-
२०८० कार्तिक १, बुधबार
गाजा सहरको अस्पतालमा विस्फोट, ५०० जनाको मृत्यु
काठमाडाैँ - युद्धग्रस्त गाजा सहरको एक अस्पतालमा शक्तिशाली विस्फोटन हुँदा कम्तीमा पनि ५०० जनाको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य अधिकारीहरुका अनुसार कम्तिमा ५०० जनाको मृत्यु र कैयौँ घाइते भएका छन् । यो आक्रमण कसले गरेको हो भन्ने खुलेको छैन । इजरायली सरकार र प्यालेस्टाइनी विद्रोही समूह समासले उक्त अस्पतालमा भएको ठूलो विस्फोटका लागि एक–अर्कालाई दोष दिइरहेका छन् । प्यालेस्टिनी चरमपन्थी समूह...
-
२०८० कार्तिक १, बुधबार
पार्टी खोलेर चुनाव लड्नुस् : पूर्वराजा शाहलाई नेपालको चुनौती
काठमाडौं - नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौति दिएका छन् । भक्तपुरमा बुधबार आयोजित दसैँ शुभकामना कार्यक्रममा नेपालले नेपालमा कुनै वंशको शासन नेपाली जनतालाई स्वीकार्य नहुने बताए । अध्यक्ष नेपालले त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन पूर्व...
-
२०८० कार्तिक १, बुधबार
इजरायलबाट दिल्ली आइपुगे थप १८ नेपाली
काठमाडौं - भारत सरकारमार्फत युद्धग्रस्त इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका छन् । भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको विशेष विमानबाटै नेपाली नागरिकलाई पनि ल्याएको हो । दिल्लीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुरेन्द्र थापाले भारत सरकारसँग समन्वयमा १८ जना नेपाली नागरिक आइपुगेको बताए । गत साता हमासले इजरायलमाथि आक्रमण...
-
२०८० आश्विन ३०, मंगलबार
पिम नेपालको अध्यक्षमा माधबराज खरेल चयन
पिम नेपाल अर्थात पावर ईन्टरनेशनल मिडिया नेपालको सोमबार भएको अधिवेशन तथा सम्मान समारोहमा संस्था को नया अध्यक्षमा माधबराज खरेल चयन भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट सर्वसम्मत पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । काठमाडौंमा सम्पन्न निर्वाचनबाट अध्यक्षमा खरेल, बरिष्ठ उपाध्यक्षमा गायक पुर्ण बहादुर राई, प्रथम उपाध्यक्षमा संगीतकार शंकर थापा ‘स्माईल...
-
२०८० आश्विन ३०, मंगलबार
चलचित्र चिट्ठीको फष्ट लुक सार्वजनिक
एरा प्रोडक्सनले निर्माण गरेको नयाँ चलचित्र "चिट्ठी”को फष्ट लुक सार्वजनिक गरेको छ । कमेडी, सस्पेन्स तथा थ्रिलर जनरामा बनेको चलचित्रलाई संचारकर्मी समेत रहेकी निर्माता कमला जोशीले निर्माण गरेकी हुन । माधब राज खरेलको लेखन र निर्देशन रहेको उक्त चलचित्रमा अनिता कुँवर र कृष्णा आचार्यले एसोसियट निर्माताको रुपमा रहेका छन् भने सह निर्माता समिर खान रहेका छन् । सो चलचित्रमा प्रमुख कलकारका रुपमा सञ्जित...
-
२०८० आश्विन ३०, मंगलबार
म्यूजिक खबरको ७औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान सम्पन्न
गीतसंगीतको विविध पक्ष समेटेर प्रकाशित भइरहेको म्यूजिक खबर पाक्षिक पत्रिकाले आफ्नो ७औं वार्षिकोत्सव तथा स्रष्टा सम्मान समारोह सम्पन्न गरेको छ । कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपलकुलपति एवम् बरिष्ट संगीतकार शम्भुजित बास्कोटा प्रमूख अतिथी रहनु भएको थियो । सो समारोहमा वरिष्ठ सङ्गीतकार तथा गायक शक्ति बल्लभलाई ‘म्यूजिक खबर विशिष्ट स्रष्टा सम्मान’ अर्पण गरिएको थियो ।...
-
२०८० आश्विन २९, सोमबार
अफलाइन राइड गर्ने ८३ चालक कारबाहीमा
काठमाडौँ - जिल्ला प्रहरी परिसर काठमाडौँले पठाओ र इनड्रइभका नाममा अफलाइन राइड गर्ने ८३ चालकलाई कारबाही गरेको छ । काठमाडौँका विभिन्न स्थानबाट अनधिकृत तवरले सर्वसाधारणलाई ओसारपसार गर्ने ‘अफलाइन राइड ट्रिप’ क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई आवश्यक कारबाही गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा विगतका केही आपाराधिक...
-
२०८० आश्विन २९, सोमबार
‘नइ उपकार कोष’को स्थापना
नेपालको वाङमय क्षेत्रमा नीजि क्षेत्रको प्राज्ञिक संस्थाको रुपमा रहेको नइ प्रकाशनले आर्थिक रूपमा कमजोर साहित्यकारको स्वास्थ्य उपचार, कृति प्रकाशन र अन्य सहयोगका लागि ‘नइ उपकार कोष’को स्थापना गरेको छ । यस प्रयोजनका लागि बैंकमा हाल दस लाख रुपियाँ अक्षयकोष राखिएको कुरा सदस्यसचिव नरेन्द्रराज प्रसाई जानकारी गराउनु भएको छ । नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सोमबार बसेको बैठकले...
-
२०८० आश्विन २९, सोमबार
लुनकरणदास - गंगादेवी चौधरी साहित्यकला मन्दिरको बार्षिक उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम सम्पन्न
श्रीलुनकरणदास - गंगादेवी चौधरी साहित्यकला मन्दिर ३० औ बार्षिक उत्सव तथा श्रष्टा सम्मान कार्यक्रम २०८० चर्चित अभिनेत्री मनिषा कोईरालाको प्रमुख आतिथ्यमा सोमबार सप्पन्न भएको छ । सो कार्यक्रममा कार्य समितिको चयन गरेको छ । जस अनुसार साहित्यकला मन्दिरका वसन्त चौधरी संरक्षक रहेर आफ्नो सुपुत्री मेघा चौधरी संस्थाको अध्यक्ष पदमा मनोनीत गरिएको छ । त्यसैगरी उपाध्यक्षमा हरिहर शर्मा, महासचिवमा रमण घिमिरे...
-
२०८० आश्विन २९, सोमबार
आजदेखि नयाँ नोट साट्न पाइने
काठमाडौं- आजदेखि नयाँ नोट साट्न पाइने भएको छ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले सोमबारदेखि नयाँ नोट साट्न थालेको हो । काठमाडौं उपत्यकाभित्र राष्ट्र बैङ्क अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैङ्कका शाखा मार्फत नयाँ नोट सटही गर्न सकिनेछ । काठमाडौं उपत्यका बाहिर राष्ट्र बैङ्कको प्रदेशमा रहेका कार्यालय वा वाणिज्य बैङ्कका शाखा कार्यालयमा गई नोट साट्न सकिने...
-
२०८० आश्विन २९, सोमबार
पेट्रोलको मूल्य लिटरमै ११ रुपैयाँ घट्यो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ घटाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी निगमले मूल्य घटाएको हो । स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । जसअनुसार डिजेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७२ रुपैयाँ पर्नेछ भने डिजेलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ ।
-
२०८० आश्विन २८, आइतबार
शिवपुरी मा.वि.ले मनाए हिरक जयन्ती
काठमाडौंको महाराजगञ्जस्थित शिवपुरी माध्यमिक विद्यालय स्थापनाको ७५ औं वर्ष पूरा भएको अवसरमा शनिबार स्थापना दिवसका साथै हीरक जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राई प्रमूख अतिथी रहेको हिरक जयन्ती समारोहको सभापति गिरिधर मिश्र रहेका थिए । सो समारोहमा बागमति प्रदेश सरकारले नेपालभाषा र तामाङ्ग भाषालाई सरकारी कामकाजी भाषा कायम गरेको निर्णयको...


