-
२०७६ बैशाख ६, शुक्रबार
जङ्गली बँदेलको तस्करी
जिल्लाको माडी क्षेत्रबाट सौराहाका होटलमा बँदेल पठाउने गिरोह सक्रिय हुन थालेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षामा कडाइ गरेको छ । निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेना, निकुञ्ज कर्मचारी र विशेष तालीमप्राप्त कुकुरले सवारी साधनको जाँचमा कडाइ गरेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार माडी क्षेत्रमा जङ्गली बँदेल समाएर अर्धचेत बनाई गाडीमा राखेर सौराहाका होटलमा पु¥याउने गरेको...
-
२०७६ बैशाख ६, शुक्रबार
नेविसङ्घ स्वर्ण जयन्ती आज, विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ ९नेविसङ्घ०ले आफ्नो स्थापनाको स्वर्ण जयन्ती आज देशभर मनाउन लागेको छ । विसं २०२७ वैशाख ६ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेको बेला काठमाडौँको स्वयम्भूस्थित सत्तलमा सन्त नेता कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेविसङ्घको स्थापना भएको थियो । त्यस समय यता नेविसङ्घले वैशाख ६ गतेलाई आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । स्वर्ण जयन्तीको...
-
२०७६ बैशाख ६, शुक्रबार
मन्त्रिपरिषदमा व्यापक फेरबदल
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गर्नुभएको छ । प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गर्नुभएको छ । पाकिस्तानी सञ्चारमन्त्री फवाद चौधरीलाई विज्ञान तथा प्रविधि मन्त्री बनाइएको छ । चौधरीको स्थानमा सन् २०१७ मा पाकिस्तान पिपुल्स पार्टी परित्याग गरी...
-
२०७६ बैशाख ६, शुक्रबार
मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी
मानिसको मानसिक स्वास्थ्य समस्या घटाउन उपयुक्त मनोविमर्श सेवा जरुरी रहेको मनोविद्हरुले बताएका छन् । साइक डेस्क फाउण्डेशन, द स्कूल अफ साइकोलोजी नेपाल र इण्डियन इन्स्टिच्युट अफ साइको ड्रामाको संयुक्त आयोजनामा काठमाडौँमा भएको साइको थेरापी तथा साइको ड्रामासम्बन्धी प्रशिक्षणका क्रममा विज्ञहरुले यस्तो बताएका हुन् । मनोविज्ञानका विद्यार्थी, मनोविमर्शकर्ता, सामाजिक मनोविमर्शकर्ता तथा नर्सिङका...
-
२०७६ बैशाख ६, शुक्रबार
राष्ट्रपतिसँगको भेटघाटले जनप्रतिनिधि उत्साहित
राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाटपछि बाँके र बर्दियाका जनप्रतिनिधि उत्साहित भएका छन् । “हाम्रै शहरमा राष्ट्रपतिज्यूले हामीलाई सम्झना गरेर भेटघाट गर्नुभयो, यस क्षेत्रको विकास निर्माणबारे चासो देखाउनुभयो, यो हाम्रो लागि ठूलो अवसर हो,” नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो, “राष्ट्रपतिज्यूसँग प्रत्यक्ष रुपमा भेटघाट गरेर विकास निर्माणका सवालमा छलफल गर्न पाउँदा खुशी...
-
२०७६ बैशाख ६, शुक्रबार
सगरमाथाको चुचुरोबाट पर्यटन जागरणको उद्घोष
मुलुकभरि नै पर्यटन जागरणको सन्देश फैलाउने उद्देश्यले किर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पाले ‘मेरो गाउँ, मेरो ठाउँ’ अङ्कित झन्डालाई विश्वकै सर्वोच्च शिखर सगरमाथामा फहराउने भएका छन् । १३ औँ पटक सगरमाथाको सफल आरोहण गरिसकेका शेर्पाको नाउँ गिनिज बुक अफ वल्र्ड रेकड्समा समेत दर्ज छ । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वि विल राईज फाउण्डेसन हामी उठ्ने छौँ ले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा ओझेलमा...
-
२०७६ बैशाख ६, शुक्रबार
एबियूको पाँचौ सम्मेलन काठमाडौंमा हुने
एशिया प्यासिफिक ब्रोडकास्टिङ यूनियन एबियू को पाँचौ सम्मेलन काठमाडौँमा हुने भएको छ । एबियूमा एशिया–प्रशान्त क्षेत्रका ७६ देश सदस्य रहेका छन् । ‘पाँचौँ एबियू मिडिया समिट क्लाइमेट एक्सन डिजास्टर प्रिपेयरनेश’ शिर्षकको सो कायक्रम विसं २०७२ को महाभूकम्प गएको दिनको सन्दर्भमा आगामी वैशाख १२ र १३ गते दरबारमार्गस्थित ¥याडिसन होटलमा आयोजना हुन लागेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम...
-
२०७६ बैशाख ६, शुक्रबार
आयोडिनयुक्त नुनको प्रयोगमा वृद्धि
जिल्लाका ग्रामीण क्षेत्रमा सरकारी अनुदानको आयोडिनयुक्त नुन सहजै पाउन थालेपछि यसको प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको छ । वर्षौदेखि ढिके नुनको प्रयोग गर्दै आएका यहाँका स्थानीय पछिल्लो समय आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् । सहजै आयोडिनयुक्त नुन पाउन थालेपछि ग्रामीण क्षेत्रमा ढिके नुनको प्रयोग घट्दै गएको जोरायल गाउँपालिका– ५ का स्थानीय लालबहादुर सार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “...
-
२०७६ बैशाख ६, शुक्रबार
लगानीसम्मेलन चितवनमा
प्रदेश नं ३ मा लगानी भित्र्याउनका लागि आज र भोलि लगानीकर्तासँग बृहत् अन्तक्र्रिया कार्यक्रम गरिने भएको छ । प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगले लगानी सम्मेलनकै ढाँचामा बृहत् कार्यक्रम गर्न लागेको हो । आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले अन्तक्र्रिया कार्यक्रममा निजी क्षेत्रलाई गुणस्तरीय पूर्वाधार, उद्योग, विशिष्टीकृत सेवा, विशिष्टीकृत कृषि र सम्पदामैत्री पर्यटन गरी पाँच वटा क्षेत्रमा...
-
२०७६ बैशाख ६, शुक्रबार
जनताको जलविद्युत्मा सभामुख महरा सहभागी
सरकारले नेपाली जनतालाई जलविद्युत् आयोजनाको शेयरधनी बनाई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ सुरु भएको जनताको जलविद्युत् कार्यक्रममा उत्साहपूर्ण सहभागिता हुने क्रम बढ्दै गएको छ । देशका महत्वपूर्ण पदमा आसिन हुनुभएका व्यक्तिले नै सो कार्यक्रममा सहभागी भई जनतालाई सहभागिताका लागि आग्रह गर्नुले पनि त्यसको महत्व बढ्दै गएको छ । स्वदेशी लगानीमा नै जलविद्युत् आयोजना निर्माण गर्ने र त्यसको...
-
२०७६ बैशाख ६, शुक्रबार
बिप्लव निकट किसान सङ्घ पाल्पाका अध्यक्ष पक्राउ
बिप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान सङ्घ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ । तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताउनुभयो । बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले...
-
२०७६ बैशाख ६, शुक्रबार
समयमा पानी परेपछि गुहुँको उत्पादनमा वृिद्ध
समयमा आकासे पानी परेपछि पर्सामा यसवर्ष गुहुँको उत्पादनमा उलेख्य वृद्धि भएको छ । बाली लाग्ने बेला पर्याप्त वर्षा भएको कारण गहँु उत्पादन राम्रो भएको किसानले बताएका छन् । गतवर्ष पर्सामा २२ हजार हेक्टर जग्गाबाट ७० हजार ४०० मैट्रिक टन गहुँ उत्पादन भएको तुलनामा यसवर्ष २६ हजार हेक्टर जग्गामा गरिएको खेतीबाट ९३ हजार ७०० मेट्रिक टन २३ हजार ३०० मेट्रिक टन भन्दा बढी गहुँ उत्पादन भएको कृषि ज्ञान केन्द्र...


