-
२०७६ बैशाख ६, शुक्रबार
सुन्तला क्षेत्र विस्तार
सरकारले पाँच करोडभन्दा बढीको सुन्तला फल्ने जाजरकोटलार्ई सुन्तलाका लागि आत्मनिर्भर बनाउन क्षेत्र विस्तार गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जाजरकोटलार्ई सुन्तला जोनका रुपमा विकास गरी अघिल्लो वर्षदेखि लागू भएको सुन्तला क्षेत्र यो वर्ष थप विस्तार भएको छ । सरकारले गत वर्षदेखि शुरु गरेको उक्त परियोजनाअन्तर्गत जाजरकोटका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा विस्तार भएको उक्त...
-
२०७६ बैशाख ६, शुक्रबार
उन्नत जातको स्याउ खेती शुरु
बाजुराको गौमूल गाउँपालिकाले उन्नत जातको स्याउ खेती शुरु गरेको छ । गाउँ कार्यपालिकाको निर्णयअनुसार हावापानी अनुकूल विदेशी प्रविधिबाट उत्पादन गरिएको उन्नत जातको स्याउ खेती गर्न ०।२५ हेक्टरमा शुरु गरिएको कृषि शाखा प्रमुख रमेश विकले बताउनुभयो । कृषि विकास शाखाले परीक्षणका लागि पहिलोपटक उक्त खेती शुरु गरेको छ । फुजी, गाला र गोल्डेन जातको स्याउ खेतीको शुरुआत गर्न थालिएको हो । गौमूलमा स्थानीय जातका...
-
२०७६ बैशाख ६, शुक्रबार
जात्रामा काम गर्ने सेवक जुटाउन समस्या
गुठी संस्थानलाई रातो मछिन्द्रनाथको जात्राको तयारीका लागि आवश्यक पर्ने जनशक्ति जुटाउन गाह्रो पर्न थालेको छ । पहिले सेवक९गुठी भाषामा रकमे भनिन्छ० सँग पर्याप्त समय भए पनि अहिले उनीहरु व्यस्त हुँदा काममा लगाउन गाह्रो पर्न थालेको गुठी संस्थान ललितपुर शाखाले जनाएको छ । ललितपुरका विभिन्न समुदायको सहभागितामा जात्रा हुने गरेको छ । मछिन्द्रनाथको जात्राको तयारीदेखि भोटो देखाउँदासम्म उनीहरुका लागि फरक÷फरक...
-
२०७६ बैशाख ६, शुक्रबार
स्ट्रेचर वितरण
सिलिचोङ गाउँपालिकाको दुर्गम क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच बढाउन स्टे«चर वितरण गरिएको छ ।उक्त गाउँपालिका समन्वय समितिले स्ट्रेचर खरीदका लागि गत असोज महीनादेखि रकम सङ्कलन अभियान गरी उठेको सहयोगबाट स्टेचर खरीद गरेको हो । सो अभियानमार्फत देश तथा विदेशमा रहेका सिलिचोङवासीबाट आठ लाख ४१ हजार रकम सङ्कलन भएको र त्यसबाट १२३ थान स्ट्रेचर खरीद गरिएको समितिका अध्यक्ष संयोगान्त कुलुङले जानकारी दिनुभयो ।...
-
२०७६ बैशाख ६, शुक्रबार
वादीले पेशा फेरे, समाजको हेराइ फेरिएन
क्रान्तिलाई मैले सलाम गरिसकेंँ क्रान्तिले मलाई सलाम फर्काउन बाँकी नै छ । दशकौंँअघि क्रान्तिकारी कवि गोपालप्रसाद रिमालले लेखेको कविता अहिले पनि नेपालको बदलिँंदो राजनीतिक सामाजिक परिप्रेक्ष्यमा उत्तिकै सान्दर्भिक देखिन्छ, खासगरी पिछडिएका र सीमान्तीकृत नेपाली समुदायका लागि । सामन्तवादको किल्लाका रूपमा रहेको राजतन्त्रले बिदा लिएको धेरै भइसक्यो । मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासमा...
-
२०७६ बैशाख ६, शुक्रबार
चिराइतो खेतीबारे तालीम
अपी हिमाल गाउँपालिकामा किसानलाई चिराइतो खेती उत्पादनसम्बन्धी तालीम दिइएको छ । उच्च हिमाली क्षेत्रको सो ठाउँमा चिराइतो उत्पादन हुने भएकाले किसानलाई ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना र उक्त गाउँपालिकाले संयुक्तरूपमा सो तालीम दिएको हो । तालीममा चिराइतोको बीउ उत्पादन, नर्सरी निर्माण, तथा बिक्री वितरणबारे जानकारी दिइएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका जीविकोपार्जन अधिकृत राजेन्द्रप्रसाद...
-
२०७६ बैशाख ६, शुक्रबार
स्थानीय तहमा छैन लेखा समिति
तनहुँको १० स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा अझैपनि लेखा समिति गठन हुन सकेको छैन । स्थानीय तह सभा सञ्चालक ऐनको धारा ३५ को उपधारा १ मा प्रत्येक स्थानीय तहमा लेखा समिति गठन गर्नुपर्ने व्यवस्था भए पनि जिल्लाको ब्यास नगरपालिका र भिमाद नगरपालिकाबाहेक अन्य स्थानीय तहमा लेखा समिति गठन हुन नसकेको हो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२ मा गाउँ तथा नगरसभाले आफ्नो कार्यप्रणालीलाई व्यवस्थित गर्न...
-
२०७६ बैशाख ६, शुक्रबार
मालपोत कार्यालयले खोज्यो राष्ट्रिय परिचयपत्र
मालपोत कार्यालयले जग्गा किनबेच गर्न आउने सेवाग्राहीबाट राष्ट्रिय परिचयपत्र खोजी गर्न थालेको छ ।जग्गा धनीपुर्जाको विवरणसमेत परिचयपत्रमा राख्न सकिने भएकाले सो परिचयपत्र माग्न थालिएको कार्यालयका प्रमुख बाबुराम पोखरेले बताउनुभयो । पाँचथरबाटै परिचयपत्र वितण शुरु गरिएको हुँदा उक्त कार्यालयले जग्गाको सम्पूर्ण कामकाज अनलाइन प्रणालीबाट गरिरहेकाले पनि परिचयपत्र खोजी गर्न थालिएको उहाँको भनाइ थियो । ...
-
२०७६ बैशाख ६, शुक्रबार
राजविराजमा हनुमानजयन्ती
श्रीरामभक्त हनुमानका भक्तले आज राजविराजमा हनुमान जयन्ती मनाएका छन् । मारवाडी युवा मञ्चको अगुवाइमा भएको कार्यक्रममा सयौंँ भक्तले दिनभरि हनुमानको पूजाराधना गरी भजन, कीर्तन र नृत्य गरेर हनुमानजीको जन्मोत्सव मनाएका हुन् । प्राचीन हनुमान मन्दिरबाट रथसहित हातहातमा झण्डा लिएर निस्किएको जुलुसले नगर परिक्रमा गरी चकलेट र मिठाइ बाँड्दै शुभकामना आदानप्रदान गरे । हिन्दू तथा जैन धर्मावलम्बी मारवाडी समुदायले...
-
२०७६ बैशाख ६, शुक्रबार
लेखिँदै जुम्ली खस शब्दकोश
कर्णाली प्रदेशको प्रमुख केन्द्र जुम्लाको सिञ्जालाई नेपाली खस भाषाको उद्गमस्थल मानिन्छ । यहाँबाट शुरु भएको खस भाषा अहिलेको नेपाली भाषाका रूपमा बोलिँदै आएको छ । जुम्लालगायत कर्णाली क्षेत्रमा बालबालिकादेखि बूढापाकासम्मले खस भाषा बोल्ने गर्छन् तर युवा पुस्तामा खस भाषाको आकर्षण देखिँदैन । जुम्लामा पनि विभिन्न स्थानमा फरक शैलीमा खस भाषा बोलिन्छ । चार दरा रहेको जुम्लामा सिञ्जा दरामा खस साम्राज्य भएका...
-
२०७६ बैशाख ६, शुक्रबार
दुर्घटनामा एकको मृत्यु
धादिङबेसीबाट काठमाडौँतर्फ आउँदैै गरेको यात्रुबाहक बसले आज कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ ससाह चौतारामा ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बा ४ ख ८६६७ न। को बसले नीलकण्ठ नगरपालिका–८ निवासी ५० वर्षीय ज्ञानबहादुर दाहालको बसको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।
-
२०७६ बैशाख ६, शुक्रबार
गृहिणी पनि शेयर बजारमा
शेयर बजारको केन्द्र बन्न थालेको प्रदेश नं– ५ को अस्थायी राजधानी बुटवलमा गृहिणीले पनि शेयर बजारमा लगानी गर्न थालेका छन् । गृहिणी, शिक्षक र विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयमा आवद्ध महिला लगानीकर्ताले बुटवलस्थित लिञ्च स्टक मार्केट लिमिटेडमार्फत सो लगानी गरेका हुन् । उनीहरुले रु तीन लाखदेखि रु १० लाखसम्म लगानी गरेर लाभान्ससमेत लिएकोे उक्त लिमिटेडकी अधिकृत सोनम पाठकले जानकारी दिनुभयो । उहाँका...


