-
२०८० आश्विन २३, मंगलबार
इजरायल घटनापछि नेपालमा हाई अलर्ट
काठमाडौं- इजरायलमा हमासको आक्रमणमा परेर १० जना नेपाली मारिएपछि नेपालमा उत्पन्न हुनसक्ने परिस्थितिप्रति नेपाल प्रहरीले समीक्षा गरेको छ । निर्दोष नेपाली विद्यार्थीको मृत्यु र घाइते भएको घटनापछि नेपालमा आक्रोश बढ्न सक्ने आकल सहित अप्रिय गतिविधि हुन नदिन प्रहरीले सतर्कता बढाएको हो । विगतमा यस्ता घटनालगत्तै विरोध प्रदर्शन, आन्दोलन भएको समेत स्मरण गर्दै निमित्त प्रहरी प्रमुख एआईजी टेकप्रसाद राईले सात...
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा रहेका २०० बढीले घर फर्किन नाम टिपाए
काठमाडौं- नेपाली राजदूतावासले हमासको आक्रमणमा मारिएका १० जना नेपालीको शव नेपाल पठाउन इजरायल सरकार र सम्बन्धित निकायसँग समन्वय एवं सहकार्य थालेको छ । घाइते चारजनाको स्थानीय अस्पतालमा उपचार भइरहेको तथा दुई जनालाई तेल अबिबमा सुरक्षित राखिएको छ । दूतावासले जारी गरेको विज्ञप्तिअनुसार प्रहरी, अस्पताललगायत उपलब्ध स्थानीय संयन्त्रको सहयोगमा सम्पर्कविहीन भएका एकजना नेपालीको खोजीलाई तीव्र गतिमा अघि बढाइएको...
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा रहेका नेपालीको अवस्थाबारे राष्ट्रपतिको चासो
काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, मृतकका परिवारलाई राहत लगायतका विषयमा चासो व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले परराष्ट्रमन्त्री एनपी साउदलाई शीतल निवासमा बोलाएर इजरायलमा रहेका नेपाली नागरिकहरूको अवस्थाबारे चासो व्यक्त गरेका हुन् । उनले इजरायलमा हमासको आक्रमणमा परी मारिएका नेपाली विद्यार्थीहरूप्रति श्रद्धाञ्जली व्यक्त...
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा मंगलबार राष्ट्रिय शोक घोषणा
काठमाडौं - इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार सरकारले इजरायलमा द्वन्द्वग्रस्त ठाउँमा रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन काम गर्ने निर्णय गरेको छ । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान...
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा ज्यान गुमाएका नेपाली विद्यार्थीका परिवारलाई १० लाख राहत घोषणा
काठमाडौं- सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोग स्वरुप प्रतिपरिवार १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । बैठकले स्वदेश फर्कन चाहनेहरु लाई नेपाल वायु सेवा निगम र हिमालयन एअरलाइन्सको विमान चार्टर गरी स्वदेश ल्याउने...
-
२०८० आश्विन २२, सोमबार
चलचित्र निर्माता संघको साधारण सभामा चलचित्र सम्बन्धि विधेयकको व्यापक विराेध
नेपाल चलचित्र कलाकार संघले सोमबार अाफ्नो १७ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो साधारण सभा को उदघाटन समारोहमा सन्चार तथा सूचना प्रविधि सचिव कृष्ण बहादुर राउट को प्रमुख आतिथ्यता रहेको थियो भने चलचित्र निर्माता संघ को अध्यक्ष नवल खड्का को सभापतित्वमा उदघाटन समारोह सम्पन्न्र भएको थियो । चलचित्र निर्माता संघ को १७ औ साधारण सभाको उदघाटन समारोहमा सहभागी,वक्ताहरुले यो वर्तमान सरकार विशेष गरि...
-
२०८० आश्विन २२, सोमबार
कपिलवस्तुको तिलौराकोट क्षेत्र विश्वसम्पदा सूचीका लागि प्रस्तावित
पुरातत्व विभागले कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचिकृत गर्ने प्रक्रियाका लागि मस्यौदा तयार पारी प्रस्ताव अघि बढाएको छ । ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक दृष्टिले महत्वपूर्ण तिलौराकोट क्षेत्रको उत्खनन्पछि त्यहाँ पाइएका सामग्रीका आधारमा विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियास्वरुप प्राप्त प्रमाणसहित दस्तावेजको मस्यौदा संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक...
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख सहयोग
काठमाडौँ, सरकारले इजरायलमा आतङ्कवादी हमलामा परी ज्यान गुमाएका नेपाली नागरिकका परिवारलाई सहयोगस्वरुप प्रतिपरिवार रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । बैठकले स्वदेश फर्कन चाहनेहरुलाई नेपाल वायु सेवा निगम र हिमालयन एयरलाइन्सको विमान चार्टर गरी स्वदेश...
-
२०८० आश्विन २२, सोमबार
इजरायलमा मारिएकाहरुको सम्झना
काठमाडौँ, शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा माइतीघर मण्डलमा दीप प्रज्वलन गरिएको छ । लुम्बिनी विश्व शान्ति मञ्च र अनेरास्ववियु ९क्रान्तिकारी० केन्द्रीय समितिले आज साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो । दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले...
-
२०८० आश्विन २२, सोमबार
चाडवाडमा काठमाडौँमा सुरक्षा निगरानी बढाइयो
चाडवाडका समयमा काठमाडौँ उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने भएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने तयारी गरेको काठमाडौँ उपत्यका...
-
२०८० आश्विन २२, सोमबार
इजरायल घटना विषय प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषदको विशेष बैठक आव्हान
काठमाडौँ - इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकहरूको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहत लगायतका विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषदको विशेष बैठक बोलाएका छन् । सोमबार अपरान्ह ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीहरूको अवस्था, नेपाली नागरिकलाई स्वदेश फिर्तिका लागि...
-
२०८० आश्विन २२, सोमबार
दशैँको अग्रिम टिकट खुलेसँगै बसपार्कमा भीड
काठमाडौँ - दशैँमा घर जाने यात्रुका लागि आज (सोमवार) देखि अग्रिम टिकट बुकिङ खुलेको छ । टिकट बुकिङ खुलेसँगै बसपार्कमा टिकट काट्ने यात्रुहरुको भीड लागेको छ । सोमवार बिहान ६ बजेदेखि अग्रिम टिकट बुकिङ शुरु भएको हो । काठमाडौंसहित देशका विभिन्न ठाउँमा लामो दूरीका यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ । तर यात्रुहरुले भने गत वर्षको तुलनामा अलि व्यवस्थित भए पनि अनलाइन टिकटमा सरकारको कमजोरी देखिएको...


