STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ जेठ ७, सोमबार

    कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति र दलको संयुक्त बैठक

    काठमाडौँ - नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । जेठ ९  गते बिहान ११ गते पार्टी कार्यालय सानेपामा केन्द्रीय समिति र दलको संयुक्त बैठक बोलाएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकको एक मात्र एजेन्डा समसामयिक राजनीतिकका सन्दर्भ राखिएको छ । सहकारी ठगीमा संसदीय छानबिन समितिको माग गर्दै संसद्‌मा अवरोध गरी रहेका कांग्रेसले...

  • २०८१ जेठ ७, सोमबार

    पशुपतिनाथ मन्दिरको भेटी चोर्ने ८ जना पक्राउ

    काठमाडौं- पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा पशुपति क्षेत्र विकास कोषका कर्मचारी अनिल परियारसहित ८ जना रहेका कोषका प्रवक्ता रेवतीरमण अधिकारीले  जानकारी दिए। उनले भने, ‘पशुपतिनाथ मन्दिरमा चढाइएको भेटी चोरी गर्दै गर्दा (सीसी क्यामेरा हेर्दा) कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको...

  • २०८१ जेठ ७, सोमबार

    बालेनको चेतावनीपछि काठमाडौं महानगरका गाडी चालक रिहा

    काठमाडौं- काठमाडौं महानगरपालिकाको फोहोरको गाडी चलाउने चारजना चालक रिहा भएका छन्। सोमबार प्रहरीले पक्राउ गरेका चालकलाई मेयर बालेन्द्र शाह (बालेन)को चेतावनीपछि सरकारले रिहा गरेको हो। प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको पार्टी नेकपा माओवादी केन्द्रको मुख्यालयमा थुपार्न चार ट्रक फोहोर लैजानेक्रममा चालकलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि मेयर बालेनले सिंहदरबार र नेताका...

  • २०८१ जेठ ७, सोमबार

    पूर्वराजा ज्ञानेन्द्र शाह पाटन दरबारमा

    पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ललितपुरस्थित पाटन दरबार क्षेत्रको भ्रमण गरेका छन्। उनले हिरण्यगर्भ महाविहार (गोल्डेन टेम्पल), बंगलामुखी मन्दिर, कुम्भेश्वर, पाटन दरबार क्षेत्रमा रहेका भीमसेन र कृष्ण मन्दिरलगायतका धार्मिक स्थान अवलोकन गरे। उनी मन्दिरमा पूजाआजामा समेत सहभागी भए।

  • २०८१ जेठ ७, सोमबार

    विपक्षीलाई वेलमा घेरेर प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत पाएका छन् ।  सोमबारको संसदमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत पाएको घोषणा गरे । यद्यपि विश्वासको मत लिने सम्पूर्ण प्रक्रियामा नेपाली कांग्रेससहितका प्रतिपक्षी दलको अवरोध गरेका थिए । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा २ बमोजिम प्रतिनिधिसभा...

  • २०८१ जेठ ७, सोमबार

    संसद्‌मा कांग्रेसको अवरोध जारी, बैठक १५ मिनेटका लागि स्थगित

    काठमाडौं - प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक कांग्रेसले अवरोध गरेको हो । सभामुखले बैठक अघि बढाउन खोजेपछि कांग्रेस सांसद वेल घेर्न पुगेका थिए ।  उनीहरूले ‘सहकारीपीडितलाई न्याय दे’, ‘संसदीय छानबिन समिति गठन गर’...

  • २०८१ जेठ ७, सोमबार

    हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति रइसीको मृत्यु

    काठमाडौं - हेलिकोप्टर दुर्घटनामा परी इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्यु भएको छ । आइतबार पूर्वी अजरबैजान प्रान्तमा बाँधको उद्घाटन गरेर फर्किरहेका बेला उक्त हेलिकोप्टर दुर्घटना भएको थियो । त्यसमा सवार सबैजनाको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको बीबीसीले उल्लेख गरेको छ । इब्राहिम रइसीले सधैँ कालो पगरी (शिरमा बेरेर लगाइने कपडा) पहिरिए । र, त्यो यसको संकेत हो कि उनी इस्लाम धर्मका...

  • २०८१ जेठ ६, आइतबार

    केटी जिस्काएका निहुँमा हत्या

    काठमाडौं - प्रहरी जवान युवराज घिमिरेको हत्या आरोपमा एक नाबालकसहित ७ अभियुक्त सार्वजनिक गरिएको छ । खोटाङको मजुवागढी गाउँपालिका–१ का स्थायी बासिन्दा प्रहरी जवान घिमिरेको शव शङ्कास्पद अवस्थामा गत शुक्रबार काठमाडौँको तार्केश्वर–९ मनमैजुस्थित निर्माणाधीन घरमा फेला परेको थियो । उनी ट्राफिक प्रहरी प्रभाव दरबारमार्गमा खटिएका थिए । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक नाबालकसहित सचिन परियार र अन्जली...

  • २०८१ जेठ ६, आइतबार

    प्रहरीले गृहमन्त्रीलाई सोध्न नसकेपछि छानबिन समिति चाहिएको हो : गगन थापा

    काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अस्तिसम्म सांसदमात्रै रहेका रवि लामिछाने अहिले उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका कारण संसदीय छानबिन समिति गठन गर्नुपर्ने परिस्थिति बनेको बताएका छन्। उनले सांसदमात्रै हुँदा लामिछानेमाथि सहकारी ठगीमा प्रहरी र सीआइबीले अनुसन्धान गरिरहेको र लामिछाने गृहमन्त्री भएपछि ती छानबिनका सबै कामहरू रोकिएको बताए। आइतबार प्रतिनिधिसभाको बैठकपछि पत्रकार...

  • २०८१ जेठ ६, आइतबार

    सोमबार बिहानसम्म छानबिन समिति नबने कांग्रेसले संसद् अवरुद्ध गर्ने

    काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सोमबार बिहान ११ बजेसम्म संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ। प्रतिनिधि सभा बैठकपछि आइतबार बेलुकी संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै कांग्रेस महामन्त्री गगन थापाले सोमबार बिहानसम्म संसदीय छानबिन समिति गठन गर्न सरकारलाई आग्रह गरेका हुन्।  ‘हामी संसद ठिक ढंग सँग चलोस् भन्ने चाहन्छौँ, संसद ठिक ढंगले चल्नका निम्ति...

  • २०८१ जेठ ६, आइतबार

    खसी, बोका र बाख्रा पाल्नेको पनि छानबिन गरौँ : रवि लामिछाने

    काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा मात्रै नभई कृषि अनुदानको रकम हिनामिना गर्नेहरूमाथि पनि छानबिन गरेर बाहिर पठाउनुपर्ने बताएका छन्।  आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले प्रमाण जुटाएर कारबाही गर्ने आँट गरे हुने पनि बताए।  ‘प्रमाण जुटाएर कारबाही गर्ने आँट गर्नुभएको भए हुन्थ्यो। सहकारी ठगी गर्नेलाई मात्रै होइन, कृषि अनुदानको रकम हिनामिना गरेर...

  • २०८१ जेठ ६, आइतबार

    कान्सको रेडकार्पेटमा बालेन

    काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन शाह कान्स फिल्म फेस्टिभलको ७७औँ शृङ्खलाको रेड कार्पेट सहभागी भएका छन्। बालेन कान्सका मेयर डेभिड लिसनार्डको निमन्त्रणामा कान्स फिल्म फेस्टिभलमा सहभागी भएका हुन्। बालेन फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ। फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा सहभागी भएका छन् भने उनले यस क्रममा बालेनले मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग...

Pages