-
२०८० माघ १४, आइतबार
मध्यपुरमा भाषण कला प्रशिक्षण सम्पन्न
भक्तपुरका स्थानिय नेता तथा कार्यकर्ताहरुलाई लक्षित गरी एक हप्ते प्रखर भाषण कला तथा उद्घाेषण प्रशिक्षण कार्यक्रम सम्पन्न शनिवार भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको सो प्रशिक्षण कार्यक्रममा मध्यपुर थिमि नगर समितिले सिलसिला मिलाएर बोल्ने र अाैपचारिक कार्यक्रम सञ्चालन गर्ने शैलीको प्रशिक्षण दिइएको हो । प्रशिक्षण समापन कार्यक्रमलाई सम्बोधन गर्दै संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाका...
-
२०८० माघ १२, शुक्रबार
अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा
काठमाडौं - रोमाञ्चक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै नेपाल यु-१९ विश्वकपको सुपर सिक्समा प्रवेश गरेको छ। दक्षिण अफ्रिकामा शुक्रबार भएको खेलमा अफगानिस्तानले दिएको लक्ष्य ४४.४ ओभरमा पूरा गर्दै नेपाल सुपर सिक्समा प्रवेश गरेको हो। नेपाललाई सुपर सिक्समा प्रवेश गराउँदै कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बल खेलेका खनाल ७ चौकासहित ५८ रन बनाए। त्यस्तै सुवास भण्डारी ९ रनमा अविजित रहे। नेपालको...
-
२०८० माघ १२, शुक्रबार
भ्रमण वर्षको अवसरमा लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिटले विशेष छुट दिने
चितवन - भरतपुर महानगरपालिका–६ देवनगरमा रहेको लेक ट्वान्टी थाउजेन्ड फार्म एण्ड रिट्रिट (एलटिके) ले भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै ग्राहकहरुकालागि विशेष छुट दिने योजना बनाएको छ । एलटिकेका प्रबन्धक राजेश शर्मा आचार्यले बताए अनुसार विशेष छुट सहित एक जोडीका लागि पाँच हजार रुपैयाँको आकर्षक प्याकेज घोषणा गरिएको हो । विशेष प्याकेज अन्तर्गत एक जोडीलाई होटलमा कोठाका साथै बिहानको नास्ता तथा बिहान र...
-
२०८० माघ १२, शुक्रबार
प्रहरीबाट अध्यागमन अधिकारीहरू कुटिएपछि छानबिन समिति गठन
काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकारीहरू प्रहरीबाटै कुटिएपछि गृह मन्त्रालयले तीन सदस्यीय छानबिन समिति बनाएको छ। गृह मन्त्रालयले सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको हो। समितिमा प्रहरीका डीआइजी राजेशनाथ बास्तोला र गृहका उपसचिव कूलबहादुर जीसी रहेका छन्। समितिलाई ३ दिनभित्र सत्थतथ्यसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको स्रोतले जानकारी...
-
२०८० माघ १२, शुक्रबार
अफगानिस्तानविरूद्ध नेपाललाई १४६ रनको लक्ष्य
काठमाडौं- यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१ औँ ओभरको पहिलो बलमा सबै विकेट बनाउँदा १४५ रन बनाएको हो । नेपालका लागि आकाश चन्दले पाँच विकेट लिए । यस्तै, दिवेश कँडेलले दुई, तिलक भण्डारी, सुवास भण्डारी र गुल्सन झाले एक–एक विकेट लिएका थिए ।
-
२०८० माघ १२, शुक्रबार
व्यवसायी समितिले गर्यो महानगरपालिकाविरूद्ध आन्दोलन घोषणा
काठमाडौँ - संयुक्त स्वरोजगार सडक व्यापार व्यवसायी संघर्ष समितिले ७ बुँदे माग राख्दै काठमाडौँ महानगरपालिकाविरूद्ध चरणबद्ध आन्दोलन घोषणा गरेको छ । अभियन्ता ईः सँग भएको सम्झौता विपरीत महानगरले फुटपाथ व्यवसायीमाथि गरेको धरपकडविरुद्ध संघर्ष समितिले पत्रकार सम्मेलन गरी आन्दोलन घोषणा गरेको हो । सम्झौता कार्यान्वयन गर्न कार्यदल गठन गर्ने तर महानगरले सडक व्यवसायीलाई दमन गर्ने नीति अँगालेका कारण...
-
२०८० माघ १२, शुक्रबार
शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्धको रिटमाथि सर्वोच्चमा बहस
काठमाडौं - नेपाली शब्दकोषबाट ॐ शब्द हटाउने निर्णयविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा एमिकसक्युरीको बहस सकिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र सारङ्गा सुवेदीको संयुक्त इजलासमा उक्त रिटमाथि वहस भइरहेको थियो । तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको पालामा २०६९ साउन २२ गते मन्त्रीस्तरीय निर्णयबाट नेपाली शब्दकोशबाट ॐ शब्द हटाउने र सिङ्गो अक्षरमा हलन्त राख्ने निर्णय भएको थियो । उक्त रिटमा...
-
२०८० माघ १२, शुक्रबार
बानेश्वरको सडकमा गुड्दागुड्दै भासियो बस
काठमाडौं - काठमाडौंको नयाँबानेश्वर चोकको सडकमा गुडिरहेको बस भासिएको छ । रत्नपार्कतर्फ जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । सर्भिस लेनतर्फको सडक भासिएर चक्का फसेपछि बस कोल्टे परेको छ । लगत्तै यात्रुहरु बाहिर निस्किएका थिए । नजिकै रहेका ट्राफिक प्रहरीहरु आएर बसलाई त्यहाँबाट हटाउन समन्वय गरिरहेका छन् । यसअघि २०७८ साल कात्तिक महिनामा पनि बानेश्वर चोक नजिकै सिभिल अस्पताल...
-
२०८० माघ १२, शुक्रबार
न्युरोड क्षेत्रलाई सवारीमुक्त बनाइने
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार र राजधानीको व्यापारिक केन्द्रका रूपमा रहेको नयाँ सडक (न्युरोड) क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउने योजना बनाएको छ । महानगरपालिकाले नयाँ सडक क्षेत्रलाई सवारी निषेधित क्षेत्र बनाउन विभिन्न चरणमा योजना तयार गरेको जनाएको छ । काठमाडौँ महानगरपालिकाका पूर्वाधार विकास सल्लाहकार सुनील लम्सालले आमनागरिकको सहज आवागमन, सहरी...
-
२०८० माघ १२, शुक्रबार
राष्ट्रियसभा निर्वाचनमा हर्क साम्पाङले पनि गरे मतदान बहिष्कार
सुनसरी - धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । व्यस्त भएका कारण भोट हाल्न नआउने उनले बताए । अब ४ जना स्थानीयतहका जनप्रतिनिधिले मात्रै मतदान गर्न वाकि रहेको सहायक निर्वाचन अधिकृत हेम बहादुर बुढाथोकीले बताए ।
-
२०८० माघ १२, शुक्रबार
मधेश बन्द गराउँदै हिँड्ने आम जनता पार्टीका नेता कार्यकर्ता पक्राउ
काठमाडौँ - प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट आम जनता पार्टीका दर्जनौँ नेता कार्यकर्ताहरुलाई नियन्त्रणमा लिएको छ । बिहीबार बन्द गराउँदै हिँड्ने प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)का ६५ जना नेता-कार्यकर्तालाई धनुषाको विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । विहीबार बिहानैदेखि आजपाका नेता कार्यकर्ताले जनकपुरलगायतका स्थानमा यातायात बन्द गराउँदै हिँडेपछि...
-
२०८० माघ १२, शुक्रबार
राष्ट्रियसभा निर्वाचन : को को भए निर्वाचित ?
काठमाडौं - राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी भएका छन्। एक जना प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवार विजयी भएका हुन्। कोशी प्रदेशमा गठबन्धनबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला विजयी भए भने एमालेकी रुक्मिणी कोइराला विजयी भइन्। कोइरालाले माओवादी उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गरेकी हुन्। कोइरालाले ५ हजार ८६ मत ल्याउँदा प्रतिस्पर्धी चम्पादेवीले ४ हजार...


