STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७६ बैशाख ६, शुक्रबार

    महिला फुटबलमा थापाको ह्याट्रिक

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत दाङको बेलझुण्डी रङ्गशालामा महिला फुटबल चलिरहेको छ । यही वैशाख ४ गतेदेखि शुरु भएको महिला फुटबलअन्तर्गत आज बिहान भएको खेलमा नेपाल प्रहरीकी निरु थापाले ह्याट्रिक गर्नुभएको छ । बिहान प्रदेश नं ५ र नेपाल प्रहरीबीच भएको खेलमा जर्सी नम्बर १४ की थापाले लगातार तीन गोल गर्नुभएको हो । यस्तै महिला फुटबलमा नेपाल प्रहरीकै जर्सी नम्बर ५ की अमृत जैसीले दुई गोल र जर्सी...

  • २०७६ बैशाख ६, शुक्रबार

    बङ्गलादेशकी छात्रालाई प्रधानाध्यापकको आदेशमा हत्या गरिएको खुलासा ः प्रहरी

    बङ्गलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको प्रहरीले शुक्रबार जनाएको छ । उन्नाइस बर्षीया रफीमाथि यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेपछि उनलाई मुद्दा फिर्ता गर्न भनिएको तर किशोरीले मुद्दा फिर्ता गर्न नमानेपछि आरोपित प्रधानाध्यापकले मट्टितेलमा छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ । दक्षिण एशियाली मुलुक...

  • २०७६ बैशाख ६, शुक्रबार

    सरकार र निजी क्षेत्रबीच समन्वय गरेर आवश्यक

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीनै तहका सरकार र निजी क्षेत्र समन्वय गरेर अघि बढे मात्र विकासका कामले तिव्रता पाउने धारणा व्यक्त गर्नुभएको छ । नेपाल नेत्रज्योति सङ्घ प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको प्रादेशिक गोष्ठी तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विकासका काममा तीनै तहका सरकारबीच समन्वयको खाँचो छ भन्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा सरकार–सरकारबीचमा सहकार्य छैन, तीन तहले आ–आफ्नै...

  • २०७६ बैशाख ६, शुक्रबार

    बालबालिका खोज्दै शिक्षक

    कपिलवस्तुका मायादेवी र शुद्धोधन गाउँपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरु यति बेला विद्यालय नगएका बालबालिका खोज्दै गाउँगाउँ  पुगेका छन् । आफ्नो सेवा क्षेत्रभित्र विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको जनाउँदै विद्यालयमा भर्ना गराउनका लागि शिक्षकहरु अहिले योजना बनाई गाउँ गएका हुन् । मायादेवी – ३ मा रहेको मुनेश्वर माध्यमिक विद्यालय वहरवासीका प्रधानाध्यापक रामवेलास नागवन्सीले भन्नुभयो...

  • २०७६ बैशाख ६, शुक्रबार

    सहमतिमै विकास निर्माणमा जाने सङ्कल्प गरेका छौँ ः अध्यक्ष दाहाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमतिसाथ विकास निर्माणमा जाने सङ्कल्प गरेको बताउनुभएको छ । प्रदेश नं। ३ सरकारले आज यहाँ आयोजना गरेको निजी क्षेत्रसँग अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष दाहालले सबैको सहमतिबाटै देश समृद्ध हुने बताउनुभयो ।  उहाँले भन्नुभयो, “सहमतिसाथ संविधान बनायौँ, सहमतिसाथ निर्वाचन गरायौँ अब सहमतिका साथ विकास निर्माणतर्फको यात्रा शुरु गर्ने...

  • २०७६ बैशाख ६, शुक्रबार

    नगर प्रहरीको कमी

    ललितपुर महनगरपालिकामा आवश्यकताभन्दा कम नगर प्रहरी कार्यरत हुँदा कार्यसम्पादनमा असर पुगेको छ ।  नयाँ संरचनामा नगर प्रहरीलाई धेरै जिम्मेवारी दिइए पनि दरबन्दी नै कम हुँदा काम गर्न बाधा पुगेको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताउनुभयो । महानगरपालिकामा अहिले २० जना नगर प्रहरी कार्यरत छन् । जनप्रतिनिधि आएपछि पहिलो नगर परिषद्ले नगर प्रहरीको दरबन्दी बढाएर ५० कायम गरेको थियो । उक्त निर्णय भएपनि...

  • २०७६ बैशाख ६, शुक्रबार

    अब एकता प्रक्रिया लम्बाउनु हुँदैन ः नेता भुसाल

    नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताउनुभएको छ । एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै उहाँले एकतालाई छिटो टुङ्ग्याउनुपर्ने दबाब सिर्जना भएको उल्लेख गर्नुभयो ।  कम्युनिष्ट आन्दोलनका योद्धा तथा गायक प्रचण्डबहादुर बुढाथोकीको छैठौँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पश्चिम नवलपरासीले...

  • २०७६ बैशाख ६, शुक्रबार

    पोल सार्न खोज्दा करेन्ट लागेर मृत्यु

    काठमाडौँ, तारकेश्वर नगरपालिका–१ साङलाछापमा विद्युत्को पोल सार्ने क्रममा पोल ढलेर करेन्ट लाग्दा एकको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन् । करेन्ट लागेर गम्भीर घाइते भएका काठमाडौँ बौद्ध बस्ने सर्लाहीका २१ वर्षीय शिशिर अधिकारीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सो क्रममा करेन्ट लागेर घाइते भएका अन्य दुईको सोही अस्पतालमा उपचार भइरहेको...

  • २०७६ बैशाख ५, बिहिबार

    केपिएल–टू’को पुरस्कार राशि, प्रायोजक र कप्तानको नाम सार्वजनिक 

    यही वैशाख १२ गतेदेखि वीरेन्द्रनगरमा शुरु हुने दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग केपिएल–टू को विजेता टोलीले रु पाँच लाख राशिको पुरस्कार पाउने भएको छ ।  आयोजक कर्णाली क्रिकेट एकेडेमीले बुधबार पत्रकार सम्मेलनमार्फत पुरस्कार राशि, मुख्य प्रायोजक र टोली कप्तानको नाम सार्वजनिक गरेको हो । लिग उपविजेताले रु दुई लाख र सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार हात पार्नेछ । उत्कृष्ट बलर र ब्याट्सम्यानले समान...

  • २०७६ बैशाख ५, बिहिबार

    अपर नौगाड जलविद्युत् उत्पादनको अन्तिम तयारी 

    नौगाड गाउँपालिकामा निर्माणाधीन अपर नौगाड दोस्रो जलविद्युत् आयोजना उत्पादनको अन्तिम तयारीमा पुगेको छ । आठ मेगावाट क्षमताको अपर नौगाडमा डेढ महीनाभित्रै विद्युत्् उत्पादनको तयारी भएको छ । गत साउनमा आएको बाढीका कारण झण्डै दुई महीना ढिलो भएको हो । “अपि पावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको अपर नौगाड जलविद्युत् दोस्रोको काम अन्तिम चरणमा पुग्दैछ”, आयोजनाका इन्चार्ज मधुसुदन कोइरालाले भन्नुभयो, “...

  • २०७६ बैशाख ५, बिहिबार

    छुट्टाछुट्टै दुर्घटना दुईको मृत्यु, एक घाइते

    चितवनमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् । भरतपुरमा बुधबार साँझ ७ बजे ट्रकको ठक्करबाट एकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा४ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा४६प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट घाइते मोटरसाइकल चालक इच्छाकामना गाँउपालिका–५ बस्ने ३७ वर्षीय...

  • २०७६ बैशाख ५, बिहिबार

    आठौँ खेलकूदः बाँकेमा ४८ करोडका खेल पूर्वाधार निर्माण

    आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई लक्षित गरी बाँकेमा रु ४८ करोडको लगानीमा अत्याधुनिक सुविधासम्पन्न खेलकुद पूर्वाधार निर्माण भएका छन् । नेपालगञ्जमा अत्याधुनिक र सुविधासम्पन्न फुटबल मैदान, पौडीपोखरी, कभर्डहल, भारोत्तोलन एकेडेमी, सुटिङ रेन्ज, एथलेटिक्स ट्र्याक र जुडो हल निर्माण भएका छन् भने, बाँकेकै कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खजुरामा भलिबल रङ्गशाला निर्माण भएका छन् । बाँकेमा...

Pages