STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० माघ १५, सोमबार

    पूर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईंबीच भेट

    काठमाडौं- लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था ल्याउने उद्घोष गरेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पूर्व राजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । प्रसाईंले सोमबार बिहान बाराको सिमरामा भेटवार्ता गरेका हुन् । सोमबार शाहसँग बसेर खिचेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रसाईंले भेटवार्तालाई अर्थपूर्ण भनेका छन् । प्रसाईंले भ्रष्टाचार, बेथिति लगायतको देशको समग्र विषयमा पूर्वराजासँग...

  • २०८० माघ १५, सोमबार

    दरबार हत्याकाण्डको छानबिन हुन्छ : प्रधानमन्त्री

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०५८ सालमा भएको दरबार हत्याकाण्डको छानबिन हुने बताएका छन् । सोमबार दिउँसो बाराको सिमरा विमानस्थलमा सञ्चारकर्मीसँग प्रधानमन्त्री प्रचण्डले २०५९ जेठ १९ गते राति नारायणहिटीमा भएको तत्कालीन राजा वीरेन्द्रको वंश नाशको छानबिन हुने बताएका हुन् । प्रधानमन्त्रीले संघीय लोकतान्त्रिक गणतन्त्रले सबैलाई स्वतन्त्रतापूर्वक अधिकार दिए पनि व्यवस्थाकाविरुद्ध उभिने र...

  • २०८० माघ १५, सोमबार

    चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला गर्ने

    काठमाडौं - चलचित्र विकास बोर्डले नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ । बुधबार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन माग गरिएको छ । बोर्डको चालु आ.ब. २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुँदैछ । कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम...

  • २०८० माघ १५, सोमबार

    सुन लुट्न ६२ वर्षीया वृद्धाको हत्या

    विराटनगर- सङ्खुवासभाको खाँदबारीमा मृत फेला परेकी एक महिलाको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलासा भएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा माघ ६ गते स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरे मृत फेला परेकी थिइन् । उनले कानमा लगाएको सुनको गहना लुट्नका लागि हत्या भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो । प्रहरीका अनुसार घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बन्चरो र मृतकले प्रयोग गर्ने...

  • २०८० माघ १५, सोमबार

    मृत भेटिएकी जर्मन महिलाको शव शिक्षण अस्पताल लगियो

    काठमाडौँ - ललितपुरको मंगलबजारस्थित नकिबहालमा मृत अवस्थामा भेटिएकी जर्मन महिलाको शव प्रहरीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । जर्मन नागरिक एडि इल एचइडीको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लागिएको ललितपुरका एसएसपी शेखर खनालले  जानकारी दिए । । मृतक महिलाको टाउकोमा चोट देखिएपछि ‘शंकास्पद’ मृत्यु भएको आशंकामा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोग लिएर अनुसन्धान गरेको छ ।...

  • २०८० माघ १५, सोमबार

    भोलिदेखि सरकारी कार्यालय ५ बजेसम्म नै खुल्ने

    काठमाडौं - भोलि मंगलबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा लम्बिंदैछ । भोलिदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ५ बजे बन्द हुने छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय १० देखि ४ बजेसम्म हुने नियम छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोक्ने गरेको छ । त्यसबाहेकका अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी...

  • २०८० माघ १४, आइतबार

    अध्यागमन कर्मचारीसँग झडपमा उत्रिएका प्रहरीलाई विमानस्थलबाट हटाइयो

    काठमाडौं- गत शुक्रबार दिउँसो त्रिभुवन विमानस्थल कार्यालयभित्र अध्यागमन विभागका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई त्यहाँबाट हटाइएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफूलाई भेट्न आएका कर्मचारी संगठनका नेताहरूलाई यसबारे जानकारी दिएका हुन् ।  विमानस्थल अध्यागमनका कर्मचारीसँग कुटाकुटमा उत्रिएका प्रहरीलाई तीन दिनभित्र कारबाही नगरे अध्यागमनसहित देशभर कामकाज ठप्प पार्ने चेतावनी...

  • २०८० माघ १४, आइतबार

    भिजिट भिसा सेटिङ : विमानस्थलका ८ जना अधिकृत फरार

    काठमाडौं- भिजिट भिसामा सेटिङको आरोप लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ८ जना अधिकृत फरार छन् ।  प्रहरीले अध्यागमन अधिकृत नरवीर खड्कालाई पक्राउ गरेर यस प्रकरणको अनुसन्धान गरिरहेको छ ।  उनको बयानका आधारमा थप ७ जनाविरुद्ध पक्राउ पुर्जी लिएको छ। यसअघि नै पक्राउ अनुमति लिइसकेका ताराबहादुर कुँवर पनि फरार छन् । भिजिट भिसाको सेटिङमा संलग्न रहेको आरोपमा अध्यागमनका ९ जना...

  • २०८० माघ १४, आइतबार

    एकीकृत समाजवादीको केन्द्रीय परिषद बैठक सुरु

    काठमाडौँ - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय परिषद बैठक सुरु भएको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सो पार्टीको केन्द्रीय परिषद् बैठक सुरु भएको हो  । सम्मेलनको उद्घाटन पार्टीका अध्यक्ष माधव कुमार नेपालले गरेका छन् ।   दुई दिन चल्ने उक्त सम्मेलन पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म...

  • २०८० माघ १४, आइतबार

    काठमाडौंका शिक्षा विभाग प्रमुख कोइरालासँग बालेनले मागे स्पष्टीकरण

    काठमाडौं - काठमाडौं महानगपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ । पुरानो बानेश्वरस्थित रत्नराज्य माविमा कक्षा ११ मा विज्ञान विषयको पढाइ सञ्चालन गर्न महानगरको शिक्षा समितिले निर्णय गरेको भन्दै पत्राचार गरेको पाइएपछि ७ दिन भित्र सफाइ पेश गर्न र उक्त समयसम्म विदामा बस्न निर्देशन दिएको मेयर बालेन शाहको सचिवालयले जनाएको छ । समितिको संयोजक मेयर आफै रहने व्यवस्था रहेको र...

  • २०८० माघ १४, आइतबार

    शहीद दिवसमा सार्वजनिक बिदा नहुने

    काठमाडौं - सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ । मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारीले जानकारी दिए । यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ ।’ उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुनेछ ।

  • २०८० माघ १४, आइतबार

    सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तिब्र

    चितवनकाे पर्यटकीय नगरी साैराहामा यही माघ १८ गतेबाट सुरु हुने सौराहा दक्षिण एशियाली चलचित्र महोत्सवकाे तयारी तिब्र पारिएकाे छ । क्याराभान नेपालकाे आयाेजनामा रत्ननगर वडा नंं ७ चित्रसारी खेल मैदानमा उक्त महाेत्सव हुँदैछ । आयाेजक संस्थाले शनिबार रत्ननगरमा पत्रकार सम्मेलनकाे आयाेजना गरी महाेत्सवकाे तयारी तिब्र पारिएकाे जनाएकाे छ । नेपाली चलचित्रकाे विकास र साैराहा सहित चितवनकाे पर्यटन प्रबर्द्धन गर्ने...

Pages