-
२०८० कार्तिक २४, शुक्रबार
उत्तर कोरियाका राजदूत र कर्मचारीले नेपाल छाडे
काठमाडौं - नेपालस्थित राजदूतावास बन्द गरेर उत्तर कोरियाली राजदूत र दूतावासमा कार्यरत कर्मचारीहरू फर्किएका छन् । उत्तर कोरियाले नेपालसहित विभिन्न देशका राजदूतावास बन्द गर्ने निर्णयसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित परराष्ट्र मन्त्रालयका अधिकारीहरूसँग बिदाइ भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग सोमबार राजदूत जो योङ मेनले भेट गरेका थिए । प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेट गरेको चौथो दिन...
-
२०८० कार्तिक २४, शुक्रबार
मुटुरोग विशेषज्ञ डा.ओममूर्तिद्वारा विश्व रेकर्ड कायम
काठमाडौं- मुटुरोग विशेषज्ञ डाक्टर ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन् । चिकित्सक एवं लेखक उनले विश्व मुटु दिवसका अवसरमा गत असोज १२ गते आफ्नो फेसबुक पेजबाट मुटुरोगको रोकथामसम्बन्धी जनचेतनामूलक प्रत्यक्ष प्रसारणबाट विश्व रेकर्ड कायम गरेका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत फेसबुकमार्फत प्रत्यक्ष प्रसारणमा ‘कार्डियोभास्कुलर स्वास्थ्य सचेतनाका लागि सबैभन्दा बढी दर्शक’ भन्ने शीर्षकमा...
-
२०८० कार्तिक २४, शुक्रबार
त्रिविको उपकुलपति सिफारिसका लागि समिति गठन
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्रीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा चन्द्रकला घिमिरे रहेको समिति गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्रिविका...
-
२०८० कार्तिक २४, शुक्रबार
राष्ट्र बैंकको प्रतिवेदन : विदेशी मुद्राको सञ्चिती र रेमिट्यान्स बढ्यो
काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार चालु आवको असोज मसान्तम्म विदेशी मुद्राको सञ्चिति बढेर १६ खर्ब ४३ अर्ब नौ करोड पुगेको छ । गत आवको असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर थियो । अमेरिकी डलरमा विदेशी मुद्राको सो सञ्चिति ११ अर्ब ७१ करोड रहेकोमा २०८० असोज मसान्तमा १२ अर्ब ३३ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र...
-
२०८० कार्तिक २४, शुक्रबार
काठमाडौंमा राति १ बजेसम्म देउसी–भैलो खेल्न पाइने
काठमाडौं - काठमाडौं महानगर प्रमुख बालेन शाहले यो वर्ष राति १ बजेसम्म देउसी भैलो खेल्न पाउने बताएका छन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले विगतमा कोभिड र सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय ९ बजेसम्म मात्रै तोकिएकोमा यो वर्ष राति १ बजेसम्म नै खेल्न अनुमति दिने बताएका हुन् । उनले यो वर्ष देउसी खेल्नेलाई प्रहरीले नै सुरक्षा दिनेसमेत जनाएका छन् । ‘काठमाडौ महानगर नगरप्रहरीले...
-
२०८० कार्तिक २३, बिहिबार
सन्दीप लामिछाने मुद्दा : अदालतले माग्यो दुबै पक्षसँग बहस नोट
काठमाडौं - जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा दुवै पक्षसँग बहस नोट माग गरेको छ । बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकारी वकिल र सन्दीपको पक्षबाट बहस गरेका कानुन व्यवसायीलाई एक महिनाभित्र बहस नोट पेश गर्न आदेश दिएको हो । यो विवादको निरुपण न्यायाधीश घिमिरेको इजलासले नै गर्नेछ । गत वर्ष क्रिकेटर सन्दीप लामिछानेविरुद्ध एक बालिकाले बलात्कारको...
-
२०८० कार्तिक २३, बिहिबार
अभिनेत्री दिपाशाद्वारा आत्महत्या
काठमाडौं- अभिनेत्री दिपाशा बीसी ‘जलपरी’को शब थापाथलीस्थित नर्भिक अस्पतालबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । बुधबार राति विष सेवन गरेपछि गम्भीर बिरामी परेकी उनको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहीबार दिउँसो मृत्यु भएको थियो । दीपाशालाई सँगै बस्ने भाइ र बहिनीले अस्पताल पुर्याएका थिए । पछिल्लो समयकी चर्चित कलाकार दिपाशाको घर सुर्खेत हो । परिवारको साथ नपाए पनि उनी अभिनय क्षेत्रमा...
-
२०८० कार्तिक २३, बिहिबार
सामाजिक सञ्जाल सञ्चालकले नेपालमा कार्यालय राख्नुपर्ने
काठमाडौं- सरकारले सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकलाई नेपालमा कार्यालय राख्न बाध्य पार्ने निर्देशिका ल्याएको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका २०८० लाई स्वीकृति दिएको हो । जसमा सामाजिक सञ्जाल फेसबुक, एक्स, टिकटक, युट्युबलगायतले नेपालमा सम्पर्क कार्यालय राख्नुपर्ने व्यवस्था गरिएको छ । सामाजिक सञ्जाल प्रयोगका क्रममा आएका गुनासोको तत्काल सम्बोधन नभएको र...
-
२०८० कार्तिक २३, बिहिबार
महिला क्रिकेटमा इन्दुले पाइन् कप्तानको जिम्मेवारी
काठमाडौं - हङकङमा हुने चार देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय सिरिजको कप्तानी इन्दु बर्माले गर्ने भएकी छिन् । गत हप्ता टोलीको प्रारम्भिक नामावलीमा सार्वजनिक गर्दा कप्तान घोषणा गरिएको थिएन । नेपाल क्रिकेट संघ ९क्यान० का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार हङकङमा हुने चार देशीय शृङ्खलाका लागि मात्र इन्दुलाई कप्तानी दिइएको हो । ‘रुबिना क्षेत्री लामो समयदेखि नेपाली महिला टिमको कप्तान हुनुहुन्थ्यो ।...
-
२०८० कार्तिक २२, बुधबार
दुइटा चिनियाँ विमानमा राहत आइपुग्यो
काठमाडौँ - जाजरकाेट भूकम्प प्रभावितका लागि चीन सरकारले पठाएकाे राहत सामग्री नेपाललालाई हस्तान्तरण गरिएको छ । उक्त राहत सामग्री चिनिया सेनाका २ वटा विमानमार्फत बुधबार नेपाल ल्याइएकाे हाे । ती राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका जहाजमा रु २८ करोड रुपैयाँ बराबरका चार हजार ६ सय...
-
२०८० कार्तिक २२, बुधबार
दिल्लीको वायु प्रदूषण नेपाल भित्रियो
काठमाडौँ - छिमेकी मुलुक भारतको राजधानी नयाँदिल्लीमा अहिले वायु प्रदूषणले जनजीवन निकै प्रभावित बनेको छ । प्रदूषणले वायुको गुणस्तर सूचांक उच्च भएपछि निजी सवारी साधनको प्रयोगमा रोक लगाइएको छ भने विद्यालयहरू पनि बन्द गरिएका छन् । दिल्लीको प्रदुषण फैलाउने हावा पश्चिम नेपालको धनगढीलगायत तराईका जिल्लामा प्रवेश गरिसकेकाले वायुको वेग परिर्वतन नभए त्यसको असर अबको केही दिनमा काठमाडौंसम्म नै पर्ने देखिन्छ ।...
-
२०८० कार्तिक २२, बुधबार
राष्ट्रपतिद्वारा भूकम्पमा परी घाइते भएकाको उपचारमा ध्यान दिन आग्रह
काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरूको उपचारमा ध्यान दिन आग्रह गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर उनले राजधानीलगायत देशका विभिन्न अस्पतालमा उपचाररत घाइतेप्रति ध्यान दिन तथा प्रभावकारी उपचारको व्यवस्था गर्न आग्रह गरेको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेलले घाइतेको उपचार प्रक्रियालाई सहज...


