STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आश्विन १५, सोमबार

    अमेरिकामा पनि इन्द्रजात्रा

    अमेरिकाको न्युयोर्कमा हरेक वर्ष झैं यसपाली पनि नेवाः गुठी न्युयोर्कले ज्याक्सन हाइटमा भव्यरुपमा इन्द्रजात्रा मनाएको छ । प्रत्येक वर्ष यंलाथ्व चतुर्दशीका दिन काठमाडौँ उपत्यकाका नेवारहरुले एक सातासम्म भव्यरुपमा इन्द्रजात्रा मनाउने गर्छन् भने ललितपुर, भक्तपुर, बनेपा, धुुुलिखेललगायत नेवार वस्ती भएका ठाउँमा एक दिन भए पनि यो जात्रा मनाउने  चलन छ । त्यस्तै नेवाः गुठी न्युयोर्कले पनि आफ्ना कलाा संस्कृति...

  • २०८० आश्विन १५, सोमबार

    एनप्लस प्रोफेसनल लक्की फिल्मी अवार्ड : काठमाडौंमा आज उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

    काठमाडौं - लक्की मिडिया हाउस चितवनको आयोजनामा यही असोज २५ गते एनप्लस प्रोफेशनल लक्की फिल्मी अवार्ड हुने भएको छ । ‘लक्की फिल्मी अवार्ड २०८०’ का नामबाट मिडिया हाउसले चितवनमा फिल्मी अवार्डको कार्यक्रम आयोजना गर्न लागेको हो । मोफसलमा रहेर पनि नेपाली सिनेजगतको संरक्षण र जगेर्ना गर्नका लागि अवार्ड कार्यक्रम आयोजना गरिएको हो । ‘चलचित्र उद्योगको प्रवर्द्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान’ भन्ने...

  • २०८० आश्विन १५, सोमबार

    पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

    तुलसीपुर  पोखराबाट सुर्खेत जाँदै गरेको ग१ख ८४८५ नम्बरको यात्रुबाहक बस दाङमा दुर्घटना हुँदा १४ यात्रु घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको बबईसोता पुलको ‘साइड’मा बस दुर्घटनामा परेको हो । बस सडकदेखि १० मिटर तल खसेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक शङ्कर श्रेष्ठले बताउनुभयो । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । सवारी चालक रामेछाप सुनपति गाउँपालिका–३ निवासी ३३ वर्षीय...

  • २०८० आश्विन १५, सोमबार

    दाङमा डेङ्गु सङ्क्रमणबाट मृत्यु

    घोराही दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईले जानकारी दिनुभयो । डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि प्रतिष्ठानमा भने आइतबार साँझ उपचारका लागि ल्याइएको थियो । उहाँकोे उपचारकै क्रममा आज बिहान मृत्यु...

  • २०८० आश्विन १४, आइतबार

    स्लाइसमा अखाद्य वस्तु भेटिएपछि कम्पनीलाई २ लाख जरिवाना

    काठमाडौं- स्लाइस उत्पादन कम्पनी बरुण वेभरेजलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ । सो कम्पनीले उत्पादन गरेको स्लाइसमा अखाद्य वस्तु भेटिएपछि जरिवाना तिराइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । बजार अनुगमनको क्रममा काठमाडौं महानगरपालिका–३२ स्थित कालिमाटीमा सञ्चालित एक पसलमा बेच्न राखिएको स्लाइसमा अखाद्य वस्तु भेटिएको महानगरले जनाएको छ । ‘हामीले पछिल्लो समय नियमित अनुगमन गरिरहेका...

  • २०८० आश्विन १४, आइतबार

    अभिनेता अनमोल केसी रिहा

    काठमाडौं- प्रहरीले अभिनेता अनमोल केसीलाई हिरासतमुक्त भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न आइतबार अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । रिहा भएपछि अनमोल केसी निर्माता सुनिलकुमार थापाको गाडी...

  • २०८० आश्विन १४, आइतबार

    जलहरी प्रकरण : ढकाल र थापाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति मन्दिरमा जलहरी राख्नेक्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा. प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको...

  • २०८० आश्विन १४, आइतबार

    पेट्रोलियम पदार्थमा बढेको मुल्य फिर्ता

    काठमाडौ - नेपाल आयल निगमले आजदेखि लागु हुने गरि वृद्धि गराएको खाना पकाउने ग्याससहित इन्धनको बढाएको मुल्य फिर्ता लिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदकोप बैठकलाई सम्बोधन गर्दै निगमले बढेको मुल्य फिर्ता गर्ने निर्णय गरिसकेको जानकारी गराएका हुन् । निगमले आइतबारदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको थियो । निगमले पेट्रोल लिटरमा...

  • २०८० आश्विन १३, शनिबार

    पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि, ग्यासको भाउ २२१०

    काठमाडौं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको...

  • २०८० आश्विन १२, शुक्रबार

    पाकिस्तानको बलुचिस्तानमा आत्मघाती बम विस्फोट, ५२ को मृत्यु

    एजेन्सी- पाकिस्तानको बलुचिस्तानमा शुक्रबार आत्मघाती बम विस्फोटमा परी ५२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रहरी अधिकारी पनि छन् । बलुचिस्तानको मस्तुङ जिल्लामा भएको बम विस्फोटमा परी करिब ५० जना घाइते भएको स्थानीय सञ्चारमाध्यम डनन्यूजले जनाएको छ । जिल्ला स्वास्थ्य अधिकारी अब्दुल रशिद शाहीले घटनाको मृतकको संख्या पुष्टि गरेका छन् । उनका अनुसार अल फलाह रोडस्थित मदिना मस्जिदमा धार्मिक कार्यक्रमका...

  • २०८० आश्विन १२, शुक्रबार

    काठमाडौमा बढे डेँगुका बिरामी

    काठमाडौं- पछिल्लो समय काठमाडौं महानगरपालिकामा डेँगु सङ्क्रमणका बिरामी बढेका छन् । एक हप्तादेखि ३२ वटै वडामा डेँगुका बिरामी बढेका महानगर स्वास्थ्य विभागले जानकारी दिएको छ । विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष असोजको पहिलो सातासम्म डेँगुका बिरामी नगन्य मात्रामा थिए तर अहिले विस्तारै बिरामी बढिरहेका छन् । डेँगु सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक ...

  • २०८० आश्विन १२, शुक्रबार

    अभिनेता अनमोल केसी पक्राउ

    काठमाडौं - आपराधिक विश्वासघात गरेको आरोपमा अभिनेता अनमोल केसी पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालयले उनलाई भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ। उनीमाथि एक करोड १५ लाखको आर्थिक विश्वास घात गरेको आरोप रहेको र अदालतबाट अनुमति लिएर पक्राउ गरिएको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । निर्देशक सुदर्शन थापाले अभिनेता केसीविरुद्ध उजुरी दिएका थिए । अभिनेता अनमोल केसीले पक्राउ पर्नु...

Pages