-
२०८० आश्विन ९, मंगलबार
ईः अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन
काठमाडौं- साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । ईः ले ८ दिनदेखि मेयर र उपमेयरको कार्यालय राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरिरहेका छन् । मंगलबार बिहान उपमेयर सुनिता डंगोल अभियन्ता ईः लाई भेट्न पुगेकी थिइन् । त्यसपछि मेयर बालेन साहले वार्ताका लागि ५ सदस्यीय टोली बनाएका थिए । ईः का तर्फबाट...
-
२०८० आश्विन ९, मंगलबार
सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति
काठमाडौं- मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू आन्दोलनमा उत्रिएका चिकित्सकबीच सहमति भएको छ । उनीहरूबीच चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि कारबाही गर्ने सहमति भएको छ । सहमति अनुसार स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ बमोजिम कारबाही हुनेछ । पछिल्लो समय बिरामीका...
-
२०८० आश्विन ९, मंगलबार
हनुमानढोकामा यःसिँ उठाएसँगै शुरु भयो यँयाः (इन्द्रजात्रा)
काठमाडौँ - हनुमानढोकामा यःसिँ ठड्याइएको छ । बिहान १० बजेर ३७ मिनेटमा इन्द्र ध्वजोत्थान गरिएको हो । काठमाडौंको हनुमानढोकामा इन्द्रध्वजसहितको यःसिँ ठड्याएपछि इन्द्रजात्रा शुरु भएको छ । इन्द्रजात्रालाई नेपालभाषामा ‘येंयाः’ भनिन्छ । यँको अर्थ यँमाःद्यः अर्थात् इन्द्र देउता र याः भनेको यात्रा वा जात्रा हो । इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर...
-
२०८० आश्विन ९, मंगलबार
सूचनाको हकका अभियानकर्मीको राष्ट्रिय भेला राजधानीमा हुने
काठमाडौँ,सूचनाको हकका लागि राष्ट्रिय महासङ्घले पहिलो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन राजधानीमा आयोजना गर्ने भएको छ ।सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तरराष्ट्रिय दिवसको अवसर पारेर यही असोज ११ र १२ गते राजधानीमा सम्मेलन आयोजना गर्न लागिएको हो । सम्मेलनमा ७७ जिल्ला, सबै प्रदेशका जिल्ला अध्यक्ष एवं प्रतिनिधि गरी चार सय जनाको सहभागिता रहने महासङ्घका अध्यक्ष उमिद बागचन्दले राससलाई जानकारी दिनुभयो ।...
-
२०८० आश्विन ९, मंगलबार
४१ औँ साक्या रिन्पोछेद्वारा दुर्लभ महाभिषेक प्रदान हुने
काठमाडौँ, आउँदो असोज २७ गते शनिबार महान् गुरु ४१ औँ साक्या गोङ्मा ठ्रिछेन् रिन्पोछेद्वारा दुर्लभ महाभिषेक ९वाङ्छेन्० कार्यक्रम हुने भएको छ । गुरु रिन्पोछेको नेपाल भ्रमणको सिलसिलामा प्रदान गर्न लागिएको ऐतिहासिक महाभिषेक कार्यक्रम काठमाडौँको चुच्चेपाटी, बौद्धस्थित तारागाउँ म्युजियमको खुलाचौरमा हुनेछ ।आयोजक व्योम कुसुमा बुद्ध धर्म सङ्घका अनुसार, यो भारत वर्षीय महासिद्ध श्रीमद्मैत्रियोगी...
-
२०८० आश्विन ८, सोमबार
भाइरल ज्वरोले दुईको मृत्यु
बाजुरा, खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीको माटेसागुमा भाइरल ज्वरोले दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सो वडाकी ४९ वर्षीया सौरादेवी बुढा र ६२ वर्षीय कुलबहादुर शाही रहेको स्थानीय दीर्घबहादुर शाहीले जानकारी दिनुभयो । भाइरल ज्वरोका कारण बुढाको चार दिन पहिले र शाहीको आइतबार मृत्यु भएको उहाँले जानकारी दिनुभयो । गाउँमा रहेका एक सय ६० बढी परिवारका सबै घरमा बिरामी परेका छन् । भाइरल...
-
२०८० आश्विन ८, सोमबार
एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमाः महासचिव पोखरेल
काठमाडौँ, नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको बताउनुभएको छ ।पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै महसाचिव पोखरेलले गत निर्वाचनमा सामनुपातिकतर्फ एमाले पहिलो पार्टी भए पनि सुविधाजनक बहुमत नभएकाले प्रतिपक्षमा रहेको...
-
२०८० आश्विन ८, सोमबार
गैँडा मार्ने मुद्दाका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ
चितवन, राष्ट्रिय निकुञ्जले गैँडा मारेको अभियोगमा फरार रहेका चार जनालाई २५ वर्षपछि पक्राउ गरेर सार्वजनिक गरेको छ । विसं २०५५ कात्तिक २८ गते खाल्डोमा पारी गैँडा मारी खाग काटेको अभियोगमा फरार रहेका विष्णु कार्की, गोगनबहादुर बाँनिया क्षेत्री, यामबहादुर बाँनिया र हरी कार्कीलाई निकुञ्जले पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार उनीहरुमध्ये हरिलाई विसं २०५७ माघ २५ को...
-
२०८० आश्विन ८, सोमबार
ईन्द्रजात्रा अवलोकन गर्न अमेरिका र चीनबाट पाहुना आउने
काठमाडौँ उपत्यकाको चिनारीसँग जोडिएको ईन्द्रजात्रा अवलोकनका लागि अमेरिका र चीनबाट पाहुना आउने भएका छन् । काठमाडौँ महानगरपालिकाले आज पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । महानगरका प्रवक्ता नवीन मानन्धरले दुवै देशबाट २२ जना पाहुना आउने बताउनुभयो । अमेरिकाको फेडरिसवर्ग सिटी र चीनको नान्जिन, छेन्दु र झान्झाउ नगरपालिका र सियान सिटीबाट पाउना आउने उहाँको भनाइ छ ।जात्राको गरिमालाई...
-
२०८० आश्विन ७, आइतबार
तलेजु दर्शन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुरमा
भक्तपुर - पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर आएका छन्। भक्तपुरवासीको निमन्त्रणामा पूर्वराजा शाह यहाँ आएका हुन्। स्थानीयहरूले शाहलाई विशेष सम्मान गर्दै नेपालको झण्डासहित भव्य स्वागत गरेका थिए। पूर्वराजा शाहलाई स्वागत गर्न समर्थकहरूको भीड लागेको थियो। स्वागतका क्रममा समर्थकहरूले 'हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ', 'राजा आउ, देश बचाउ'लगायतका नारा लगाएका थिए। शाहले भक्तपुरको दरबार...
-
२०८० आश्विन ७, आइतबार
महासङ्घको सहमतिमा राहत शिक्षकको असन्तुष्टि, थप आन्दोलन घोषणा
काठमाडौं - प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौँमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत,पेन्सन वञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आबद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् । राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् । शुक्रवार सरकारसँग महासङ्घले गरेको सहमतिमा असन्तुष्टि...
-
२०८० आश्विन ७, आइतबार
गाईको चित्र अङ्कित ‘सिक्का’को बिक्री सुरु
काठमाडौँ - नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’को बिक्री वितरण सुरु गरेको छ । बबरमहलस्थित टक्सार महाशाखामा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गरेका हुन् । महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का टकमरी गरी विक्री सुरु गरेको हो । १० ग्राम सिक्काको रु. १,६०० र २५ ग्राम सिक्काको...


