-
२०७६ बैशाख ९, सोमबार
विद्यार्थीको चाप बढेपछि भर्ना रोकियो
“विद्यार्थीको सङ्ख्या बढाउँछौँ अङ्ग्रेजी माध्यममा पढाइ शुरु गर्दैछौँ भन्दा कहाँबाट विद्यार्थी ल्याउँछौ भनेर आशङ्का व्यक्त गरियो । अहिले भर्ना नै रोक्नुपरेको छ ।” यो भनाइ हो चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित राष्ट्रिय आधारभूत विद्यालय फिस्लिङका शिक्षक भविश्वर गुरुङको । यस शैक्षिक सत्र २०७६ बाट नर्सरी केजी र कक्षा १ मा विद्यालयले अङ्ग्रेजी माध्यमबाट पठनपाठन शुरु गरेको छ । नर्सरी केजी र कक्षा १...
-
२०७६ बैशाख ९, सोमबार
इरानी तेल आयातमा दिइएको छुट अन्त्य गर्ने अमेरिकी तयारी
संयुक्तराज्य अमेरिकाले इरानी खनिज तेलको आयात रोक्न अन्यथा प्रतिबन्धको सामना गर्न आयातकर्ताहरुलाई चेतावनी दिने तयारी गरेको छ । अमेरिकाले यससम्बन्धी घोषणा स्थानीय समयअनुसार सोमबार गर्ने अपेक्षा गरिएको ह्वाइट हाउस स्रोतले जनाएको छ । अमेरिकी तयारीबारे समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ३ प्रतिशतले वृद्धि भएको छ । यो वृद्धिसँगै सन् २०१९ मा तेलको मूल्य सबैभन्दा उच्च विन्दुमा...
-
२०७६ बैशाख ९, सोमबार
तरकारी खेतीमा वडाध्यक्ष
बिहानीको झिसमिसेमै तरकारीले भरिएका झोलासहित होटल र तरकारी पसल पुग्नुहुन्छ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ का वडाध्यक्ष दिलबहादुर बुढाको दैनिकी बनेको छ । खेतमा तरकारी रोप्नेदेखि गोडमेल गर्ने, उत्पादित तरकारी टिप्ने र बजारमा बिक्री गर्नेसम्मका कार्यका लागि तन्नेरी झै पाँच दशक काटी सक्नुभएका वडाध्यक्ष बुढा आफै खटिनुहुन्छ । स्थानीय झलारी, कलुवापुर र वनसमिति बजारका होटल र तरकारी पसलमा उहाँले...
-
२०७६ बैशाख ९, सोमबार
सन्दर्भ विश्व पुस्तक दिवस ः अझै बनेन पुस्तक नीति
‘पुरानो कोट लगाउ, नयाँ पुस्तक किन’– हेनरी डेभिड थोरो । पुस्तकको महत्वलाई राम्ररी बुझेका राजनीतिक विचारक थोरोको उक्त भनाइलाई अहिले पनि धेरैले आत्मसात् गर्ने गरेका छन् । विश्वमा पुस्तक पढ्ने संस्कृति बढ्दै गएको छ र प्रकाशन गर्ने संस्थाहरुले पनि वर्षमा लाखौँ पुस्तक प्रकाशित गर्ने गरेका छन् । नेपालमा अहिलेसम्म पुस्तक प्रकाशनसम्बन्धी नीति बन्न सकेको छैन । नीतिकै अभावमा नेपालमा उत्कृष्ट पुस्तक...
-
२०७६ बैशाख ९, सोमबार
जग्गा दान
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन् । लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराउनुभएको हो । यस्तै सीमित जग्गामा निर्माण...
-
२०७६ बैशाख ९, सोमबार
कफी खेतीतर्फ आकर्षित हँुदै कालीमाटीका घर्ती
तनहुँको भानु नगरपालिका–१० कालीमाटीका एकबहादुर घर्तीले व्यावसायिक रुपमा कफी खेती गर्नुभएको छ । करीब ६०० कफीका बिरुवा लगाएर किसान घर्तीले आम्दानी गर्न थाल्नुभएको हो । चार वर्षदेखि कफी खेती शुरु गर्नुभएका घर्तीले गत वर्षदेखि कफीले उत्पादन दिन शुरु गरेको बताउनुभयो । ‘‘गत वर्ष करीब ७० किलो कफी उत्पादन भएका थियो’’ उहाँले भन्नुभयो, ‘‘सबै बिरुवाले एकै चोटी उत्पादन नदिँदा सोचेअनुरुप भएन तर यस वर्ष...
-
२०७६ बैशाख ९, सोमबार
तारा एयरको विमान दुर्घटना
तारा एयरलाइन्सको जहाज रामेछापको सदरमुकाम मन्थलीको हवाई मैदानमा अवतरण गर्ने क्रममा आज बिहान दुर्घटना भएको छ । काठमाडौँबाट १४ जना विदेशी पर्यटक लिएर सोलुखुम्बुको फाप्लुतर्फ उडेको तारा एयरलाइन्सको नाइन एन एकेके डोर्नियर जहाज खराब मौसमका कारण फाप्लुमा अवतरण गर्न नसकेपछि रामेछापको मन्थली विमानस्थल फर्किएको थियो । मन्थलीमा जहाज अवतरण गर्ने क्रममा धावनमार्गमा चिप्लिएर रन वेको पश्चिमतर्फको मैदानमा गएर...
-
२०७६ बैशाख ९, सोमबार
भेरी बबई डाइभर्सन स् दुई प्रदेशबीच मतभेद शुरु– १
राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माण सम्पन्न नहुँदै दुई प्रदेशबीच मतभेद शुरु हुन थालेको छ । आयोजनाबाट पाउने लाभका विषयमा कर्णाली र प्रदेश नं ५ बीच मतभेद देखिन थालेको हो । आयोजनाको बाँधस्थल र विद्युत्गृह दुवै सुर्खेतमा पर्दछन् । भेरीगङ्गा नगरपालिका–५ चिप्लेमा १४ मिटर अग्लो बाँध बनाई १२ किमी लामो सुरुङमार्फत भेरीगङ्गाकै वडा नं–११ हात्तीखोलस्थित बबईमा भेरीको पानी खसालिँदैछ...
-
२०७६ बैशाख ९, सोमबार
काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताउनुभएको छ । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उहाँको जिकिर थियो । झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।...
-
२०७६ बैशाख ९, सोमबार
बहुप्राविधिक महाविद्यालय निर्माण हुँदै
सम्झौता भएको १० वर्षपछि नेपाल–भारतमैत्री बहुप्राविधिक महाविद्यालय स्थापनार्थ भवनलगायतका पूर्वाधार निर्माण प्रक्रिया अगाडि बढाइएको छ । विसं २०६६ मा हेटौँडामा बहुप्राविधिक महाविद्यालय स्थापना सम्झौता भए पनि भारतीय पक्षको ढिलासुस्तीले महाविद्यालय स्थापनाको कार्यमा ढिलाइ भएको थियो । दुई देशको सम्झौताअनुसार नेपाल पक्षले हेटौँडामा जग्गा उपलब्ध गराए पनि भारतीय पक्षले चासो नदिँदा उक्त महाविद्यालयको...
-
२०७६ बैशाख ९, सोमबार
मौसममा आंशिक बदली, मेघ गर्जनसहित हल्का वर्षा
देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र हुरीबताससहित हल्का वर्षाको सम्भावना देखिएको छ । भारतको बिहार र छत्तिसगढको मौसममा बनेको न्यून चापीय रेखाको प्रभावस्वरुप नेपालका पूर्व र मध्य क्षेत्रको मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्यून चापीय क्षेत्र विद्यमान रहेकाले आइतबारदेखि बदली भएको मुलुकभरको मौसम बुधबारसम्म बदली रहने महाशाखाका मौसमविद्...
-
२०७६ बैशाख ९, सोमबार
आरोहीको ओहिरो ः ४८ करोड बढी रोयल्टी
यस वर्षको वसन्त ऋतुमा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि विभिन्न मुलुकका आरोहीको उत्साहजनक सहभागिता रहेको छ । यस यामको हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्यामा उत्साहजनक वृद्धि भएको छ । पर्यटन विभागको पर्वतारोहण शाखाका अनुसार आइतबारसम्म हिमाल आरोहण अनुमति लिने आरोही समूहको सङ्ख्या ९३ पुगेको छ । सगरमाथासहितका हिमाल आरोहणका लागि ९३ समूहबाट ७७८ जना आरोही गएका छन् । सो आरोही...


