STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आश्विन २६, शुक्रबार

    लक्कि फिल्मी अवार्डमा छक्का पन्जा ४ को वर्चस्व

    मोफसल कै पहिलो फिल्म अवार्डका रुपमा चितवन को भरतपुरमा लक्की फिल्मी अवार्ड २०८० तथा सम्मान समारोह विहिबार सम्पन्न भएको छ । चितवनको लक्की मिडियाले आयोजना गरेको सो समारोहमा भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल प्रमूख अतिथीका रुपमा बोल्दै भरतपुर भ्रमण वर्ष सफल बनाउन कलाकारको साथ र सहयोग अपरिहार्य रहेको बताएकी छन् । लक्की मिडिया हाउस चितवनले भरतपुरको सिजि ल्यान्डमार्क स्थित सिनेप्लेक्समा सम्पन्न...

  • २०८० आश्विन २५, बिहिबार

    अलपत्र विद्यार्थी लिन परराष्ट्रमन्त्री इजरायल गए

    काठमाडौं- स्वदेश फर्कन चाहने करिब साढे दुई सय विद्यार्थीलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउदसहितको टोली इजरायल प्रस्थान गरेको छ । नेपाल एअरलाइन्सको विमानबाट उनी बिहीबार बिहान दुबई हुँदै इजराइलका लागि उडेका हुन् । कृषि पढ्न इजरायल गएका विद्यार्थीलाई दुई दिनभित्र स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्रीलाई इजरायल पठाउने निर्णय बुधबार मन्त्रिपरिषद् बैठकले गरेको थियो । ...

  • २०८० आश्विन २५, बिहिबार

    काठमाडौं महानगरले गर्‌याे दुई महिनामा एक अर्ब राजस्व असुल

    काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो दुई महिनाको अवधिमा एक अर्ब १७ करोड १३ लाख ७५ हजार राजस्व असुल गरेको छ । गत आवको सोही अवधिमा काठमाडौं महानगरपालिकाले ९३ करोड ४१ लाख राजस्व असुल गरेको थियो । चालु आवका लागि कामपाले १० अर्ब ४१ करोड राजस्व असुलको लक्ष्य लिएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए । गत आवको सोही अवधिलाई तुलना गर्दा चालु आवको साउन र भदौमा २४...

  • २०८० आश्विन २३, मंगलबार

    इजरायलबाट छिटो शव ल्याउन संसदीय समितिको निर्देशन

    काठमाडौँ - प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ । मंगलवार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । सरकारलाई समितिको तर्फबाट निर्देशन दिँदै समिति सभापति राजकिशोर यादवले घाईतेहरुको स्वास्थ्योपचार गर्न,बेपत्ता भएका नेपालीहरुको तत्काल खोजि गर्न र...

  • २०८० आश्विन २३, मंगलबार

    आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई सरकारले वार्तामा बोलायो

    काठमाडौं- सरकारले आन्दोलनरत स्थानीय तहका कर्मचारीलाई वार्तामा बोलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले, एक विज्ञप्ति जारी गर्दै मागको सम्बोधन छलफलबाट नै हुने भन्दै वार्तामा आउन आग्रह गरेको हो ।  वार्ताबाटै समस्याको समाधान हुने प्रतिवद्धतासहित कर्मचारीलाई काममा फर्कन समेत सरकारले आग्रह गरेको छ । मन्त्रालयले स्थानीय तहका कर्मचारीका मागका सम्बन्धमा छलफल गरी उपयुक्त निकास निकाल्न...

  • २०८० आश्विन २३, मंगलबार

    नेपालगञ्जमा हटाइयो कर्फ्यु र निषेधाज्ञा

    काठमाडौं- नेपालगञ्जमा विगत एक सातादेखि जारी कर्फ्यु र निषेधाज्ञा हटाइएको छ । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि प्रशासनले कर्फ्यु र निषेधाज्ञा लगाएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले एक सूचना जारी गर्दै मंगलबार बिहान ४ बजेदेखि कर्फ्यु र निषेधाज्ञा पूर्ण रूपमा हटाइएको उल्लेख गरेका हुन् । गत असोज १६ गते दिउँसो १ बजेदेखि नेपालगञ्जमा कर्फ्यु लगाइएको...

  • २०८० आश्विन २३, मंगलबार

    इजरायल घटनापछि यूएन महासचिव गुटेरेसको नेपाल भ्रमण स्थगित

    काठमाडौं- इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच सुरु भएको तनावका कारण संयुक्त राष्ट्रसङ्घ (यूएन) का महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण स्थगित भएको छ । ‘उहाँको भ्रमण छिट्टै हुनेछ । हाललाई स्थगित भएको छ,’ परराष्ट्र मन्त्रालयकी सहसचिव एवं प्रवक्ता सेवा लम्सालले भनिन्  । यसअघि महासचिव गुटेरेसको नेपाल भ्रमण असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो । गुटेरेसले असोज २७ गते...

  • २०८० आश्विन २३, मंगलबार

    मानसिक रोग पनि अन्य सामाजिक रोगजस्तै हो, भेदभाव नगरौँ : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानसिक बिरामीलाई मर्यादित र सम्मानजनक वातावरण निर्माण गर्न आवश्यक भएको बताएका छन् । उनले समावेशी एवं समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन् । प्रधानमन्त्री दाहालले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिँदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण...

  • २०८० आश्विन २३, मंगलबार

    नेपालगञ्जमा कर्फ्यू हटाइयो

      नेपालगञ्ज , नेपालगञ्जमा एक सातादेखि जारी कर्फ्यू हटाइएको छ । जनजीवन सामान्य हुँदै गएपछि कर्फ्यू हटाइएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले शान्तिसुरक्षाको अवस्था सामान्य बनेकाले कर्फ्यू हटाइएको उल्लेख गर्नुभयो । अघिल्लो मङ्गलबार नेपालगञ्जमा तनाव उत्पन्न भएपछि दिउँसो १ बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । अवस्था सामान्य बन्दै...

  • २०८० आश्विन २३, मंगलबार

    काठमाडौँका करिब छ हजार सामुदायिक कुकुरको बन्ध्याकरण गरिने

    काठमाडौँ, काठमाडौँ महानगरपालिकाले आजदेखि सामुदायिक कुकुर नियन्त्रणका लागि बन्ध्याकरण  अभियान सुरु गरेको छ । कुकुर व्यवस्थापन हुन नसकेको गुनासो आउन थालेपछि कामपाले बन्ध्याकरण र रेबिज विरुद्धको खोप अभियान  सुरु गरेको  हो ।     आजदेखि कामपाको वडानं ४, ७, ९, ११, १४, १५, २५, ३१ र ३२ बाट सुरु गरिएको अभियानमा पाँच हजार आठ सय कुकुरको स्थायी बन्ध्याकरण र १६ हजारलाई रेबिज विरुद्ध खोप दिने योजना  रहेको...

  • २०८० आश्विन २३, मंगलबार

    अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु

    जाजरकोट, २३ असोज स् कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले टोकेर दुई बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा  वीरबहादुर सिंहको छोरीद्वय नौ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता छन् ।  टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले दिनुभएको जानकारी अनुसार  घाइते निर्जलाको उपचार गर्नका लागि छेडागाड नगरपालिकाको थलह स्वास्थ्य केन्द्रमा लैजाँदै गर्दा बाटोमै सोमबार  मृत्यु भएको थियो भने...

  • २०८० आश्विन २३, मंगलबार

    तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह

    काठमाडौ, परराष्ट्रमन्त्री एनपी साउदले राजनीतिक तहमा आधिकारिक निर्णय बाहेक तत्काल व्यक्तिगत र पार्टीगत रुपमा इजरायल भ्रमण नगर्न आग्रह गर्नुभएको छ । इजरायलमा भएको आक्रमण र त्यहाँ रहेका नेपालीहरुको अवस्थाका बारेमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा जानकारी गराउनु हुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो । मन्त्री साउदले हमास समूहले आक्रमण गरेपछि इजरायलको अवस्था संवेदनशील रहेको जानकारी...

Pages