STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८० आश्विन १२, शुक्रबार

    राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

    काठमाडौँ - विगत नौ दिनदेखि काठमाडौँमा आन्दोलनरत राहत शिक्षकहरू र सरकारबीच सहमति भएको छ । असोज ३ गतेदेखि शिक्षक महासंघको नेतृत्वमा शिक्षक आन्दोलन भए पनि दुई दिनपछि नै महासंघले सरकारसँग सहमति गर्दा राहत शिक्षकका माग सम्बोधन भएका थिएनन् । उनीहरुका मागप्रति सरकारले बल्ल नौ दिनपछि शुक्रबार सहमति गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा सरकार र आन्दोलनरत पक्षबीच सहमति भएको छ ।...

  • २०८० आश्विन १२, शुक्रबार

    राष्ट्रपति लगायतले दरबार क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा मेयर बालेन आभारी

    काठमाडौं- राष्ट्रपति लगायत विशिष्ट व्यक्तिहरूले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन प्रवेश नगराएकोमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आभार प्रकट गरेका छन् । बिहीबार इन्द्रजात्रामा उपस्थित राष्ट्रपति रामचन्द्र पौडेल लगायत भीभीआईपीहरूले जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदल यात्रा गरेका थिए । काठमाडौं महानगरपालिकाले बसन्तपुर दरबार स्क्वायर क्षेत्रमा सवारीसाधन निषेध गरेको छ । त्यस...

  • २०८० आश्विन ११, बिहिबार

    राष्ट्रपतिले पहिलोपटक पैदलै हिँडेर गरे इन्द्रजात्राकाे अवलोकन

    काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानु भई जात्रा अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । इन्द्रजात्रा अवलोकन गर्न राष्ट्राध्यक्ष जुद्द सालिकबाट पैदलै हिडेर गएको यो पहिलोपटक हो । यसअघिका राष्ट्रपति र राजा गद्दी...

  • २०८० आश्विन ११, बिहिबार

    सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न आग्रह

    खोटाङ, जिल्ला प्रशासन कार्यालय खोटाङले सामाजिक सञ्जालमा सामाजिक सद्भाव विरुद्धका गतिविधि नराख्न जिल्लावासीलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको अध्यक्षतामा बुधबार  बसेको सर्वपक्षीय भेलाले सो आग्रह गरेको हो । भेलामा सहभागीले सामाजिक सञ्जालमा व्यक्तिगत चरित्र हत्या गर्ने, अवाञ्छित गतिविधिमा लागेका व्यक्तिलाई बल पु¥याउनेलगायतका गतिविधि प्रति चिन्ता व्यक्त गर्दै यसलाई...

  • २०८० आश्विन ११, बिहिबार

    थारु समुदायद्वारा ‘जितिया’ पर्वमा बिदा दिन माग

    भरतपुर,  चितवनका थारु समुदायले आफूले मनाउने सबै चाडबाडमा सार्वजनिक बिदा दिन माग गरिएका छन् । थारु कल्याणकारिणी सभा चितवनले १३ औँ जिल्ला अधिवेशनमार्फत ११ बुँदे ‘भरतपुर घोषणापत्र’ जारी गर्दै थारु समुदायले परम्पराकालदेखि मनाउँदै आइरहेको ‘जितिया’, यमोशा ९पितृऔँशी०, फगुवाको धुरहेरीलगायत सम्पूर्ण चाडपर्वमा बिदा दिन माग गरिएको हो ।थारु समुदायका महिलाको मुख्य चाड जितिया हो । यस वर्ष यही असोज २० गते...

  • २०८० आश्विन ११, बिहिबार

    विश्व मुटु दिवस ‘मन लगाऔँ मुटु बचाऔँ’

    विश्व मुटु दिवस  ‘मन लगाऔँ मुटु बचाऔँ’    काठमाडौँ, ११ असोज स् विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने...

  • २०८० आश्विन १०, बुधबार

    भक्तपुर प्रवेश गर्ने पर्यटकलाई भादगाउँले टोपीले स्वागत

    भादगाउँ , विश्व पर्यटन दिवसका अवसरमा आज भक्तपुर नगर प्रवेश गर्ने पहिलो पर्यटकलाई नगरपालिकाले भाँदगाउँले टोपीले स्वागत गरेको छ । नगरपालिकाले नगर प्रवेश गर्ने खौमा ध्वाका ९ढोका०मा एक अष्ट्रेलियन र १६ भारतीय नागरिकलाई खादा, भादगाउँले टोपी, परम्परागत थैली र पुष्पगुच्छाका साथ स्वागत गरेको हो ।     ‘पर्यटन र हरित लगानी’ मूल नाराका साथ भक्तपुर नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, भक्तपुर टुर गाइड...

  • २०८० आश्विन १०, बुधबार

    मेलम्चीको पानी उपत्यकामा पुनः वितरणबारे अझै अन्योल

    काठमाडौँ, १० असोजकाठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा हेरिएको मेलम्चीको पानी कहिलेसम्म उपत्यकामा ल्याएर वितरण गर्ने भन्नेमा अन्योल रहेको छ ।    सरकारले पनि मेलम्चीको पछिल्लो क्षतिपछि त्यसको पुनःनिर्माणको विषयमा कुनै निर्णय नगरेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । साउनको अन्तिम साता आयोजना स्थलमा थप क्षति पुगेपछि त्यसमा पुगेको क्षतिको विस्तृत अध्ययन...

  • २०८० आश्विन १०, बुधबार

    २२ प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

    काठमाडौँ, नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयले कार्यालयको सम्पर्कमा नरहेका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।हेडक्वाटरले आज गैरहाजिर प्रहरीहरुको नामावलीसहित एक सार्वजनिक गर्दै सात दिनभित्र कार्यालयमा हाजिर हुन आउन निर्देशन दिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लामो समयदेखि आफूखुसी कार्यालयमा...

  • २०८० आश्विन १०, बुधबार

    बबिताको मर्मश्पर्शी म्यूजिक भिडियो ‘राजै’मा सागर लम्साल

    गायक प्रमोद खरेलको नयाँ गीत " कस्तो थिएँ कस्तो भएँ ” गीतको अडियो आउँदा नै भाइरल बनिसकेको थियो भने  यो गीतको म्युजिक भिडियो लोकप्रियता को शिखर चढ्न सफल भएको थियो भने उनै  म्युजिक भिडियोका निर्देशक बबिता श्रेष्ठ निर्देशित पछिल्लो भिडियो ‘राजै’ सार्वजनिक भएको छ । नेहार बुढाथोकीको शब्द, रेजिना रिमाल र नेहार बुढाथोकीको स्वर समेटिएको ‘राजै’का निर्माता राजेन्द्र पुरी हुन् । प्रेमील जोडी बीचको विछोडको...

  • २०८० आश्विन ९, मंगलबार

    असोज २१ देखि सुपथ मूल्य पसल सञ्चालन हुने

    काठमाडौँ – दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सरकारले असोज २१ गतेदेखि सहुलियत पसलहरु सञ्चालन गर्ने भएको छ । मंसिर ३ गतेसम्म यस्ता पसल सञ्चालन हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिए । अत्यावश्यक खाद्य वस्तुहरुको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सरल, सहज र सर्वसुलभ रुपमा उपभोक्तालाई दैनिक उपभोग्य वस्तु बिक्री गर्ने लक्ष्यका साथ सहुलियत पसल...

  • २०८० आश्विन ९, मंगलबार

    सरकारले दसैंका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने

    काठमाडौं – सरकारले दसैंलाई लक्षित गरी काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने भएको छ। सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न खसी–बोका र च्यांग्रा ल्याउने भएको हो। विभिन्न स्थानबाट दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याइने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्। दसैंका लागि सो परिमाणको खसी–बोका र च्यांग्रा ल्याउन ८...

Pages