STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ जेठ १, मंगलबार

    नीति तथा कार्यक्रमले उत्साह भर्न सकेन : रमेश लेखक

      काठमाडौँ -  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम परम्परागत भएको टिप्पणी गरेका छन्। उनले यसले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रका सहकारी लगायतका मुद्दालाई समेत सम्बोधन गर्न नसकेकाले यसले कुनै नयाँ उत्साह भर्न नसकेको जिकिर गरे। मंगलवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै प्रमुख सचेतक लेखकले सञ्चारकर्मीमाझ...

  • २०८१ जेठ १, मंगलबार

    राष्ट्रपतिद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत

    काठमाडौं - संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।  बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरेका थिए । राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि संघीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने...

  • २०८१ जेठ १, मंगलबार

    उपेन्द्र यादव सर्वोच्चमा

    काठमाडौँ - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सर्वोच्च अदालतमा दायर गरेको रिटमा अशोक राई नेतृत्वको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई बदर गर्न माग गरिएको छ । जसपा नेपालबाट विभाजित राई नेतृत्वको जसपाले  वैशाख २४ गते आयोगबाट आधिकारिकता पाएको थियो  ।  रिटमा पार्टी फुटाउन ४०६ सदस्यीय केन्द्रीय समितिको ४० प्रतिशत सदस्य हुनुपर्ने भएपनि त्यो नभएकाले आयोगको...

  • २०८१ बैशाख ३१, सोमबार

    कपडामा सुनको लेप लगाएर तस्करी, दुई भारतीय पक्राउ

    काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । आइतबार साँझ पौने ७ बजे फ्लाई दुबईबाट आएका भारतीय नागरिकद्वय सुरेश कुमार र मोहनकुमार गणेशनलाई प्रहरीले सुनसहित पक्राउ गरेको हो । विमानस्थल सुरक्षा प्रमुख एसएसपी कृष्णहरि शर्मा पोखरेलका अनुसार उनीहरूले कपडामा सुनको लेप लगाएर ल्याएका थिए । बरामद सुन करिब हजार देखि १५ सय ग्रामसम्म हुनसक्ने प्रहरीको...

  • २०८१ बैशाख ३१, सोमबार

    कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

    काठमाडौं - कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाएका छन् ।  कार्कीलाई एमाले, माओवादी र एकीकृत समाजवादीका सांसदले मत दिए । कांग्रेसका सांसद बैठकमा सहभागी भएनन् ।  मुख्यमन्त्री कार्कीको पक्षमा ९३ र विपक्षमा मत परेन । दिन्न भन्नेमा ५ मत प्राप्त भएको छ ।

  • २०८१ बैशाख ३१, सोमबार

    मधेस सरकारबाट एमाले बाहिरियो, मुख्यमन्त्री अल्पमतमा

    काठमाडौं - सत्तारूढ दल नेकपा (एमाले) पनि मधेस प्रदेश सरकारबाट बाहिरिएको छ ।  आज (आइतबार) केहीबेरअघि मन्त्रीहरूले मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएसँगै एमाले सरकारबाट बाहिरिएको हो ।  मुख्यमन्त्री निवासमा पुगेर एमालेका चारजना मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा बुझाएका हुन् । 

  • २०८१ बैशाख ३१, सोमबार

    जसपाबाट स्वास्थ्यमन्त्री बनेका प्रदीप यादवले लिए शपथ

    काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त भएका जसपाका प्रदीप यादवले पद तथा गोपनीयताको शपथ लिएका छन्।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यादवलाई स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री नियुक्त गरेका थिए। नियुक्त भएलगत्तै राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा मन्त्री यादवले राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। यसअघि जनता समाजवादी पार्टी...

  • २०८१ बैशाख ३१, सोमबार

    उपेन्द्र यादवद्वारा रकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  आज (सोमबार) मन्त्रीबाट राजीनामा दिएका जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सोमबार सभामुख देवराज घिमिरेलाई पत्र पठाएर प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।  सत्ता साझेदार दल जसपा नेपालले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र संसदबाट...

  • २०८१ बैशाख ३१, सोमबार

    नइका चार नयाँ कृतिको लोकार्पण

    वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीको १०५ औँ जयन्तीको अवसरमा वानीरा फाउन्डेसनका संस्थापक इन्जिनियर शङ्कर गिरी, भूपालमानसिंह कार्की प्रज्ञापरिषदका अध्यक्ष लोकमानसिंह कार्की तथा नइ प्रकाशनका कुलपति इन्दिरा प्रसाईले नइ प्रकाशनबाट प्रकाशित चार वटा कृतिको लोकार्पण गर्नुभयो । वानीरा फाउन्डेसनले आयोजना गरेको सो समारोहमा  प्रा.डा.उषा ठाकुरबाट सम्पादित ‘सुनीता कार्कीको काव्यकारिता’, प्रा.डा.सावित्री...

  • २०८१ बैशाख ३१, सोमबार

    शताब्दीपुरुष सत्यमोहन जोशीको जन्म जयन्तीको अवसरमा विभिन्न कृतिको लोकार्पण

    वाङ्गमय शताब्दीपुरुष सत्यमोहन जोशीको १०५ वर्षको जन्मजयन्तीको अवसरमा आयोजित साताव्यापी कार्यक्रम आइतबार एक समारोह बीच समापन गरिएको छ। शताब्दीपुरुष सत्यमोहन जोशीको १०५ वर्षको जन्मजयन्तीको अवसरमा आयोजित साताव्यापि कार्यक्रममा बैशाख २४ गते पुस्तक प्रदर्शन, २५ गते पुरानो गुह्यश्वरीमा १०५ दीप प्रज्वलन, २६ गते सङ्ग्रहालय अवलोकन, २७ गते नामसंगीति पाठ, २८ गते सत्यमोहन लोकसाहित्य वाचन, २९ गते साइकल  र्‍...

  • २०८१ बैशाख ३०, आइतबार

    एभिन्यूज खबरका अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक

    एभिन्यूज खबरका कार्यकारी अध्यक्ष भाष्करराज राजकर्णिकारलाई पत्नी शोक परेको छ । उनकी श्रीमति प्रदिता राज राजकर्णिकारको ६० वर्षको उमेरमा गएराति निधन भएको हो । मुटुसम्बन्धी समस्याका कारण राति एक बजेर छत्तिस मिनेट जाँदा राजकर्णिकारको निधन भएको हो । उनको आजै पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टी गरिएको छ । पशुपतिमा प्रदिता राज राजकर्णिकारलाई श्रद्धाञ्जली प्रकट गर्न नेपाल उद्योग बाणिज्य महासंघका...

  • २०८१ बैशाख ३०, आइतबार

    सुनको मूल्य बढ्यो, छापावाला सुन एक लाख ३८ हजार चार सय

    स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु पाँच सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३८ हजार चार सय निर्धारण भएको छ । त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य...

Pages