-
२०८० कार्तिक ७, मंगलबार
आज कोसी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना
काठमाडौं - मंगलबार कोसी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदलीदेखि मौसम...
-
२०८० कार्तिक ७, मंगलबार
प्याराग्लाइडिङपछि परराष्ट्रमन्त्रीले भने - पर्यटन व्यवसायले गति लिन्छ
कास्की— परराष्ट्रमन्त्री एनपी साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताएका छन् । पोखराको तोरीपानीबाट फेवाताल किनारमा सोमबार प्याराग्लाइडिङ गरेपछि उनले साहसिक पर्यटनलगायतका धेरै सम्भावना बोकेको पोखराको पर्यटन व्यवसायले आगामी दिनमा गति लिने विश्वास व्यक्त गरे । प्याराग्लाइडिङ पोखराको महत्त्वपूर्ण पर्यटकीय गतिविधि भएको उल्लेख गर्दै मन्त्री साउदले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको...
-
२०८० कार्तिक ७, मंगलबार
इजरायलबाट बाकसमा फर्किदा...
कञ्चनपुर— मुलुकभर दसैंको रौनक बढिरहेका बेला सोमबार बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका- १५ निम्बुखेडामा सन्नाटा छायो । टीकापुरस्थित सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्याम्पसबाट ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका दीपेश विष्टको शव निम्बुखेडा पुगेपछि उनको परिवारसँगै सिङ्गो टोल शोकमा डुब्यो । छोराको मृत्युको खबरपछि अर्धचेत अवस्थामा दार्चुलाको लेकम गाउँपालिका- ५ बाट महेन्द्रनगर झरेकी...
-
२०८० कार्तिक ७, मंगलबार
सरकारले घटायो खसी-बोका र च्याङ्ग्राको मूल्य
काठमाडौँ - सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले उपभोक्तालाई थप सहुलियत प्रदान गर्न खसीबोका तथा च्याङ्ग्राको मूल्य घटाएको छ । कम्पनीले जिउँदो खसीबोका तथा च्याङ्ग्राको मूल्यमा प्रतिकिलो थप रु १० देखि २५ सम्म छुट दिएको हो । कम्पनीले आजदेखि जिउँदो खसीबोका प्रतिकिलो रु ६५० तथा च्याङ्ग्रा प्रतिकिलो रु १ हजार २२५ मा बिक्री गर्न थालेको छ । खाद्यले यसअघि जिउँदो खसीबोका प्रतिकिलो रु १०...
-
२०८० कार्तिक ७, मंगलबार
आज विजयादशमी, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
काठमाडौं - आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:०२ बजेको साइत उत्तम रहेको जनाएको छ। विजयादशमी आफैँमा शुभ...
-
२०८० कार्तिक ५, आइतबार
आज महाअष्टमी पर्व मनाइँदै
काठमाडौं - बडादसैंको आठौं दिन महाकाली, महालक्ष्मी र महासरस्वती देवीको विधिपूर्वक विशेष पूजा आराधना गरी देशभर महाअष्टमी पर्व मनाइँदै छ । यो दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमीमा नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी...
-
२०८० कार्तिक ५, आइतबार
हमास आक्रमणमा मारिएका ४ जनाको शव आज नेपाल ल्याइँदै
काठमाडौं - हमास आक्रमणमा ज्यान गुमाएका चार जना नेपालीको शव आज नेपाल ल्याइँदै छ। शव लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउद र नेपालका लागि इजरायली राजदूत जाने छन्। इजरायलको तेल अविवस्थित नेपाली दूतावासले कानुनी प्रक्रिया पूरा भएका चार जना नेपाली विद्यार्थीको शव शनिबार फ्लाई दुबईबाट नेपाल पठाइएको हो। परराष्ट्र मन्त्रालयका अनुसार नारायण न्यौपाने, लोकेन्द्रसिंह धामी,...
-
२०८० कार्तिक ५, आइतबार
काठमाडौंमा भूकम्पको धक्का महसुस
काठमाडौं - काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहान ७ बजेर ४० मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँसहित गण्डकी प्रदेश लगायत आसपासका क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
-
२०८० कार्तिक ३, शुक्रबार
इजरायलले ४ नेपालीको शव दूतावासलाई बुझायो, पर्सि काठमाडौं पुग्ने
काठमाडौं- प्यालेस्टाइनी हमास समूहको आक्रमणमा परी ज्यान गुमाएका ४ जना नेपालीको शव आइतबार बिहान काठमाडौं पुग्ने भएको छ । आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये ४ जनाको शव आइतबार काठमाडौं पुग्ने तेलअविवस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ । दूतावासले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि दिउँसो १:२५ बजेको फ्लाइ दुबईको उडानबाट नेपाल पठाउन लागिएको जानकारी गराइएको छ । इजरायलबाट दुबईसम्म र...
-
२०८० कार्तिक ३, शुक्रबार
कोजाग्रत पूर्णिमाका दिन कांग्रेसको चियापान
काठमाडौं- नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिन चियापान कार्यक्रम राखेको छ । कात्तिक ११ गते पार्टी कार्यालय सानेपामा शुभकामनाको कार्यक्रम राखिएको छ । दसैँ, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरूको अवसरमा शुभकामना दिन चियापान राखिएको कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ४७ वर्षअघिदेखि सुरु गरिएको चियापान यसवर्ष पनि जारी राख्ने सबै तयारी पूरा भएको उनले बताए ।...
-
२०८० कार्तिक ३, शुक्रबार
दसैँमा पनि आयल निगमका डिपोहरू खुला रहने
काठमाडौं- दसैँको सार्वजनिक बिदाका दिनहरूमा पनि आयल निगमका बिक्री केन्द्र (डिपो)हरू खुला रहने भएका छन् । नेपाल आयल निगमका अनुसार कात्तिक ४ गते अर्थात् फूलपातीका दिनदेखि कात्तिक ९ गतेसम्म (कोजाग्रत पूर्णिमा) का दिन सम्मै बिक्री केन्द्रहरू खुला रहने भएका हुन् । तथापि, व्यवस्थापन अनुकूल केन्द्रदेखि प्रादेशिक कार्यालयहरूलाई दिन अनुसार खुला राख्ने तालिका तयार गरिएको निगमले जनाएको छ । जसअनुसार कोशी...
-
२०८० कार्तिक ३, शुक्रबार
पछिल्लो २४ घण्टामा एक लाखले छाडे उपत्यका
काठमाडौं - दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको सङ्ख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा एक लाखले उपत्यका छाडेका छन् । आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार सार्वजनिक सवारीसाधनमार्फत पछिल्लो २४ घण्टामा एक लाख यात्रु बाहिरिएका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । योसँगै घटस्थापनापछि आजसम्म कुल चार लाख ६६ हजार...


