुन्ने कामबाहेक अन्य साना उद्योग केही नरहेकाले कारागारका युवालाई समय बिताउन कठिनाइ भएको छ । कुनै व्यावसायिक कार्य नभएकाले आयआर्जन पनि गर्न नसक्ने अवस्था रहेको छ ।   उक्त कारागारमा ७५५ जना कैदीबन्दी रहेकामा अधिकांश कैदीबन्दी २०देखि ४० वर्षको...

  • २०७६ बैशाख ९, सोमबार

    अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता पटनामा शुरु

    अन्तर्राष्ट्रिय खुला कराँते प्रतियोगिता आजदेखि भारतको पटनामा शुरु भएको छ । भारतको राजधानी पटनास्थित पाटलीपुत्र स्पोर्ट्स कम्पेलेक्समा शुरु भएको प्रतियोगिताको पटना विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा रास विहारी सिंहले उद्घाटन गर्नुभयो । अल इण्डिया सितोरयो कराँते डो एकेडेमीको आयोजना तथा कराँते एशोशिएशन अफ इण्डियाको सहयोगमा आयोजना गरिएको प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटानलगायत देशका...

Pages