STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ बैशाख २६, बुधबार

    आज मातातीर्थ औँसी, आमाको मुख हेर्ने पर्वको रुपमा मनाइँदै

    काठमाडौँ - आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको रुपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका  साथ देशभर मनाइँदैछ । वैशाख कृष्ण औँसीका दिन मनाइने यो पर्वमा बिहान स्नान गरी शुद्ध भएर आफ्नी आमालाई सुन्दर वस्त्र लगाइदिने तथा मीठा र तागतिला खानेकुरा ख्वाएर आशीर्वाद लिने चलन छ । आमा नभएकाहरु भने आमाको श्राद्ध गरी उनको स्मरण गर्दछन् । यसो गरेमा मातृऋणबाट मुक्ति मिल्ने शास्त्रीय मान्यता छ । ...

  • २०८१ बैशाख २६, बुधबार

    हिमालयन इन्टरनेशनल अवार्डमा विजयरत्नलाई, रजत सम्मान र ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान'

    चौथो हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० अन्तर्गत  मंगलबार काठमाडौंमा सम्पन्न एक समारोहमा वरिष्ठ गायिका ज्ञानु राणालाई 'दीर्घ साधना सम्मान' प्रदान गरिएको छ । माननीय रक्षा मन्त्री हरि प्रसाद उप्रेती प्रमूख अतिथी का रुपमा उपस्थित हुनु भएको सो समारोहमा उनले गायिका राणालाई दीर्घ साधना सम्मानबाट सम्मानित गर्नु भएको थियो । हिमालयन इन्टरनेशनल अवार्डका अध्यक्ष गणेश सुबेदी ले स्वागत मन्तव्य राख्नु भएको सो...

  • २०८१ बैशाख २५, मंगलबार

    बागमतीका मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्यमा समस्या, हेलिकप्टरबाट काठमाडौं ल्याइने

    काठमाडौं - बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको स्वास्थ्यमा समस्या आएको छ । रामेछापको मन्थली–३ मा खानेपानी आयोजना उदघाटन कार्यक्रममा जाँदै गर्दा उनको स्वास्थ्यमा समस्या आएको हो । मुख्यमन्त्रीको प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको हो ।

  • २०८१ बैशाख २५, मंगलबार

    सहकारी ठगी प्रकरणमा छानबिन समिति आवश्यक छैन : रास्वपा

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी ठगी प्रकरणका विषयमा छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालेको छ।  आज बसेको रास्वपाको संसदीय दलको बैठकमा सहकारी ठगी प्रकरणमा जोडेर पार्टी सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको विषयमा संसदमा उठिरहेको सवालका विषयमा समेत छलफल भएको थियो। सो विषयमा छलफल गर्दै संसदीय छानबिन समिति आवश्यक नरहेको निष्कर्ष निकालिएको हो।  प्रमुख...

  • २०८१ बैशाख २४, सोमबार

    बढ्यो नेपालीको औसत आयु

    काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष पुगेको जनाएको छ।  राष्ट्रिय जनगणना २०७८ सँग सम्बन्धित ‘जनसङ्ख्या साक्षरता’ र  ‘जनसाङ्खिक सूचक’ पुस्तक सार्वजनिक गर्दै तथ्यांक कार्यालयले उक्त तथ्य सार्वजनिक गरेको हो।  कार्यालयले १० वर्षअघिको तुलनामा अहिले नेपालको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायत अधिकांश सूचक सन्तोषजनक रहेको र औसत आयु बढेको जनाएको छ।   यसैगरी,...

  • २०८१ बैशाख २४, सोमबार

    नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

    काठमाडौं - उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच भेटघाटवार्ता सम्पन्न भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीयसम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।  भेटवार्तापछि सञ्चारकर्मी कुरा गर्दै उनले नेपाल र जापानबीचको...

  • २०८१ बैशाख २४, सोमबार

    काठमाडौको कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु

    काठमाडौं - कीर्तिपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको छ। दुर्घटनामा तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ। कीर्तिपुर-रत्नपार्क चल्ने बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आर्युवेदिक अस्पताल अगाडि दुर्घटना हुँदा एक जनाको मृत्‍यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको छ। बस दुर्घटनाबारे थप विवरण आउनै बाँकी छ।

  • २०८१ बैशाख २४, सोमबार

    तामाङ भाषा र नेपालभाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा

    काठमाडौं- काठमाडौं महानगरपालिकाले महानगर अन्तर्गतका विद्यालयहरूमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए। महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ भाषा र नेपालभाषालाई बागमती प्रदेशको...

  • २०८१ बैशाख २४, सोमबार

    अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा

    काठमाडौं- जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व जसपाले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ। जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ। आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन्।  पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन्। केन्द्रीय अध्यक्ष...

  • २०८१ बैशाख २३, आइतबार

    दक्षिणी ब्राजिलमा भीषण वर्षा, ५८ जनाको मृत्यु

    एजेन्सी- ब्राजिलको दक्षिणी भागमा भारी वर्षा, बाढी र पहिरोका कारण अहिलेसम्म ५८ जनाको मृत्यु भएको छ। राज्य रक्षा एजेन्सीका अनुसार बाढीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको र ७४ जनाभन्दा बढी घाइते भएका छन्। यसबाहेक ७० हजारभन्दा बढी मानिसले आफ्नो घर छाड्नुपरेको छ। साथै ६७ जना बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यको पोर्टो एलेग्रे शहर बाढीका कारण...

  • २०८१ बैशाख २३, आइतबार

    भारत निर्वाचनको लागि नेपाल–भारत सीमा ८ दिन बन्द रहने

    काठमाडौं - छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमानाका ८ दिन बन्द गरिने भएको छ।  विहारको मधुवनी जिल्लामा वैशाख २५ गते र जेठ ७ गते गरी दुई चरणमा निर्वाचन हुँदैछ। जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमानाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातिदेखि २५ वैशाखसम्म सीमानाका बन्द रहने  छ। ...

Pages