STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ६, शुक्रबार

    कालोपत्र भएको सडक एक वर्षमै जीर्ण

    सडक कालोपत्र भएको एक वर्षमै गौरीघाट–टुसाल सडकमा खाल्डाखुल्डी हुन थालेको छ । सडक कालोपत्र गर्दा गुणस्तरीय काम नभएकाले एक वर्षमै जीर्ण भएको स्थानीयवासीको गुनासो छ । तोकिएको समयभन्दा बढी समय लगाएर बनेको सडक निर्माण भएको एक वर्षमै जीर्ण बन्दा हिउँदमा धुलो र वर्षामा हिलोको समस्या रहेको स्थानीय रवि भट्टराई बताउनुहुन्छ । निर्माण व्यवसायीले सम्झौताअनुसार काम नगर्ने, सडक डिभिजन कार्यालयले अनुगमन नगर्ने...

  • २०७६ बैशाख ६, शुक्रबार

    बजेट अभावले थला पर्दै महाकाली सिँचाइ

    कञ्चनपुरमा महाकाली सिँचाइ तेस्रो चरणअन्तर्गत मूलनहर निर्माणको काम बजेट अभावले रोकिने छ । भीमदत्त नगरपालिकाको ब्रह्मदेव क्षेत्रमा करीब १३ किलोमिटर मूल नहर बनेपछि १५ महीनाअघि थप १५ किलोमिटर मूल नहर निर्माणका लागि तीनवटा प्याकेजमा सम्झौता भएको थियो ।   निर्माण कम्पनीले काम गरेअनुसारको भुक्तानी पाउनसक्ने अवस्था छैन । महाकाली सिँचाइ तेस्रोचरण आयोजनाका निर्देशक लोकबहादुर थापाले बजेट अभावले नहर...

  • २०७६ बैशाख ६, शुक्रबार

    गिर्जाघरको छाना खस्दा १३ जनाको मृत्यु

    दक्षिण अफ्रिकाको डर्बानमा गिर्जाघर ९चर्च० को छाना खस्दा त्यहाँ भेला भएका श्रद्धालुमध्ये १३ जनाको मृत्यु भएको छ । स्थानीय प्रहरी अधिकारीहरुले ठूलो वर्षापछि उत्तरी डर्बानको डाङ्गुबो नगरमा स्थानीय समयअनुसार बिहीबार साँझ दुर्घटना भएको बताएका छन् । प्रान्तीय मामिला विभागका प्रवक्ता लेनोक्स माबासोले १३ जनाको मृत्यु भइसकेको र १६ जनाको अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

  • २०७६ बैशाख ६, शुक्रबार

    भिटामिन ए र जुकाको औषधि खुवाउँदै

    सरकारले आज र भोलि जन्मेको ६ महीनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए, जन्मेको एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउँदैछ भने ती उमेर समूहका बालबालिकाको पाखुराको नापसमेत लिदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमभित्र सो कार्यक्रम रहेको छ । सङ्घीयता कार्यान्वयन भएसँग स्थानीय तहले सो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । स्वास्थ्य सेवा...

  • २०७६ बैशाख ६, शुक्रबार

    राष्ट्रपतिबाट नवदुर्गा नाचको अवलोकन हुने

    राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको अवलोकन गर्नुहुने भएको छ । शक्तिको देवीको रुपमा मानिने नवदुर्गा नाच अवलोकन गर्न नवदुर्गा देवगणले केहीवर्ष अघिदेखि आग्रह गर्दै आए पनि त्यो अवसर भने भोलिका लागि जुरेको छ । भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भोलि दिउँसो २ बजेदेखि जिल्ला समन्वय समितिको परिषरमा आयोजना हुने नवदुर्गा नाचको अवलोकन गर्न राष्ट्रपति आउने हुनुभएको सङ्घले आज...

  • २०७६ बैशाख ६, शुक्रबार

    हरेक स्थानीय तहमा स्वास्थ्य चौकी बन्दै

    पाल्पा जिल्लामा एक अस्पताल र अरु नौ वटा स्वास्थ्य चौकीका भवन निर्माणाधीन छन् । चालु आर्थिक वर्षमा दुई वटा स्वास्थ्य चौकीको निर्माण सम्पन्न हुँदैछ ।         निस्दी गाउँपालिकाको वडा नं ६ अर्चलेमा निर्माणाधीन स्वास्थ्य चौकी भवनको काम लगभग अन्तिम चरणमा पुगेको छ । रु एक करोड २४ लाखको लागतमा लोकप्रिय कन्स्ट्रक्सन प्रालिसँग २०६८ चैत ९ गते सम्झौता भए पनि ठेकेदारले काममा चासो नदिँदा ढिलाइ हुन पुगेको हो ।...

  • २०७६ बैशाख ६, शुक्रबार

    सामुदायिक विद्यालयमा पढाउनुपर्ने नगरपालिकाको निर्णय

    सामुदायिक विद्यालयको अवस्था निरन्तर खस्ँिकदै गएपछि चितवनको रत्ननगर नगरपालिकाले नगरभित्रका सरकारी शिक्षक र कर्मचारीले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने भन्दै परिपत्र गरेको छ । वैशाख २ गते परिपत्र गर्दै नगरपालिकाले सरकारी कर्मचारी, शिक्षक, जनप्रतिनिधिलगायत सरकारी तलब भत्ता सुविधा लिने सम्पूर्णले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने निर्देशन दिएको हो । सामुदायिक...

  • २०७६ बैशाख ६, शुक्रबार

    धुलो र धुवाँले सस्थानीय बासिन्दा आक्रोशित

    धनगढीमा निर्माणाधीन मोहना–अत्तरिया छ लेन सडकमा फैलिने धुलो र धुवाँले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि सडक आसपासका बासिन्दा  आक्रोेशित भएका छन् । सडकबाट उडेको धुलोले छेउछाउका पसल र घरमा बस्नै कठिन भएकाले धनगढी उपमहानगरपालिका–२, ३, १३ लगायतका बासिन्दा  आक्रोेशित भएका हुन् । हिजोआज धनगढीमा गर्मी बढेसँगै दिउँसो र साँझपख चल्ने हावाहुरी र सडकमा सवारी गुड्दा उड्ने धुवाँ र धुलोले उनीहरूलाई झन...

  • २०७६ बैशाख ६, शुक्रबार

    बैँकले  उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्छ–अर्थमन्त्री

    अर्थमन्त्री डा युवराज खतिवडाले विकासका साझेदार बैंकले व्यावसायिक र सामाजिक उत्तदायित्व बहन गर्नुपर्छ भन्नुभएको छ । नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यालय प्रदेश नं–१ द्वारा आज यहाँ आयोजित कृषिलगायत सहुलियत कर्जा वितरण समारोहमा ऋणीलाई ऋण वितरण गर्दै उहाँले उत्पादनशील र पूँजी निर्माण हुने क्षेत्रमा बैँकले लगानी गर्नुपर्छ भन्नुभयो ।  ‘‘बैंकले आफ्नो कारोबार बढाउनुपर्छ र यसैबाट पूँजीको चलायमान हुन्छ...

  • २०७६ बैशाख ६, शुक्रबार

    सेनाद्वारा बम निष्क्रिय

    तनहुँको भिमाद नगरपालिका परिसरमा आज बिहान भेटिएको बम नेपाली सेनाले निष्क्रिय गरेको छ । अज्ञात समूहले कुकरमा प्लाष्टिक बेरेर राखेको बम खैरेनीटारबाट गएको नेपाली सेनाले निष्क्रिय गरेको हो । इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले सेनाको सहयोगमा बम निष्क्रिय गरिएको जानकारी दिनुभयो । रेग्मीका अनुसार बम राख्नेको पहिचान हुन सकेको छैन । नेत्रविक्रम चन्द समूहले आतङ्कि पार्न बम...

  • २०७६ बैशाख ६, शुक्रबार

    कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याइने

    कीर्तिपुर नगरपालिकाले त्यस क्षेत्रको स्थापना, सभ्यता, संस्कृतिलगायत इतिहासलाई समेटेर ‘कीर्तिपुरको सांस्कृतिक इतिहास’ प्रकाशनमा ल्याउने भएको छ । लिच्छिवीकालको उतराद्र्धमा करीब ११औँ शताब्दीमा शिवदृव तेस्रोले स्थापना गरेको उक्त स्थानमा पाइएका लिपी, शिलापत्र, ताम्रपत्र, थ्यासपुःको अध्ययनका आधारमा रहस्मय संस्कृतिको अनुसन्धान समावेश गरी कृति प्रकाशन गर्न लागिएको हो । नेपाल भाषा एकेडेमीले उक्त कृति...

  • २०७६ बैशाख ६, शुक्रबार

    गयल शिक्षकको तलब कट्टा

    नयाँ शैक्षिक सत्रदेखि तेमाल गाउँपालिकाले निवेदन र सूचना बिना बिदामा बस्ने शिक्षकको तलब कट्टा गर्नेभएको छ । नयाँ शैक्षिक सत्रदेखि यस्तो नियम लागू गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत नवीन लामाले बताउनुभयो ।  उहाँका अनुसार गत शैक्षिक सत्रमा गरिएको अनुगमनका आधारमा यस्तो नियम बनाइएको हो । लामाले भन्नुभयो, “शिक्षक बिदामा बसेको प्रधानाध्यापकलाई समेत थाहा नहुनु गम्भीर लापर्वाही हो, अब निवेदन र सूचना...

Pages