-
२०७६ बैशाख ८, आइतबार
दुई विधेयक पारित
प्रदेश नं ५, प्रदेशसभाको आजको बैठकले दुई विधेयक सर्वसम्मतिले पारित गरेको छ । जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश स्वास्थ्य संस्था स्थापना, सञ्चालन, नवीकरण तथा स्तरोन्नति गर्न बनेको विधेयक बैठकले पारित गरेको हो । सभामुख पूर्णबहादुर घर्तीले दुई विधेयक निर्णयार्थ प्रस्तुत गरेपछि बैठकले त्यसलाई पारित गरेको छ । जिल्लासभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न...
-
२०७६ बैशाख ८, आइतबार
दमकलविहीन स्थानीय तह
जुम्लाका सात स्थानीय तह दमकलविहीन बनेका छन् । जुम्लाको एकमात्र चन्दननाथ नगरपालिकामा दमकल भए पनि चलाउने चालक नहुँदा थन्किएको छ । अन्य सात गाउँपालिकामा भने दमकल छैन । जिल्ला आपत्कालीन कार्य सञ्चालन के न्द्र जुम्लाको तथ्याङ्कअनुसार जिल्लामा बाह्रै महीना आगलागीको उच्च जोखिममा देखिएको छ । आगलागीका घटना भए त्यसलाई निभाउन पर्याप्त स्रोत साधन नहुँदा धनजनको क्षति धेरै हुने गरेको छ । स्थानीय सरकारले...
-
२०७६ बैशाख ८, आइतबार
सहकारीलाई सूचनामैत्री बनाउनु आवश्यक ः सांसद बस्नेत
प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सहकारीलाई सूचनामैत्री बनाएर लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लि।ले आजोजना गरेको ‘सूचना प्रविधिमा महिलाको पहुँच’ विषयक दुईदिने तालीमको समापन अवसरमा उहाँले सूचना प्रविधिको प्रयोग नै आर्थिक विकास र समृद्धिको आधार भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का युवा नेता एवं पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद...
-
२०७६ बैशाख ८, आइतबार
प्राधिकरण र राष्ट्र बैंकबीच सम्झौता
मोबाइल वित्तीय सेवाको विकास तथा नियमनका लागि आवश्यक सहकार्य तथा समन्वय गर्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच समझदारी भएको छ । राष्ट्र बैंकको भूमिकासहितको सो सम्झदारी पत्रमा बैंकको तर्फबाट गर्भनर डा चिरञ्जीवी नेपाल र प्राधिकरणको तर्फबाट कार्यवाहक अध्यक्ष पुरुषोत्तम खनालले हस्ताक्षर गर्नुभएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । मोबाइल वित्तीय सेवाको विकास...
-
२०७६ बैशाख ८, आइतबार
कैदीको रगतले सुत्केरीको ज्यान बच्यो
सल्यानमा कैदीले दान दिएको रगतबाट एक सुत्केरीको ज्यान जोगाइएकोे छ । रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका–७की २१ वर्षीया मनिषा केसी ओलीको यहाँस्थित जिल्ला अस्पतालमा उपचारको समयमा रगत अभाव भएपछि कैदी पूजा घर्तीले रक्तदान गर्नुभएको हो । “अस्पतालमा रगत अभावका कारण सुत्केरीको उपचार हुन समस्या भएको समाचार सुनेपछि मैले रक्तदान गरेकी हूँ, ” पूजाले भन्नुभयो । गत शुक्रबारदेखि नै घरमै व्यथा लागेको मनिषालाई...
-
२०७६ बैशाख ८, आइतबार
वित्तीय विवरण सार्वजनिक गर्दै वाणिज्य बैंक
वाणिज्य बैंकले धमाधम तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । शनिबार सिटिजन बैंकले तेस्रो त्रैमासको विवरण सार्वजनिक गरेको थियो । सो बैंकले चैतमसान्तस्म्म रु एक अर्ब छ करोड ९६ लाख एक हजार बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै आज माछापुच्छ्रे« बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकको विवरणअनुसार नाफा बढेर रु एक अर्ब २४ करोड ८ लाख १८ हजार ३२९ पुगेको छ । गत...
-
२०७६ बैशाख ८, आइतबार
नेकपाः पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमा
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम टुङ्ग्याउने छ । नेताको अनुहार हेरेर होइन, निश्चित,...
-
२०७६ बैशाख ८, आइतबार
नेपाल एग्रो लघुवित्तको साधारण शेयर खुल्यो
नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरको बिक्री आजदेखि शुरु भएको छ । सो संस्थाले रु एक करोड ६१ लाख ७७ हजार ८०० बराबरको एक लाख ६१ हजार ७७८ कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो । कूल जारी पूँजीको ३२।५ प्रतिशत साधारण शेयर बिक्री गर्न लागिएको बताइएको छ । साधारण शेयर बिक्री बन्द छिटोमा यही वैशाख ११ गते र ढिलोमा आगामी जेठ ६ गते हुने छ । शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल...
-
२०७६ बैशाख ८, आइतबार
निगमले दिल्ली उडान थप्यो
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्स ले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ मे १ देखि काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत दिल्ली...
-
२०७६ बैशाख ८, आइतबार
कर्मचारी अभावका कारण काममा समस्याः मुख्यमन्त्री पौडेल
प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावका कारण प्रदेश र स्थानीय सरकारले काम गर्न नसकेको बताउनुभएको छ । प्रशासकीय अदालत र उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समिति काठमाडौँद्वारा आज यहाँ आयोजित “प्रशासकीय न्याय र सेवा प्रवाह” विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो, “कर्मचारीका अभावका कारण प्रदेश र स्थानीय सरकारको काम लथालिङ्ग भएको छ ।” मुख्यमन्त्री...
-
२०७६ बैशाख ६, शुक्रबार
सगरमाथा क्षेत्र विश्वकै उत्कृष्ट मनीषा कोइराला
बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताउनुभएको छ । बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताउनुभयो । क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु...
-
२०७६ बैशाख ६, शुक्रबार
तेमाल जात्रामा भक्तजनको भीड
दिवङ्गत पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा लाखौँ विशेष गरी तामाङ समुदायका भक्तजनले दीप प्रज्वलन गरेका छन् । प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीका दिन बौद्ध चैत्यमा आई दियो बाले दिवङ्गत पितृको आत्माले शान्ति पाउने बौद्ध धार्मिक मत छ । यसै विश्वासका आधारमा बिहीबार तीन लाख बढी भक्तजनले बौद्ध चैत्यमा आई बत्ती बालेको बौद्धनाथ क्षेत्र विकास समितिले जनाएको छ । तेमालका अन्तिम राजा रिञ्जिन दोर्जे...


