-
२०७६ बैशाख ६, शुक्रबार
हाम्रै माटो मलिलो छ, यहीँ सुन फल्छ
लमही नगरपालिका–३ टिकलीगढमा अवस्थित १२ बिगाहा जमीनमा यतिखेर गोलभेँडा, लौका, भिण्डी, करेला, काँक्रो, खुर्सानी, सिमी, बन्दा, फूलकोभीलगायतका धेरै तरकारी लटरम्म फलेका छन् । यति धेरै जमीनमा फरक फरक प्लटमा छुट्टाछुट्टै तरकारी लटरम्म फलेको देख्दा त्यहाँ पुग्ने जो सुकै पनि लोभिन्छ । अनि दङ्ग हुनुहुन्छ तरकारी किसान श्रीधर पुन पनि । पसिना र पौरखले लहलह छन् उहाँको बारीमा धेरै थरिका तरकारी । व्यावसायिक...
-
२०७६ बैशाख ६, शुक्रबार
बान–अफगान वार्ता स्थगित, सरकार र विद्रोहीबीचको वार्तातालिको अन्यौल कायमै
अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने उपाय पहिल्याउन यसैसाता कतारको दोहामा युद्धरत तालिबान र अफगान सरकारबीच हुन लागेको शान्ति वार्ता अनिश्चितकालका लागि स्थगित भएको छ । वार्तामा सहभागी हुने अफगान प्रतिनिधिहरुको संख्या ठूलो भएको भन्दै तालिबान पक्षले आपत्ति जनाएपछि वार्ता स्थगित भएको हो । अफगान द्वन्द्वको शान्तिपूर्ण समाधान अफगानीहरुबीचकै वार्ताबाट टुङ्ग्याउनु पर्दछ भन्ने उद्देश्यबाट यसै साता...
-
२०७६ बैशाख ६, शुक्रबार
आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन– प्रधानसेनापति
नेपाली सेनाले आर्थिक अपारदर्शीता, ‘चेनआफ कमाण्ड’ उल्लङ्घन र अनुशासन विपरीत गतिविधिका सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ ।‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्र्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो...
-
२०७६ बैशाख ६, शुक्रबार
सरकारले काम गर्न सकेन ः सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो । “निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको...
-
२०७६ बैशाख ६, शुक्रबार
राष्ट्रपति सीले अर्को साता बिआर सम्बोधन गर्नेआईमा
चीनका राष्ट्रपति सी चिनफिङले दोस्रो बिआरआई अन्तर्राष्ट्रिय सहयोग सम्मेलनमा अर्को साता सम्बोधन गर्नुहुने भएको छ । चीनका विदेशमन्त्री वाङ यीले बेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो । चीन सरकारको आयोजनामा बिआरआईको अन्तर्राष्ट्रिय सम्मेलन यही अप्रिल २५ देखि २७ सम्म बेइजिङमा हुँदैछ । मन्त्री वाङले सम्मेलनमा ३७ मुलुकका राज्य र सरकार प्रमुखहरुको सहभागिता रहने जानकारी...
-
२०७६ बैशाख ६, शुक्रबार
रसुवागढीका स्वास्थ्यकर्मीलाई प्रशिक्षण
उत्तरी नाका रसुवागढीबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा सहजता ल्याउन सीमा क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीलाई बिहीबार पहिलो प्रशिक्षण दिइएको छ । स्वास्थ्य सेवा विभागको आयोजनामा नेपाल–चीनबीच रसुवागढी नाकाबाट ओहोरदोहोर गर्ने पर्यटकको स्वास्थ्य परीक्षणमा थप सहयोग पु¥याउन त्यहाँ स्थापित हेल्थडेस्क, टिमुरे स्वास्थ्यचौकी, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालका प्राविधिक कर्मचारीलाई दुई दिने...
-
२०७६ बैशाख ६, शुक्रबार
शरणार्थीका लागि विभिन्न कार्यक्रम
पूर्वी नेपालका भुटानी शरणार्थी शिविरमा रहेका साढे छ हजार शरणार्थीको समस्या समाधानका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । झापा र मोरङको दुईवटा शिविरमा बस्दै आएका शरणार्थीको नेपाल सरकार र शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चाायुक्तको कार्यालयले आंशिक रुपमा स्वदेश फिर्ती, तेस्रो मुलुक पुनार्वास र परिचयपत्रका लागि छानबिन प्रक्रिया थालनी गरेको हो । भुटानी शरणार्थीको समस्या समाधानका...
-
२०७६ बैशाख ६, शुक्रबार
आमा समूहद्वारा जाँडरक्सी प्रतिबन्ध
आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन् । शिव महिमा आमा समूहले कञ्चनरूप नगरपालिका– ११ ठेलियामा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएको इलाका प्रहरी कार्यालय ठेलियाका प्रहरी नायब निरीक्षक अयोध्याशरण यादवले बताउनुभयो । जाँडरक्सी बिक्री र सेवनका कारण घरेलु हिंसा बढेको भन्दै आमा समूहले अभियान थालेपछि गाउँमा सञ्चालित तीनवटा मदिराका पसलसमेत बन्द...
-
२०७६ बैशाख ६, शुक्रबार
विपन्नलाई खाद्यान्न र कपडा
गलकोट नगरपालिका–९ छिसका विपन्न दम्पत्तिलाई खाद्यान्न र बिछ््यौनाका सामग्री सहयोग गरिएको छ । ७८ वर्षीय चन्द्रबहादुर रामजाली र उहाँकी श्रीमती ८० वर्षीया सरस्वतीलाई घुम्टे युवा परिवार, मल्मले बिहीबार सहायता सामग्री उपलब्ध गराएको हो । रु दश हजार बराबरको खाद्यान्न र कपडा प्रदान गरिएको परिवारका अध्यक्ष थम्मन थापाले बताउनुभयो । वडा नं– ७ का अध्यक्ष टीकाबहादुर थापा र वडा नं– ९ का वडासदस्य धर्मदत्त...
-
२०७६ बैशाख ६, शुक्रबार
काठ बरामद
सिरहाको मिर्चैया नगरपालिकास्थित एक प्लाइउड उद्योग नजीकै ठूलो परिमाणमा प्रतिबन्धित कर्मा जातको गोलिया काठ बरामद गरिएकोे छ । प्लाइउड उद्योगभन्दा एक किलोमिटर दक्षिणमा थुपारेको अवस्थामा वन कर्मचारीको टोलीले करीब २०० क्यू।फिट काठ बरामद गरेको हो । डिभिजन वन कार्यालयबाट जमदार लखन झाको नेतृत्वमा खटिएको टोलीले काठ बरामद गरेको उक्त कार्यालयका सूचना अधिकारी तथा सहायक वन अधिकृत अमरेन्द्रप्रसाद यादवले आज...
-
२०७६ बैशाख ६, शुक्रबार
बाइसधारा मेलामा भक्तजनको घुइँचो
प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन बालाजुमा लाग्ने ‘बाइसधारा मेला’ आज लागेको छ । काठमाडौँ उपत्यकाको पश्चिम उत्तरतिर नागार्जुन पर्वतमुनि पर्ने बालाजुमा मेला भर्न काठमाडौँ उपत्यका तथा त्यस आसपास क्षेत्रबाट बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजको दिन स्नान गरी पवित्र भएर यहाँको नारायण मन्दिरमा तथा स्थानीय जामाचो डाँडामा रहेको मन्दिरमा भक्तजनले मेला भर्ने प्रचलन छ । हिन्दू तथा बौद्ध...
-
२०७६ बैशाख ६, शुक्रबार
स्याउजत्रो आकारको बालक, अस्पतालबाट डिस्चार्ज गर्ने तयारी
जापानको एक अस्पतालमा गत अक्टोबरमा जन्मिएको विश्वकै सबैभन्दा कम तौलको बालकलाई अस्पतालबाट डिस्चार्ज गर्न लागिएको जापानी चिकित्सकहरुले बताएका छन् । ती बालक जन्मदा २२ सेन्टिमिटर अग्ला थिए अर्थात् स्याउको आकारका थिए । रिउसुके सेकिया नाम राखिएका ती बालककी आमा तोशिकामा उच्च रक्तचापकी बिरामी थिइन् । चिकित्सकहरुले तोशिकाको २४ हप्ता पाँच दिनको गर्भबाट सफलतापूर्वक सिजेरियन गरी ती बालकलाई जन्म दिएका थिए । गत...


